झापा । पन्ध्र वटा पालिका रहेको झापा जिल्लाका दुई पालिकामा दादुराको प्रकोप देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले झापा गाउँपालिका र विर्तामोड नगरपालिकामा दादुराको प्रकोप देखिएको बताए ।
उनले गत वर्ष बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिबाट फैलिएको दादुराको प्रकोप यस वर्ष झापासम्म आइपुगेको जानकारी दिए । जिल्लामा दुई हप्ताको अन्तरालमा सात जनामा दादुराको सङ्क्रमण देखिएको उनले बताए ।
उनका अनुसार झापा गाउँपालिकामा छ जना र विर्तामोड नगरपालिकामा एक जनामा दादुरा देखिएको छ । झापा गाउँपालिका–७ मदरगाँछका दुई जना सन्थाल, तीन जना थापा र एक जना बराइली थरका व्यक्तिमा दादुराको सङ्क्रमण देखिएको उनले जानकारी दिए । उनले सात वर्षदेखि ३७ वर्ष उमेर समूहका व्यक्ति दादुराबाट सङ्क्रमित भएको जानकारी दिए । उनीहरुको शरणामती हेल्थपोस्टमा रक्त नमुना परीक्षण गर्दा दादुरा देखिएको हो । रक्त परीक्षणमा दादुराको प्रकोप एकै घरका तीन जनासम्ममा देखा परेको थियो ।
यसैगरी विर्तामोड नगरपालिका–३ की पाँच वर्षीया बालिकामा पनि दादुराको सङ्क्रमण देखा परेको छ । उपचारका लागि दुई दिनअघि बिर्तामोड नगर अस्पताल ल्याइकी बालिकाको रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको थियो । हाल बालिकालाई आइसोलेसनमा राखिएको उनले जानकारी दिए ।
सरकारले सन् २०२३ सम्ममा नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको थियो । तर हरेक वर्ष मुलुकका विभिन्न जिल्लामा देखिने दादुरा प्रकोपका कारण लक्ष्यप्राप्ति हुन नसकेको बताइएको छ । सरकारले नौ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोप दिइरहेको छ । तर, झापा गाउँपालिकामा मात्र सात वर्षको अवधिमा एक हजार सात सय ८७ जनाले नियमती खोप नलगाएको तथ्याङ्क फेला परेको अधिकृत पोखरेलले बताए ।
उनले गत साउन, भदौमा कोशीको मोरङ र सुनसरी जिल्लामासमेत दादुरा देखिएको बताए । “हामीले यसलाई झापा गाउँपालिकामा महामारीका रुपमा लिएका छौँ”, उनले भने, “सामान्य ज्वरो मात्र आएको छ भने पनि नजिकैको स्वास्थ्यचौकीमा गएर रगत परीक्षण गर्न सबैलाई अनुरोध गर्दछौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: