Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

विपीमा चिकित्सकको आन्दोलनले बिरामी अलपत्र

खबरडबली संवाददाता

सुनसरी । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकहरुले अन्तर्वार्ता सूचारुको माग गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गरेसँगै बिरामीहरु अलपत्र परेका छन् ।

विपी प्रतिष्ठानमा उपचारका लागि पुगेका बिरामीहरु ओपिडीको टिकट काउन्टर नखुलेपछि बिरामीहरु अलपत्र परेका छन् भने फलोअपमा बोलाएको बिरामीहरु समेत अलपत्र परेका हुन् । 

बढुवा प्रकृया सुचारु गर्न गत कात्तिक २० गते धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलहरुको रोहवरमा पुस २ गते सुरु गरि १५ गतेसम्म आवश्यक प्रकृया पुरा गरेर लोक सेवा आयोग र स्वास्थ मन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो । 

उक्त समय नाघिसक्दा समेत बढुवा प्रकृया सुचारु नभएपछि विपी प्रतिष्ठान अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्दको आह्वान गरी चिकित्सक, शिक्षक र कर्मचारीहरु पुनः आन्दोलनमा होमिएका छन् । जसको असर उपचारमा आएका नयाँ तथा फलोअपमा रहेको विरामीहरु तथा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा असर परेको छ ।

अस्पतालमा टिकटको लागि विहानैदेखि लाइन लागेपनि ओपिडीको काउण्टर नखुलेपछि बिरामीहरु निराश भएर घर फर्किन वाध्य छन् । तथापी केही टाढाबाट आएका बिरामीहरु भने खुल्ने आसमा बसिरहेका थिए । 

उपचारको लागि टाढाबाट आएकाले फर्किएर गईहाल्न पनि कता जानु ? का जानु ? भनी अलमल परेर बसेको पथ्रीबाट आउनुभएको बलभद्र मगरले बताए । चेकअपको लागी डाक्टरले नै आज बोलाएकोले यस्तो चिसोमा मौसममा पनि विहानै पथ्रीबाट आएको बिरामी मगरले बताए । 
अब अन्य अस्पताल गएर उपचार गराउँदा समेत सुरु देखि पुनः उपचार गराउनुपर्ने जसले गर्दा पैसा, समय त खर्च हुन्छ नै रोग पनि त्यतिन्जेल बढेर जाने भएकोले झनै मानसिक तनावमा परेको उनको श्रीमतीले बताइन् । यसरी आन्दोलनको नाममा बिरामीहरुलाई सास्ति दिनु गलत रहेको र आफूहरु अन्यायमा परेको बताउनुभयो ।

पटक–पटकको आन्दोलनले विपी प्रतिष्ठान धरासायी बन्दै गएको छ । बिरामीहरु निराशा भएर घर फर्किन बाध्य हुनु दुखःद कुरा रहेको अधिवक्ता दिपक कुमार बुढाथोकीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending