Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

विपीमा चिकित्सकको आन्दोलनले बिरामी अलपत्र

खबरडबली संवाददाता

सुनसरी । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकहरुले अन्तर्वार्ता सूचारुको माग गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गरेसँगै बिरामीहरु अलपत्र परेका छन् ।

विपी प्रतिष्ठानमा उपचारका लागि पुगेका बिरामीहरु ओपिडीको टिकट काउन्टर नखुलेपछि बिरामीहरु अलपत्र परेका छन् भने फलोअपमा बोलाएको बिरामीहरु समेत अलपत्र परेका हुन् । 

बढुवा प्रकृया सुचारु गर्न गत कात्तिक २० गते धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलहरुको रोहवरमा पुस २ गते सुरु गरि १५ गतेसम्म आवश्यक प्रकृया पुरा गरेर लोक सेवा आयोग र स्वास्थ मन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो । 

उक्त समय नाघिसक्दा समेत बढुवा प्रकृया सुचारु नभएपछि विपी प्रतिष्ठान अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्दको आह्वान गरी चिकित्सक, शिक्षक र कर्मचारीहरु पुनः आन्दोलनमा होमिएका छन् । जसको असर उपचारमा आएका नयाँ तथा फलोअपमा रहेको विरामीहरु तथा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा असर परेको छ ।

अस्पतालमा टिकटको लागि विहानैदेखि लाइन लागेपनि ओपिडीको काउण्टर नखुलेपछि बिरामीहरु निराश भएर घर फर्किन वाध्य छन् । तथापी केही टाढाबाट आएका बिरामीहरु भने खुल्ने आसमा बसिरहेका थिए । 

उपचारको लागि टाढाबाट आएकाले फर्किएर गईहाल्न पनि कता जानु ? का जानु ? भनी अलमल परेर बसेको पथ्रीबाट आउनुभएको बलभद्र मगरले बताए । चेकअपको लागी डाक्टरले नै आज बोलाएकोले यस्तो चिसोमा मौसममा पनि विहानै पथ्रीबाट आएको बिरामी मगरले बताए । 
अब अन्य अस्पताल गएर उपचार गराउँदा समेत सुरु देखि पुनः उपचार गराउनुपर्ने जसले गर्दा पैसा, समय त खर्च हुन्छ नै रोग पनि त्यतिन्जेल बढेर जाने भएकोले झनै मानसिक तनावमा परेको उनको श्रीमतीले बताइन् । यसरी आन्दोलनको नाममा बिरामीहरुलाई सास्ति दिनु गलत रहेको र आफूहरु अन्यायमा परेको बताउनुभयो ।

पटक–पटकको आन्दोलनले विपी प्रतिष्ठान धरासायी बन्दै गएको छ । बिरामीहरु निराशा भएर घर फर्किन बाध्य हुनु दुखःद कुरा रहेको अधिवक्ता दिपक कुमार बुढाथोकीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE