शनिबार आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै घिसिङले स्थानीय तह र प्रदेशको निर्वाचनलाई उज्यालो नेपाल पार्टीका लागि महत्वपूर्ण अवसरका रूपमा चित्रण गरे। त्यसपछि हुने संघीय निर्वाचनमा आफ्नो पार्टीले देशको नेतृत्व गर्ने दाबी पनि उनले गरे।
उनले सरकारको आयुबारे टिप्पणी गर्दै पाँच वर्ष टिक्ने भनिएको सरकार पाँच महिनामै अस्थिर देखिएको जिकिर गरे। त्यसैले राजनीतिक परिवर्तनका लागि धेरै समय पर्खिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
घिसिङले उज्यालो नेपाल पार्टीलाई देशको नयाँ राजनीतिक विकल्पका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए। गत निर्वाचनमा अपेक्षित परिणाम नआए पनि जनताको विश्वास भने आफ्नो पार्टीप्रति बढ्दै गएको उनको दाबी थियो।
उनका अनुसार अहिले गाउँदेखि सहरसम्मका नागरिकले उज्यालो नेपाल पार्टीलाई जिताउन नसक्नु आफ्नो कमजोरी भएको महसुस गर्न थालेका छन्। यही विश्वास नै पार्टीको सबैभन्दा ठूलो शक्ति भएको उनको भनाइ थियो।
घिसिङले परम्परागत दलप्रति जनविश्वास कमजोर बन्दै गएको दाबी गर्दै ती दलका नेताहरूले जे भने पनि नागरिकले सहजै विश्वास नगर्ने अवस्था आएको बताए। उनले पुराना दलभित्र रहेका सक्षम र इमानदार नेताहरूलाई उज्यालो नेपाल पार्टीमा स्वागत गर्न तयार रहेको समेत घोषणा गरे।
उनको अभिव्यक्तिलाई आगामी निर्वाचनलाई लक्षित राजनीतिक सन्देश र वैकल्पिक शक्तिको दाबीका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...
श्रावण १६ गते, २०८३ - १९:५४
काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि...
श्रावण १६ गते, २०८३ - १९:५०
काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुध...
श्रावण १६ गते, २०८३ - १९:४३
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै पाँच वर्षका लागि बनेको सरकार पाँच महिनामै संकटतर...
श्रावण १६ गते, २०८३ - १९:४०
बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण घटमुना पुल निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीले ३५ लाख रु...
श्रावण १६ गते, २०८३ - १९:३५
चितवन । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट हुने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रहर...
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...



प्रतिकृया लेख्नुहोस्: