गाजा । गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा २५ हजार भन्दा बढीको मृत्यु भएको बताएको छ ।
गाजाको स्वास्थ्य अधिकारीहरूबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएच्ए) ले इजरायली आक्रमणका कारण ६२ हजार छ सय ८१ प्यालेस्टिनीहरू घाइते भएको जनाएको छ । यी आक्रमणहरू इजरायलमा हमास नेतृत्वको आक्रमणको प्रतिक्रियामा थिए ।
जसको परिणामस्वरूप लगभग १ हजार २०० जनाको मृत्यु भएको छ भने करिव २ सय ५० जना बन्धक बनाइएका छन् । शुक्रबार गाजामा दुई जना इजरायली सैनिक मारिएको ओसिएएचएले जनाएको छ । यहाँ ग्राउन्ड अपरेसन शुरु भएदेखि कुल १ सय ९३ ल्यायो, र एक हजार दुई सय तीन सैनिकहरू घाइते भएको इजरायली सेनाले जनाएको छ ।
यो अवधिमा ३ सय ४३ प्यालेस्टिनीको मृत्यु भएको तथा ५ सय ७३ जना घाइते भएको संयुक्त राष्ट्रसंघीय सहायता समन्वय कार्यालयले जनाएको छ । आइतबार युगान्डाको राजधानी कम्पालामा ७७ देशहरूको समूह र चीनको शिखर सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वलाई एक टिन्डरबक्सका रूपमा वर्णन गरेका छन् ।
यस क्षेत्रभरि द्वन्द्व रोक्न आवाश्यक सबै पहलकदमी लिन अपिल गरेका छन् । इजरायली र प्यालेस्टिनीहरूका लागि दुई–राज्य समाधानका लागि आफ्नो समर्थन दोहोर्याउँदै महासचिव गुटेरेसले इजरायलको सैन्य कारबाहीले व्यापक विनाश निम्त्याएको बताए ।
तीन महिनाभन्दा बढी लामो समयदेखि जारी तीव्र बमबारीपछि गाजाका क्षेत्रमा मनावीय आवश्यकता प्रकाश पार्दै ओसिएइचएले गाजामा अहिले १५ वटामात्र बेकरीहरू सञ्चालनमा रहेको बताएको छ । तर राफाहमा छ वटा र देइर अल बालाहमा नौ वटा–र वादी गाजाको उत्तरमा कुनै पनि खुला छैन ।
यी लगभग सबै कार्यरत बेकरीहरूले संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमबाट सहयोग खोहजाक छन् । जहाँ पिठो, नुन, खमीर र चिनी आदि खाद्य पदार्थ उपलब्ध छ । यस पहलको माध्यमबाट करिब दुई लाख ५० हजार मानिसहरूले अनुदान मूल्यमा खाने कुरा किन्न पाएका छन । ओसिएइचएले आइतबार आपतकालीन अवस्थाबारे आफ्नो पछिल्लो अपडेटमा उल्लेख गरेको छ ।
यसैबीच, प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी युएन आरडब्लुएले सोमबार दूरसञ्चार सेवा बन्द सातौँ दिनमा प्रवेश गरेको जनाएको छ ।
आफ्नो सबैभन्दा पछिल्लो अपडेटमा, युएनआरडब्लुएले गाजाभित्र आन्तरिक विस्थापित व्यक्तिको संख्या १७ लाख पुगेको खुलासा गरेको छ । तीमध्ये एजेन्सीका सुविधाहरूमा शरण लिँदा कम्तीमा ३ सय ३५ जनाको मृत्यु भएको छ भने १ हजार १६१ जना घाइते भएका छन् ।
साथै अक्टोबर ७ देखि, युएनआरडब्लुएका १५१ जना कर्मचारी सदस्यहरू मारिएका छन् भने यसका १४१ वटा प्रतिष्ठानहरू क्षतिग्रस्त भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: