भोजपुर । उत्तरी क्षेत्रमा अवस्थित षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई लक्षित गरेर इलाका प्रशासन कार्यालय दिङ्लाबाट शिविरमार्फत नागरिकता वितरण भइरहेको छ ।
भौगोलिकरुपमा विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछोका बासिन्दालाई नागरिकता प्राप्त गर्न निकै कठिन छ । यहाँका नागरिकलाई नागरिकता लिन धेरै समय र खर्च लाग्ने गरेको छ । भौगोलिक विकटताका कारण कतिपय स्थानीय लामो समयसम्म नागरिकतासमेत नबनाइ बस्ने गरेका छन् ।
नागरिकले पाएको सास्तीलाई ध्यानमा राखेर यहाँका स्थानीयलाई घुम्ती शिविर सञ्चालन गरेर नागरिकता प्रदान गरिएको छ । साल्पासिलिछो गाउँपालिका र इलाका प्रशासन कार्यालय दिङ्लाको समन्वयमा यहाँ शिविर सञ्चालन गरेर नागरिकता वितरण गरिएको हो ।
शिविरबाट घर पायकामा नागरिकता लिन पाउँदा सहजता भएको वडा नं ५ च्याक्सिलाका बासिन्दा मिङ्मा शेर्पाले बताए । भौगोलिक विकटताका कारण नागरिकता बनाउन समस्या भएको अवस्थामा गाउँमा सेवा पाउँदा खुसी लागेको उनको भनाइ छ ।
“नागरिकता लिनका लागि सदरमुकाम तथा इलाका प्रशासनसम्म पुग्न हामीलाई धेरै समय लाग्छ”, उनले भने, “त्यहासम्म पुगेर खाँदा, बस्दा र फर्कदा रु आठदेखि १० हजारसम्म खर्च हुन्छ, गरिब तथा विपन्न परिवारलाई खर्च जुटाउन पनि समस्या छ, घरपायकमा सेवा पाउँदा हाम्रो समय र पैसाकोसमेत बचत भएको छ ।” आफूले ४१ वर्षको उमेरमा शिविर आएको अवसरमा नागरिकता बनाएको शेर्पाले बताए ।
माघको दोस्रो हप्तासम्म सञ्चालन हुने गरी सुरुआत गरिएको शिविरबाट बिहीबार यहाँका दुर्गम मानिने वडा नं ५ र ६ का दुई सय ५८ जनालाई नागरिकता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए ।
यहाँका नागरिकता प्राप्त गर्न बाँकी रहेका तथा प्रतिलिपि लिनुपर्ने मानिसको तथ्याङ्क सङ्कलन गरेर वितरणको कार्य शुभारम्भ गरिएको उनको भनाइ छ । गाउँपालिकाका छवटै वडाका नागरिकलाई शिविरमार्फत नागरिकता वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
“भौगोलिक विकटताका कारण यहाँका नागरिकलाई सेवा लिन निकै समस्या छ”, प्रशासकीय अधिकृत अधिकारीले भने, “नागरिकता बनाउनका लागि धेरै समय र खर्च लाग्ने अवस्था छ, नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यले इलाका प्रशासन कार्यालयसँगको सहकार्यमा घुम्ती शिविरबाट सेवा प्रवाह गरिरहेका छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: