Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

मुलुकलाई आर्थिक संकटमा लैजाने प्रमुख दलहरुलाई कारबाही गर्नुपर्छ: प्रभु साह

माघ १० गते मधेश बन्दको घोषणा

खबरडबली संवाददाता

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिदै गएको बताएका छन् । 

आजपाद्वारा पर्साको पोखरियामा आज आयोजित पार्टी प्रवेश एंव कर्याकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिदै गएका कारण विभिन्न समस्य देखा परेको बताए । 

'कांग्रेस, माओवादी, एमाले लगायत दलका नेताहरू सत्ता प्राप्तिको दौडमा हुनुहुन्छ । समृद्धि, सुशासन कसरी कायम गर्न सकिन्छ, नेपाली जनताका चाहना कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा सोच्ने उहाँहरुलाई फुर्सद छैन्झ आजपा अध्यक्ष साहले भने, ञसत्तामा कसरी पुग्ने, सरकार बनाउने र ढाल्ने खेलमा लागेका नेताहरूले रोजगार सृजना गर्न सकेनन् । त्यसैले आज बेरोजगारी बढेको छ । भ्रष्टाचार, कुशासन बढेको छ । देशमा आर्थिक संकट गहिरिदै गएको छ । रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन सकिरहेको छैन् । रोजगारकालागी बिदेश जन्छु भन्ने युवाहरूलाई सरकारले गोलि हानेर हत्या गर्ने दृश्य हामी देखिरहेका छौं ।'

यी नेताहरुको सत्ता मोहकै कारण यो व्यवस्था असफल भएको बताउदै उनले समृद्ध नेपाल निर्माणका लागी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जानुको विकल्प नभएको बताए । 

यो सरकार, दल तथा दलका मठाधिशहरु असफल भईसकेको बताउदै अध्यक्ष साहले यो सरकार विघटन गरि अन्तरिम सरकार गठन गरेर देशलाई निकास र बिकास दिएर मुलुक समृद्ध बनाउन सकिने बताए । 

एक अर्को प्रसंगमा आजपा अध्यक्ष साहले वीरगंज सहित पुरै मधेसलाई उजाड बनाउँने काम उपेन्द्र यादवले गरेको बताउदै उपेन्द्रलाई मधेसवाट बहिष्कार गरी दण्डित गर्नुपर्ने बताए । 

देशकै आर्थिक राजधानी रहेको वीरगंज सहित मधेसलाई तहसनहन गर्दै बर्बाद गरेर उजाड बनाउँने काम उपेन्द्रले गरेको उनले बताए । 

‘सबैभन्दा सुगम भनिएको मधेसको मानव सूचांक अहिले कर्णालीभन्दा पनि पछाडी छ । वीरगंज सहित मधेसलाई बर्वाद गर्ने, उजाड बनाउँने, तहसनहस गर्नेलाई अब बहिष्कार गरेर दण्डित गर्नुपर्ने बेला आईसकेको छ’ साहले भने, ‘मधेसी जनता, मधेसका लागि भनेर मधेसलाई नै बर्बाद गर्ने, उजाड बनाउँनेहरु मधेस सरकारमा पुगेपछि मधेसका लागि के गरे ? जहिले पनि शासनमा छदैछन्, तर उनीहरुले केवल मधेसलाई बर्बाद गर्ने काम मात्रै गरे । के उनीहरुलाई दण्डित गर्ने बेला भएको छैन् ? के उनीहरुलाई यतिकै छाडने हो रु मधेसलाई गुलजार बनाउँने हो भने मधेसलाई उजाड बनाउँनेलाई दण्डित गर्नैपर्छ ।’

दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरु सत्तामा बसेर लुट मचाईरहको आरोप साहले लगाए । संघीय सरकार सहित मधेस प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उनले सुशासन, समृद्धिका लागि भ्रष्टाचारका बिरुद्धमा शसक्त आवाज उठाउँनुपर्ने बताए । 

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका बिषयमा आजपाले आवाज उठाउदै आएको छ । यसलाई पुरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन आह्वान गरिएको छ ।

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...

सङ्घीय सरकारबाट ६ महानगरलाई ११ अर्ब ७१ करोड रुपैयाँ अनुदान, कसले कति पाए ?

काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...

बोर्डिङ पास अनियमितता प्रकरणमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी बोर्डिङ पास अनियमितता प्रकरणमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइत...

झुटा कागजातका आधारमा नागरिकता दिएको आरोपमा वीरगञ्जका मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात ज...

सातै प्रदेशलाई १ खर्ब ९ अर्बभन्दा बढी बजेट हस्तान्तरण, मधेशले पायो सबैभन्दा धेरै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अन...

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...

कांग्रेस नीति प्रतिष्ठानको बैठकमा आन्तरिक आचारसंहितामा छलफल हुने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...

एसियन गेम्स क्वालिफायरको उपाधि नेपालले जित्यो, हङकङ १९ रनले पराजित

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...

विश्वकपमा सहभागी हुन विदेश जाने तयारीमा रहेका एन्फा अध्यक्ष र महासचिवलाई राखेपले लगायो रोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...

नेप्से ओरालो, डेढ अर्बमै खुम्चियो कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending