Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

धनकुटामा मत्स्य नर्सरी स्थापना हुँदै

खबरडबली संवाददाता

धनकुटा । व्यावसायिक माछापालनलाई टेवा दिने उद्देश्यले यस वर्षबाट धनकुटामा मत्स्य नर्सरी केन्द्र स्थापना गरिने भएको छ ।

कोशी प्रदेशको लगानीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले माछाको भुरा विकास केन्द्रको स्थापना गर्न लागेको हो । केन्द्रको स्थापनाले जिल्लाका किसानलाई माछाका भुरा लिन तराईका जिल्ला जानुपर्ने बाध्यताको अन्त्य हुने कार्यालयका निमित्त प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिए । 

“नर्सरीमा ह्याचरीबाट माछाका साना भुरा ल्याएर यहाँको वातावरण अनुकूलन बनाएर वितरण गरिनेछ”, उनले भने । केन्द्रको स्थापनाका लागि विज्ञको टोलीले जिल्लाका विभिन्न स्थानको सर्भेक्षण गरिरहेको ढुङ्गानाले जानकारी दिए । 

आधिकारिक तथ्याङ्क नभए पनि जिल्लामा खपत हुने ९० प्रतिशतभन्दा बढी माछा तराई र भारतबाट आपूर्ति हुने गरेको छ । त्यसका कारण जिल्लामा प्रशस्त माछापालनको सम्भावना रहेकाले केन्द्रको स्थापनापछि व्यावसायिक माछा उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने ढुङ्गानाको भनाइ छ ।

प्रदेश सरकारको रु पाँच लाखको लागतमा भुरा नर्सरी स्थापनाका लागि आवेदन खुला गरिएको केन्द्रका अधिकृत पुष्प दाहालले जानकारी दिए । माछाको भुरा उत्पादन केन्द्रबाट जिल्लाभरिका माछापालक किसान लाभान्वित हुने दाहालले जानकारी दिए । हाल जिल्लामा तीन कार्प र एउटा रेन्बो ट्राउट माछा फार्म रहेको दाहालले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

राष्ट्रपतिबाट चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...

माेरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् ।  जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...

अमेरिकाकाे मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...

कर्णाली नेकपा संसदीय दल नेता चयनमा पार्टी केन्द्रकाे चासो

सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...

उम्मेदवार सिफारिसपछि सिराहा कांग्रेसमा विवाद

सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...

सुडानमा संयुक्त राष्ट्रसङ्घको शिविरमा आक्रमण, ६ बङ्गलादेशी शान्ति सेनाको मृत्यु, ८ घाइते

ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending