भारत । म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब तीनसय सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले शुक्रबार एएफपीलाई जानकारी गराएका छन् ।
गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि म्यान्माको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो । यसै हप्ता उक्त समूहले भारतको मिजोरम राज्यको सिमानामा रहेको प्रमुख शहर पालेतवा र छवटा सैन्य अखडा कब्जा गरेको बताएको थियो ।
आसाम राइफल्स अर्धसैनिक बलका अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने, “हतियार र गोलाबारुदसहित कूल २७६ सैनिक बोन्डुकबाङ्सोरा गाउँमा आइपुगेका छन् ।”
“हामीले उनीहरूलाई हाम्रो क्याम्पमा आश्रय दिएका छौं”, उहाँले भन्नुभयो, “आउने सैनिकलाई आवश्यक पर्ने सबै सहयोग दिइएको छ ।” अधिकारीका अनुसार भारतीय सेनाको युनिटले ती सैनिकबाट बायोमेट्रिक डाटा सङ्कलन गरिरहेको छ र उनीहरूलाई म्यान्मा फिर्ता गर्न नयाँ दिल्लीस्थित रक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गत नोभेम्बरमा युद्धविराम अन्त्य भएयता म्यानमाका अन्य सयौँ सैनिक युद्धबाट बच्न भारततर्फ भागेका छन् । द्वन्द्वबाट पछि हटेका सैनिकलाई लिन र स्वदेश फर्काउन म्यानमारका दुई सैनिक विमान मिजोरमको राजधानी आइजोल आइपुगेका छन् ।
गत अक्टोबरमा एए र अन्य दुई जातीय अल्पसङ्ख्यक सशस्त्र समूहको गठबन्धनले म्यान्माको उत्तरी शान राज्यमा संयुक्त आक्रमण गर्दै शहरहरू कब्जा गरेको थियो र चीनको सीमामा रहेका महत्वपूर्ण व्यापारिक केन्द्रहरू कब्जा गरेको थियो ।
गत हप्ता गठबन्धनले शान राज्यमा चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ । तर, यो सम्झौता भारतीय सीमा नजिकका क्षेत्रहरूमा लागू नहुने बताइएको छ । ती क्षेत्रमा यो साता पनि सेना र विद्रोहीहरूबीच लडाइँ चलिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: