झापा । कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनले निर्माण गरेको नयाँ आधुनिक र प्राकृतिक वातावरण मैत्री प्राणी उद्धार केन्द्रमा पशुपन्छीको स्थानान्तरण गरिएको छ ।
प्रदेश सरकार र सामुदायिक वनको रु दुई करोड बढीको लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा वनभित्र रहेका पशुपन्छीहरुलाई स्थानान्तरण गरिएको वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले जानकारी दिए ।
कोशी प्रदेशमा पहिलोपटक स्थापना भएको केन्द्रमा हाल दुई दर्जन बढी विभिन्न प्रजातिका पशुपन्छी राखिएको अध्यक्ष सिटौलाको भनाइ छ । यसमध्ये १० बिघा वनमा रहेको क्षेत्रफलमा प्राकृतिक वातावरण मैत्री मृगस्थली निर्माण गरेको उनले बताए । जहाँ दुई दर्जन बढी चित्तल छाडिएको छ ।
उनले सामुदायिक वनले पर्या–पर्यटन सुरु गरेदेखि पाल्न सुरु गरेका र इलाम, ताप्लेजुङ, पाँचथर र जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेका पशुपन्छीलाई उद्धार केन्द्रमा राख्ने गरेको बताए । “नयाँ बनेको भौतिक संरचनामा राखिएका पशुपन्छीलाई थुनिएको थाहा पनि हुँदैन”, सिटौलाले भने, “अहिले खुला र फराकिलो ठाउँ छ, पहिले साँघुरो थियो ।” उनले हाल निर्माण गरिएको उद्धार केन्द्र सिमसार पोखरीको उत्तरतर्फ खुला वातावरणमा पशुपन्छीलाई कुद्न र उफ्रन मिल्ने भएको जानकारी दिए ।
जामुनबाडी सामुदायिक वन विसं २०६५ देखि नै खुला चिडियाखानाका रुपमा प्रसिद्ध छ । वनको खुला चिडियाखानामा हाल चित्तल, रतुवा र अन्य जातका मृग, चितुवा, नीलगाई, अजिङ्गर, भालु, हिमाली गिद्ध, चरिबाघ, कछुवालगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको अध्यक्ष सिटौलाको भनाइ छ ।
उनले सामुदायिक वनको आम्दानीबाट नै उद्धार केन्द्रलाई व्यवस्थित बनाउँदै लगेको बताए । वनले आन्तरिक तथा बाह्य पर्यटकलाई वन क्षेत्रभित्रको पार्कलगायतका पशुपन्छीको अवलोकन गर्नका लागि रु एक सय प्रवेश शुल्क लिने गरेको छ ।
सामुदायिक वनको आम्दानीले सो क्षेत्रको व्यवस्थापनसँगै अन्य कार्य गर्नुपरेका कारण आर्थिक समस्या रहेको उनले बताए । प्रदेश सरकारले उद्धार केन्द्र स्थापनामा दुई वर्षअघि सहयोग गरे पनि हालसम्म यसको व्यवस्थापन र सञ्चालनमा कहीँकतैबाट सहयोग नपाएको उनको गुनासो छ ।
उनले जिल्लाभित्र, बाहिरबाट घाइते, बिरामी अवस्थामा भेटिएका, सङ्कटमा परेका लोपोन्मुख, संरक्षित वन्यजन्तुलाई उद्धार गरेर डिभिजन वन कार्यालय, प्रहरी र स्थानीयवासीले नै यहाँ उपचार र संरक्षणका लागि ल्याइदिने गरेको जानकारी दिए । जामुनखाडीको विशेषता भनेको नै वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र र चिडिया घर भएको उनको कथन छ ।
वर्षौंदेखि वनभोजस्थलका रुपमा चिनिएको जामुनखाडी क्षेत्रका गङ्गा र जमुना नामका दुई वटा ठूला जलाशयलाई संरक्षण गरेर सामुदायिक वनले पर्यटकीयस्थल निर्माण गरेको हो । यहाँ पालिएका जनावर, पोखरीमा नौका विहार, झोलुङ्गे पुल, बालउद्यान केन्द्र र मिनी रेलले पर्यटक आकर्षित गर्दै आएका छन् ।
उनले यहाँ पालिएका र उद्धार गरिएका पशुपन्छीलाई हालसम्म आफ्नै लगानीमा पशुचिकित्सकलाई ल्याएर उपचार गरिरहेको बताए । चिडियाखाना र सिमसार क्षेत्रको घुमघाममा आउने आन्तरिक तथा बाह्य पर्यटक कोभिडपछिको समयमा बढ्दै गएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: