Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

बिरगञ्जमा आइभीएफ प्रबिधिबाट महिलाले जन्माईन तिम्ल्याहा बच्चा

खबरडबली संवाददाता

रौतहट । सूर्य अस्पताल बिरगंजमा आइभीएफ ईनभीट्रो फर्टीलाईजेशन प्रबिधिबाट उपचाररत एकजना महिलाले जन्माईन तिम्ल्याहा बच्चा जन्माएकी छिन्।

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर मोनिका यादव सिंहले उक्त प्रविधिबाट उपचार गरेकी महिलाले दुईदिन अघी तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

बिवाह पश्चात १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका – ७ की ३५ वर्षीय महिलाले उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डाक्टर सरोज सिंहले जानकारी दिएका छन।

तिम्ल्याहामध्ये दुई छोरी र एक छोरा रहेको डाक्टर सिंहले बताएका छन। तिनैजना शिशु पूर्णस्वस्थ रहेको छ। थप सावधानीका लागि उनीहरूलाई एनआइसीयू वार्डमा बाल रोग विशेष डाक्टर कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको छ।

‘एउटा शिशु साढे दुईकिलो, अन्य दुईजना डेढ–डेढ किलोको रहेको डाक्टर सिंहले बताएका छन् । अस्पताल निर्देशक डाक्टर सिंहका अनुसार आमाको स्वास्थ्य पनि राम्रो छ । शल्यक्रिया गरेर बच्चा जन्मिएको कारण उनलाई पनि चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ ।

मधेस प्रदेशमा एकमात्र आइभीएफ सेन्टरका रूपमा रहेको सूर्य अस्पतालमा यसअघि पनि आइभीएफ प्रविधिबाट उपचार गराएका दर्जनौं दम्पतीहरूले सन्तान प्राप्ति गरेका छन् । पछिल्लो एक वर्षदेखि अस्पतालमा उपलब्ध रहेको आइभीएफ विधिबाट उपचार गराएर हालसम्म ३५ दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा। सरोजले दाबी गरेका छन।

भारत बाट विशेष तालिम लिएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। मोनिका यादव सिंहले अस्पतालमा आइभीएफ विधिबाट उपचार गर्ने गरेकी छन् । आइभीएफका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू अस्पतालमै उपलब्ध रहेका छन् भने उपचारका लागि छुट्टै विशेषज्ञ चिकित्सकहरूको टोली समेत रहेको छ । त्यस्तै आइभीएफ उपचार गर्नका निमित्त अस्पतालले नेपाल सरकारले सम्पूर्ण मापदण्ड समेत पूरा गरेको छ ।

हालसम्म मधेस प्रदेश मात्र नभएर अन्य प्रदेश र छिमेकी मुलुक भारतबाट समेत सेवाग्राहीहरूले आइभीएफ प्रविधिबाट उपचार गराएर सन्तान प्राप्ति गरेको डा। मोनिकाले बताइन ।

वीरगञ्ज मै आइभीएफ सेवा उपलब्ध भएपछि स्थानीयहरूका साथै छिमेकी जिल्लासँगै सीमावर्ती भारतबाट समेत आउने सेवाग्राहीहरूलाई सहज भएको छ । तुलनात्मक रूपमा देशमा उपलब्ध रहेका अन्य आइभीएफ सेन्टरहरू भन्दा सस्तो दरमा उपचार भएकाले सेवाग्राहीहरु सेवा लिन आउने गरेका छन्

आइभीएफ विधिबाट जन्मिएको शिशु सामान्य अवस्थामा जन्मिने शिशु जस्तै स्वस्थ हुने र महिलाको स्वास्थ्यमा पनि कुनै असर नपार्ने डाक्टर मोनिकाको दाबी छ  । ‘उनले भनिन आइभीएफ सम्बन्धी धेरै भ्रमहरू पनि छन् । जसलाई चिर्न आवश्यक छ । सामाजिक सञ्जाल र इन्टरनेटमा भनिए जस्तो आइभीएफ एकदमै जटिल र झन्झटिलो प्रक्रिया पनि होइन अन्य उपचार विधि जस्तै हो उनले स्पष्ट पारिन। निसन्तान दम्पतीका लागि आइभीएफ जस्तो सफल उपचार विधि अरू कुनै पनि छैन,’अस्पतालमा आइभीएफ विधिबाट उपचार गराएको सम्पूर्ण दम्पतीले सन्तान प्राप्ति गरेको डा। मोनिकाले दाबी गरिन ।

‘हाम्रो सफलता दर पनि झन्डै १०० प्रतिशत पुगेको छ । यसलाई थप प्रभावकारी, परिष्कृत र सस्तो बनाउँदै जाने हामी प्रतिबद्ध छौँ,’ डाक्टर मोनिकाले भनिन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...

सङ्घीय सरकारबाट ६ महानगरलाई ११ अर्ब ७१ करोड रुपैयाँ अनुदान, कसले कति पाए ?

काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...

बोर्डिङ पास अनियमितता प्रकरणमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी बोर्डिङ पास अनियमितता प्रकरणमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइत...

झुटा कागजातका आधारमा नागरिकता दिएको आरोपमा वीरगञ्जका मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात ज...

सातै प्रदेशलाई १ खर्ब ९ अर्बभन्दा बढी बजेट हस्तान्तरण, मधेशले पायो सबैभन्दा धेरै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अन...

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...

कांग्रेस नीति प्रतिष्ठानको बैठकमा आन्तरिक आचारसंहितामा छलफल हुने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...

एसियन गेम्स क्वालिफायरको उपाधि नेपालले जित्यो, हङकङ १९ रनले पराजित

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...

विश्वकपमा सहभागी हुन विदेश जाने तयारीमा रहेका एन्फा अध्यक्ष र महासचिवलाई राखेपले लगायो रोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...

नेप्से ओरालो, डेढ अर्बमै खुम्चियो कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending