एजेन्सी । अफगानिस्तानलाई सलह नियन्त्रणको लागि ४० हजार लिटर मालाथिन सहयोग गरेकोमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले भारतलाई धन्यवाद दिएको छ ।
अफगानिस्तानमा सलहविरुद्धको सङ्घर्षमा आफुहरूसँग सहयोगी बनेको बताउँदै अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत् भारतको प्रशंसा गरेको हो ।
चालीस हजार लिटर मालाथिन कीटनाशक आपूर्ति गरि आधिकारिक रूपमा तालिबान नियन्त्रित अफगानिस्तान सरकारको कृषि, सिँचाइ र पशुधन मन्त्रालयलाई हस्तान्तरण गरिएको स्रोतले जनाएको छ ।
सुक्खा क्षेत्रहरूमा यसको प्रभावकारिता र न्यूनतम पानीको प्रयोगका लागि परिचित मालाथियनलाई सलह नियन्त्रणमा महत्वपूर्ण उपकरण मानिन्छ । यस सहायताले अफगानिस्तानमा तत्कालको खतरालाई सम्बोधन मात्र नगरी छिमेकी मध्य एसियाली देशहरूमा सलह फैलावट रोक्न पनि काम गर्नेछ ।
यसअघि तालिबान नियन्त्रित कृषि मन्त्रालयले पनि चाबहार बन्दरगाहमार्फत् गरिएको उक्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेको थियो ।
उपलब्ध सहायताले अफगानिस्तानमा सलह रोक्नदेखि लिएर विशेष गरी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानजस्ता मध्य एसियाली देशहरूबाट आएको सलहको समस्यालाई पनि रोकी यस क्षेत्रका बाली उत्पादनमा प्रभावकारी भूमिका खेल्नेछ ।
सलह वनस्पति–विनाश गर्ने क्षमताहरूका लागि परिचित मानिन्छन् । सलहको ठूलो मात्रामा उपस्थितिले सम्भावित रूपमा खाद्य सुरक्षालाई खतरामा पार्न सक्छ ।
सन् २०२० को सुरुमा छिमेकी पाकिस्तानमा सलहको अत्यधिक खतराको कारण देशले राष्ट्रिय आपतकाल घोषणा गरेको थियो । उक्त समयमा, भारतले पनि राजस्थान, गुजरात, पन्जाब, मध्य प्रदेश, उत्तर प्रदेश र महाराष्ट्रजस्ता धेरै राज्यहरूमा ठुलो मात्रामा सलहको आक्रमणको सामना गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: