Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

धनगढीमा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गरिँदै

खबरडबली संवाददाता

कैलाली । धनगढी उपमहानगरपालिकाले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरले ‘गो ड्रिमर्स’ को साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका वडा नं १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा र वडा नं १८ स्थित चन्द्रोदय माध्यमिक विद्यालय फूलबारीमा उक्त कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख गोपाल हमालले जानकारी दिए । 

नमुना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्न यो कार्यक्रम महत्वपूर्ण हुने उनले बताए । नयाँ प्रतिभा उत्पादन गर्ने उदेश्यका साथ विगतदेखि नै धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्न अग्रसर सुवास शाहीको टोलीसँग उपमहानगरले क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेको उनको भनाइ छ ।

नमुना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी भएको जनाउँदै नगर प्रमुख हमालले क्रमिकरुपमा अन्य विद्यालयमा यो कार्यक्रम लागू गर्दै जाने बताए । ग्रासरुट कार्यक्रमले धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्ने अभियानलाई मूर्तरुप दिने विश्वास लिएको जनाइएको छ ।

गो ड्रिमर्सका अध्यक्ष शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित उपमहानगरपालिकासँगको सहकार्यमा सो कार्यक्रम सुरु गरिने बताए । नेपाली क्रिकेटको विकासका लागि स्थानीय तहसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम मोडेलका रुपमा स्थापित हुने उनको भनाइ छ ।

धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्न गो ड्रिमर्सको टोलीले विगतदेखि नै धनगढी क्रिकेट लिग प्रतियोगिता गर्दै आएको छ । धनगढी प्रिमियर लिगसम्मका व्यावसायिक क्रिकेट प्रतियोगिता, नेपालमै पहिलोपटक क्रिकेट खेलाडीको अक्सन, धनगढी एफसीलाई लगातार दुईपटक नेपाल सुपर लिगको उपविजेता बनाइसकेको गो ड्रिमर्सले धनगढीलाई ग्लोबल सिटीका रुपमा विकास गर्न निरन्तर भूमिका निर्वाह गरिरहेको जनाइएको छ ।

उपमहानगरपालिकासँग भएको ग्रासरुटस्तरको क्रिकेट विकास कार्यक्रममा थुप्रै प्रतिभावान खेलाडी रहेकोे विश्वास गरिएको छ । यस कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थीलाई क्रिकेटका आधारभूत कुरा सिकाउन, उनीहरुको क्षमता अभिवृद्धि गर्न, खेलप्रतिको लगाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ । 

समझदारीअनुसार दुई विद्यालयमा क्रिकेटका आधारभूत संरचनाको विकास गर्दै क्रिकेट प्रशिक्षकको व्यवस्था गरी नियमित प्रशिक्षण दिलाइने भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE