काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोहीको मृत्यु भएको पुष्टि भएको छ।
बिहीबार हिमपहिरोमा परेर बेपत्ता भएका आरोहीमध्ये चार जनाको शव शुक्रबार फेला परेको थियो भने बाँकीको अवस्था अज्ञात थियो। शनिबार निम्स दाइ फाउन्डेसन र एलिट एक्सपिडिसनले सामाजिक सञ्जालमार्फत सबै १० जनाको मृत्यु भएको आधिकारिक जानकारी दिएका हुन्।
दुर्घटनामा निर्मल पुर्जासहित ६ जना नेपाली आरोहीले ज्यान गुमाएका छन्। मृत्यु हुने नेपालीहरूमा म्याग्दीका निर्मल पुर्जा, गोरखाका पुरबहादुर गुरुङ, दोलखाका किलीपेम्बा शेर्पा, ओखलढुङ्गाका ग्यालु शेर्पा तथा सङ्खुवासभाका निमा शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्।
यस्तै, पाकिस्तानका सोहेल शाखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद र अमेरिकाकी म्यालोरी गेइसको पनि घटनामा मृत्यु भएको पुष्टि गरिएको छ।
प्रारम्भिक विवरणअनुसार हिमपहिरोले आरोहीहरूलाई करिब ६ हजार मिटरभन्दा माथिको उचाइबाट झन्डै ८०० मिटर तलसम्म बगाएको थियो। प्रतिकूल मौसमका कारण तत्काल उद्धार अभियान सञ्चालन गर्न कठिनाइ भएको बताइएको छ।
निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ६ महिना ६ दिनमै आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेका थिए। पर्वतारोहण क्षेत्रमा उनले स्थापित गरेका अन्य कीर्तिमानले पनि नेपाललाई विश्वमाझ चिनाएका छन्।
घटनापछि उद्धार तथा समन्वयका लागि निर्मल पुर्जाका व्यावसायिक सहकर्मी तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा पाकिस्तान प्रस्थान गरिसकेका छन्।
ब्रड पिकको यो हिमपहिरो हालैका वर्षहरूमा नेपाली पर्वतारोहण क्षेत्रले भोगेको सबैभन्दा ठूलो मानवीय क्षतिमध्ये एक मानिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...
श्रावण १६ गते, २०८३ - १९:५४
काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि...
श्रावण १६ गते, २०८३ - १९:५०
काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुध...
श्रावण १६ गते, २०८३ - १९:४३
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै पाँच वर्षका लागि बनेको सरकार पाँच महिनामै संकटतर...
श्रावण १६ गते, २०८३ - १९:४०
बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण घटमुना पुल निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीले ३५ लाख रु...
श्रावण १६ गते, २०८३ - १९:३५
चितवन । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट हुने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रहर...



प्रतिकृया लेख्नुहोस्: