Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

मुलुकलाई आर्थिक संकटमा लैजाने प्रमुख दलहरुलाई कारबाही गर्नुपर्छ: प्रभु साह

माघ १० गते मधेश बन्दको घोषणा

खबरडबली संवाददाता

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिदै गएको बताएका छन् । 

आजपाद्वारा पर्साको पोखरियामा आज आयोजित पार्टी प्रवेश एंव कर्याकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिदै गएका कारण विभिन्न समस्य देखा परेको बताए । 

'कांग्रेस, माओवादी, एमाले लगायत दलका नेताहरू सत्ता प्राप्तिको दौडमा हुनुहुन्छ । समृद्धि, सुशासन कसरी कायम गर्न सकिन्छ, नेपाली जनताका चाहना कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा सोच्ने उहाँहरुलाई फुर्सद छैन्झ आजपा अध्यक्ष साहले भने, ञसत्तामा कसरी पुग्ने, सरकार बनाउने र ढाल्ने खेलमा लागेका नेताहरूले रोजगार सृजना गर्न सकेनन् । त्यसैले आज बेरोजगारी बढेको छ । भ्रष्टाचार, कुशासन बढेको छ । देशमा आर्थिक संकट गहिरिदै गएको छ । रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन सकिरहेको छैन् । रोजगारकालागी बिदेश जन्छु भन्ने युवाहरूलाई सरकारले गोलि हानेर हत्या गर्ने दृश्य हामी देखिरहेका छौं ।'

यी नेताहरुको सत्ता मोहकै कारण यो व्यवस्था असफल भएको बताउदै उनले समृद्ध नेपाल निर्माणका लागी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जानुको विकल्प नभएको बताए । 

यो सरकार, दल तथा दलका मठाधिशहरु असफल भईसकेको बताउदै अध्यक्ष साहले यो सरकार विघटन गरि अन्तरिम सरकार गठन गरेर देशलाई निकास र बिकास दिएर मुलुक समृद्ध बनाउन सकिने बताए । 

एक अर्को प्रसंगमा आजपा अध्यक्ष साहले वीरगंज सहित पुरै मधेसलाई उजाड बनाउँने काम उपेन्द्र यादवले गरेको बताउदै उपेन्द्रलाई मधेसवाट बहिष्कार गरी दण्डित गर्नुपर्ने बताए । 

देशकै आर्थिक राजधानी रहेको वीरगंज सहित मधेसलाई तहसनहन गर्दै बर्बाद गरेर उजाड बनाउँने काम उपेन्द्रले गरेको उनले बताए । 

‘सबैभन्दा सुगम भनिएको मधेसको मानव सूचांक अहिले कर्णालीभन्दा पनि पछाडी छ । वीरगंज सहित मधेसलाई बर्वाद गर्ने, उजाड बनाउँने, तहसनहस गर्नेलाई अब बहिष्कार गरेर दण्डित गर्नुपर्ने बेला आईसकेको छ’ साहले भने, ‘मधेसी जनता, मधेसका लागि भनेर मधेसलाई नै बर्बाद गर्ने, उजाड बनाउँनेहरु मधेस सरकारमा पुगेपछि मधेसका लागि के गरे ? जहिले पनि शासनमा छदैछन्, तर उनीहरुले केवल मधेसलाई बर्बाद गर्ने काम मात्रै गरे । के उनीहरुलाई दण्डित गर्ने बेला भएको छैन् ? के उनीहरुलाई यतिकै छाडने हो रु मधेसलाई गुलजार बनाउँने हो भने मधेसलाई उजाड बनाउँनेलाई दण्डित गर्नैपर्छ ।’

दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरु सत्तामा बसेर लुट मचाईरहको आरोप साहले लगाए । संघीय सरकार सहित मधेस प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उनले सुशासन, समृद्धिका लागि भ्रष्टाचारका बिरुद्धमा शसक्त आवाज उठाउँनुपर्ने बताए । 

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका बिषयमा आजपाले आवाज उठाउदै आएको छ । यसलाई पुरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन आह्वान गरिएको छ ।

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending