Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

विद्यालयमा किशोरीहरुको पहुँच सुनिश्चित गर्न तालिवान समूहसँग अन्तर्राष्ट्रिय सङ्घसंस्थाको आग्रह

खबरडबली संवाददाता

एजेन्सी । अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानी किशोरीहरूको शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन आह्वान गरेका छन् ।  अफगानिस्तानमा दुई वर्षभन्दा बढी समयदेखि किशोरीाहरूलार्ई शिक्षाको पहुँचमा प्रतिबन्ध लगाइएको टोलो न्यूजले जनाएको छ ।

विश्वले जनवरी २४ मा अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाउँदै गर्दा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले बालिकाहरूका लागि विद्यालयहरू खोल्न आग्रह गरेका हुन् । अफगानिस्तानका लागि संयुक्त राष्ट्रका विशेष दूत रोजा ओटुनबायेभा, एम्नेस्टी इन्टरनेसनल, शरणार्थीका लागि संयुक्त राष्ट्र उच्चायुक्त, विश्व खाद्य कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय समूहहरूले तालिबान समूहलाई किशोरीाहरूको शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् ।

रोजा ओटुनबायेभाले सामाजिक सञ्जाल एक्समा युएनएएमए न्यूजले जारी गरेको भिडियोमा सबैलाई शिक्षा प्रदान गर्नु नै अफगानिस्तानको भविष्यको आधार भएको कुरामा जोड दिए । 

अफगानिस्तानमा, सबैका लागि शिक्षा मौलिक अधिकार मात्र नभई अफगानिस्तानको भविष्यको आधार भएको उनले बताए । टोलो न्यूजका अनुसार अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवरसमा विद्यालयहरू खोल्न पश्चिमी राष्ट्रहरूको मात्र नभई मुस्लिम समुदायको पनि माग रहेको ओटुनबायेभाले बताए । 

उनले शिक्षा केवल नैतिक अनिवार्य मात्र नभई समृद्धि र शान्तिका लागि महत्वपूर्ण छ भनेर चिन्नसमेत तालिबानसँग आग्रह गरे । वर्तमान मार्गलाई कायम राख्दा अफगानहरूलाई थप हानि पुग्ने तथा अफगानिस्तानलाई इस्लामिक विश्व र अन्तर्राष्ट्रिय समुदाय दुवैबाट अलग्गै राख्ने जोखिम बढ्ने उनले बताए । 

एम्नेस्टी इन्टरनेसनलले बिहीबार जारी विज्ञप्तिमा अफगान सरकारलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्न र महिलाहरूलाई काम गर्न अनुमति दिन आग्रह गरेको छ ।

सबै विद्यालय तथा विश्वविद्यालयहरू तुरुन्तै पुन ः खोलेर, स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गरेर  महिलाहरूलाई काममा फर्कन अनुमति दिदै महिला र सबै उमेरका केटीहरूको शिक्षामा पहुँचसहित उनीहरूको पूर्ण अधिकार प्रदान गर्न, सङ्गठनले सुझाएको छ ।  

महिला अधिकार कार्यकर्ता तफसिर सेयापोसले इस्लामको पवित्र धर्ममा हरेक दिन शिक्षाको दिन हो,  दुर्भाग्यवश, आज अन्तर्राष्ट्रिय शिक्षा दिवसमा विद्यालय र विश्वविद्यालयहरू बन्द रहेको बताए । उनले आफुहरू इस्लामिक  सरकारले सकेसम्म चाँडो बिशोरीहको शिक्षाको सुनिश्चितता गर्ने विषयमा आशावादी रहेको बताए । 

तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले छैटौँ कक्षाभन्दा माथिका बालिकाहरूको शिक्षामा कुनै विषय उठान गर्नु भएन । यद्यपि, उनले शिक्षाको व्यवस्था वर्तमान सरकारको प्राथमिकतामध्ये एक रहेको बताए । 

मुजाहिदले शिक्षा धेरै आवश्यकतामध्ये एक भएको बताउदै इस्लामिक इमिरेट्सले शिक्षालाई प्राथमिकता दिएको र बजेटलाई शिक्षा क्षेत्रमा बढी केन्द्रित गर्ने प्रयास गरिरहेको बताए । 

अफगानिस्तानमा छैटौँ कक्षाभन्दा माथिका केटीहरूलाई विद्यालय जान नदिई ८०० दिन बितिसकेको छ ।  लगभग चार सय  दिन विश्वविद्यालयहरू महिला विद्यार्थीहरूका लागि बन्द गरिएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE