Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रम सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । 

सशस्त्र प्रहरी दिवसको २३औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्रले पुर्‍याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै सङ्गठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताए । 

“सीमा सुरक्षा र व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले अगाडि बढाएका कार्यक्रमले विद्यमान समस्या तथा चुनौती सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुर्‍याउने विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भने, “सङ्गठनले प्रस्ताव गरेका सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।”

हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका बाबजुत राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित भएर सशस्त्र प्रहरीका जवान तथा अधिकृतको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बललाई स्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने,“सीमा सुरक्षाका साथै तपाईंहरूले राजस्व सङ्कलनमा पुर्‍याउनुभएको योगदान, महत्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कार्यमा पुर्‍याउनुभएको योगदानप्रति सम्मान व्यक्त गर्दछु ।”

देशको सुरक्षा र स्वाभिमानका निम्ति दिलोज्यानले क्रियाशील सशस्त्र प्रहरी बलका अधिकृतको वृत्तिविकास एवं प्रोत्साहनमा देखिएका समस्याप्रति आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “मैले सरकारको नेतृत्व गरेपश्चात् सकल दर्जाका करिब छ हजार अधिकृत र जवानको पदोन्नतिको प्रक्रिया सम्पन्न भएको छ । साथै बललाई विगतमा प्राप्त गरेको जिम्मेवारीका अतिरिक्त केही नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको छ ।” उनले आगामी दिनमा बाँकी समस्याका विषयमा छलफल गरी आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए । 

प्रधानमन्त्री दाहालले सङ्गठनमा आबद्ध अधिकृत र जवानको वृत्तिविकास, सेवा सुविधा, सुरक्षा, हातहतियारलगायत अन्य सामग्रीको उपलब्धतालाई सरकारले उच्च प्राथमिकता दिने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोरोक्कोमा आएको आकस्मिक बाढीबाट १४ जनाको मृत्यु

राबात । मोरोक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । स्...

कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख मानिस विस्थापित

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई सातादेखिको तीव्र लडाइँका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भ...

अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते

अस्ट्रेलिया । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व) मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत...

धार्मिक सहिष्णुता र शान्ति संरक्षणमा अन्तर्राष्ट्रिय एकता आवश्यक : महासचिव गुटेरेस

संयुक्त राष्ट्र । संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले अष्ट्रेलियाको सिड्नीमा हनुक्का पर्वको अवसरमा भएको आतङ्कवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त...

एआई र डिजिटल प्रविधिले अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउँदै

शेन्जेन । चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीह...

गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन

पाेखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत व...

अब एमालेमा ओली कि पोखरेलकाे आवश्यकता ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशन औपचारिक रूपमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया भए पनि यसको राजनीतिक अर्थ त्यसभन्दा धेरै गहिरो छ । यो महाधिवेश...

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending