Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

मतदानको वातावरण मिलाउन दलहरू प्रतिबद्ध

खबरडबली संवाददाता

दार्चुला। प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताले प्रतिबद्धता जनाएको छन् । 

मतदानको दिन सबै राजनीतिक दलका तोकिएका आधिकारिक प्रतिनिधिले मतदान केन्द्रमा सहयोग गर्ने र मतदान प्रक्रियालाई बाधा पुग्ने गरी प्रचारप्रसार नगर्ने तथा मतदान अधिकृत र सुरक्षाकर्मीलाई पूर्ण रूपमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको हो । 

जिल्ला प्रशासन कार्यालय दार्चुलामा मङ्गलबार प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा मतपत्र ढुवानी, आचारसंहिता पालनासम्बन्धी राजनीतिक दलसँग भएको बैठकमा दलका नेताहरूले निर्वाचन आयोगद्वारा जारी आचारसंहितालाई अक्षरश: पालना गर्ने सहमति पनि जनाएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विनोद दाहालले जानकारी दिए। यस्तै मतदानको दिन मतदान केन्द्रको वरिपरि निषेधित गरिएका गतिविधि नगर्नेरनगराउने कुरामा सबै राजनीतिक दल सहमत रहने निर्णय गरिएको उनले बताए। 

प्रतिनिधि सभा सदस्य निर्वाचन भएपश्चात् मतपेटिका ढुवानी गरी ल्याउँदा तोकिएको सवारीसाधनमा बस्ने ठाउँको सीमिताका कारण सबै राजनीतिक दलका प्रतिनिधि एकैसाथ आउन नसक्ने अवस्था भए राजनीतिक दलले सहयोग गर्न आपसी सहमतिमा समन्वय गरेर एक जना साझा प्रतिनिधि मात्र पठाउन दल सहमत भएका छन् । 

यसै गरी मतपेटिका ढुवानीका लागि प्रयोग गरिने सवारीसाधनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी, सुरक्षा निकायले तय गरेको सुरक्षित रुटमा रहेर मात्र ढुवानी गर्ने,  ढुवानीका क्रममा हुने अनावश्यक ढिलाइ वा अवरोधलाई शून्यमा झार्न र तोकिएको समयमै मतगणना स्थलमा मतपेटिका बुझाउन सबै पक्ष प्रतिबद्ध रहने निर्णय गरिएको उहाँले बताए। बैठकले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि सुरु हुने मौन अवधिको पूर्ण पालना गर्ने, यस अवधिमा भौतिक रूपमा वा सामाजिक सञ्जालमार्फत कुनै पनि प्रकारको मत माग्ने वा प्रचार गर्ने कार्यलाई पूर्ण रूपमा रोकेर निर्वाचनको निष्पक्षता कायम राख्न सबै दलले आआफ्ना कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको सूचना अधिकारी दाहालले जानकारी दिए। 

मतदानको दिन मतदान केन्द्रमा कुनै विवाद वा असहमति उत्पन्न भएमा, त्यसलाई तत्कालै सम्बन्धित मतदान अधिकृत र उपस्थित राजनीतिक दलका प्रतिनिधिबिचको आपसी छलफल र सहमतिमा समाधान गर्ने, मतदान कार्यलाई कुनै पनि बहानामा स्थगित हुन नदिन र कानुनी प्रक्रियाभित्र रहेर समस्या सुल्झाउन सबै पक्ष सहमत रहने निर्णय गरिएको उनले बताए।

यहाँका सात वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानीका लागि गृह मन्त्रालयमा लेखि पठाइएको सानो हेलिकप्टर प्राप्त हुने भएकाले मतपेटिका र मतदान अधिकृतलाई मात्रै ल्याउने विषयमा पार्टीको सहमति रहने निर्णय गरिएको उनले बताए। 

हेलिकप्टरमार्फत ढिला हुने अवस्था भएमा तथा मौसम अनुकूल नभएमा प्रशासनरसुरक्षा निकायले अवस्था हेरी पैदल/सडक मार्ग प्रयोग गरेर मतपेटिका ढुवानीको व्यवस्था मिलाउने कुरामा दलका प्रतिनिधिसँग सहमति भएको उनले बताए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending