Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

पाकिस्तानद्वारा इरानस्थित ‘आतङ्कवादी आश्रयस्थल’मा हवाई आक्रमण

खबरडबली संवाददाता

एजेन्सी । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ ।

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इरानले पाकिस्तानमा मङ्गलबार राति ‘आतङ्कवादी समूह’ विरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो । पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, “ठूलो परिमाणमा आतङ्कवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा बिहीबार हवाई आक्रमण गरिएको छ ।”

सरवन शहरवरपरका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको इरानको सरकारी समाचार संस्था इरनाले एक प्रान्तीय अधिकारीलाई उद्धृत गरी जनाएको छ। किस्तानको विदेश मन्त्रालयले बुधबार इरानबाट आफ्ना राजदूतलाई सोधपुछका लागि विदेश मन्त्रालयमा बोलाउनुअघि र तेहरानका राजदूतलाई देश फर्कनबाट रोक्नुअघि ‘पाकिस्तानको सार्वभौमिकताको अकारण र खुल्लमखुल्ला उल्लङ्घन’ को निन्दा गरेको थियो ।

तेहरानले इराक र सिरियामा पनि ‘इरानी विरोधी आतङ्कवादी समूह’ विरुद्ध आक्रमण गरेपछि इरान सरकारले पाकिस्तानमा जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको थियो ।

तेहरान र इस्लामावादले एकअर्कालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएका छन्, तर दुवैतर्फका आधिकारिक सेनाले आक्रमण गरेको विरलै पाइन्छ ।

इजरायलले गाजामा हमासविरुद्ध युद्ध लडिरहेको र यमनमा प्यालेस्टाइन समर्थक हुथी विद्रोहीहरूले ‘रेड सी’ मा कार्गो जहाजहरूमाथि आक्रमण गरेको समय इरानको आक्रमणले मध्यपूर्वमा थुप्रै सङ्कटहरू थपेको छ ।

बुधबार इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीले तेहरानले आफ्नो सुरक्षाको कुनै सीमा नतोक्ने बताएका थिए । यसैबीच, इरान र पाकिस्तानको निकट साझेदार चीनले संयमित हुन आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवैले ‘तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने’ बताए । 

यसैबीच संयुक्त राज्य अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ भने विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले तेहरानले पछिल्ला केही दिनमा आफ्ना तीन छिमेकीको सार्वभौम सीमा उल्लङ्घन गरेको बताएका छन् ।

पाकिस्तानको आधिकारिक वक्तव्यमा बिहीबारको आक्रमण कहाँ भएको थियो भन्नेबारे केही बताइएको छैन तर पाकिस्तानी सञ्चारमाध्यमका अनुसार यो आक्रमण दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको पन्जगुर नजिकै भएको थियो ।

आक्रमण हुनुभन्दा केही घण्टाअघि पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानी विदेशमन्त्रीसँग भेट गरेका थिए । “पाकिस्तानको सार्वभौमिकताको यो उल्लङ्घन पूर्णतया अस्वीकार्य छ र यसको गम्भीर परिणाम हुन सक्छ,” पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आक्रमणमा दुई निर्दोष बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेश सभा बैठक: विनियोजित बजेटको सिद्धान्तमाथि छलफल

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट जनमुखी, पारदर्शी र जनताप्रति उत्तरदायित्व...

धुम्रपानले लाओसमा वार्षिक छ हजार सातसय मानिसको ज्यान जोखिममा

एजेन्सी । धुम्रपानसम्बन्धी रोगले लाओसमा वार्षिक छ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  “लाओसमा हरेक दिन ल...

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति दुख व्यक्त गरेका छन् । राष्ट्र्पति प...

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ ।  दुर्घटनामा चार मजदुर घाइते भएका छन् जसको अवस्...

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन् । स...

अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ

काठमाडौं । अनलाईन मार्फत ठगी गरी बिनान्स एप मार्फत लगानी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौंका व...

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली दुई वर्षदेखि बन्द

काभ्रेपलाञ्चोक । मनसुन सुरु हुनै लाग्दासमेत बिपी राजमार्गको आकस्मिक सूचना (इआइएस) प्रणाली बन्द अवस्थामा छ । दुई वर्षदेखि सूचना प्रणालीको उपकरण मर्मत न...

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक र संसदीय दलको संयुक्त बैठक यही जेठ ९ गते बस्ने भएको छ ।  कांग्रेस केन्द...

विश्व नापतौल दिवस मनाइयो

काठमाडौं । ‘भोलिको दिगोपनका लागि आज मापन गछौँ’ मूल नाराका साथ आज विश्व नापतौल दिवस मनाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र गुणस्तर तथा नापतौल कार...

करोडौँ लागतमा बनेका दुई बसपार्क प्रयोगविहीन

नवलपरासी । पश्चिम नवलपरासीमा करोडौँ लागतमा बनेका दुई बसपार्क निर्माण भएको वर्षौँ बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । रु तीन करोड ३५ लाखमा परासी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies