Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

‘प्रचण्ड सरकारले नीतिगत भ्रष्टाचार रोक्न खोज्दा ओलीले सत्ताबाट बस्नुपरेको पीडा संसदमा पोख्दैछन् ’

सांसद दाहालको अनुभव सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन्

खबरडबली संवाददाता

काठमाडौं । “सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा सांसद लेखनाथ दाहाल राजनले भने, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन् ।”

यद्यपि, पछिल्लो एक वर्षमा मिटरब्याजी पीडितलाई न्याय दिने विधेयक, नागरिकता विधेयक, आर्थिक विधेयकलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका केही महत्वपूर्ण विधेयक कार्यान्वयनमा गएका उनको भनाइ छ । संसद्को एकवर्षे अवधिमा अपेक्षित भूमिका पूरा गर्न नसकेको उनको अनुभूति छ ।

“विगतमा प्रतिनिधिसभाले विधायकी जिम्मेवारी पूरा गर्न सक्नुपथ्र्यो, त्यो गरेको देखिएन । विसं २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भयो । त्यसदेखि अहिलेसम्म संविधानको जगमा उभिएर जसरी ऐन कानुन निर्माण गर्नुपर्ने थियो, ती ऐन कानुन निर्माण भएनन्”, उनले भने। 

गएको एक वर्षमा सरकारका तर्फबाट प्रतिनिधिसभामा ‘बिजनेस’ प्राप्त भए पनि संसद्लाई बहसको थलोका रुपमा विकास गर्ने काम हुन नसकेको बताउँछन्।  संसद्भित्र विधेयक टेबल भएका महत्वपूर्ण विधेयक छलफलमा आउन नसकेको उल्लेख गर्दै उनले सदन प्रभावकारी ढङ्गले सदन चल्न नसक्दा सो अवस्था देखिएको बताए। 

“मुख्यतः प्रमुख प्रतिपक्षी दलको गत्यावरोधका कारणले पनि सदनको कामकारबाही प्रभावकारी हुन सकेन”, सांसद दाहालले भने। ऐन कानुनमा देखिएका समस्या हल गर्न नसक्दा प्रदेश र स्थानीय सरकारका हातखुट्टा बाँधिएकातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उहाँले प्रदेशको अप्ठ्यारा सल्टयाउन सामूहिक पहल गर्नुपर्नेमा जोड छ। 

पछिल्लो समय प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट बाहिरिनुपरेको पीडाको प्रभाव संसद्मा देखिएको सांसद दाहालको ठम्याइ छ । “प्रतिपक्षी दलबाट ससाना विषयमा संसद् निरन्तर अवरोध गर्ने काम भयो । संस्थागत भ्रष्टाचारको विषय उठाउँदा एमालेबाट लगातार संसद अवरोध भयो”, उनले भने। 

संसद्मा विषय उठान गर्दा प्रतिपक्षी उत्तेजित हुने र संसद्नै अवरुद्ध गर्ने अवस्था देखिनु गैरराजनीतिक चरित्र भएको उनको ठम्याई छ । कमजोरी रहे सच्याउने, बहस र छलफल गरेर जाने सम्बन्धमा प्रतिपक्षीबाट परिपक्वपन नदेखिएको उल्लेख गर्दै उनले सहकार्य र प्रतिस्पर्धाको संस्कृतिलाई स्वीकार गरिएको
नपाइएको बताए। 

उनले भने, “सहकार्य नगरी अवरोध गर्ने प्रवृत्ति हाबी भयो”, उहाँले भन्नुभयो । सदनमा आफ्नो पार्टीको धारणा स्पष्ट ढङ्गले राख्ने र खरो रुपमा पार्टीको प्रतिरक्षा गर्ने दह्रिलो भूमिका निर्वाह गर्दै आउनुभएका सांसद दाहालले आलोचना र आरोपको जगमा मात्र राजनीति गर्ने संस्कृतिलाई सबै राजनीतिक दलले बदल्नुपर्ने बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै माओवादी केन्द्रका युवा नेता दाहालले कमजोरी सच्याउँदै नीतिगत र संरचनागत समस्या तथा कानुनी उल्झनका सम्बन्धमा गहिराइमा अध्ययन गरेर सामूहिक ढङ्गले छलफल र बहस गर्नुपर्ने बताए । “सामूहिक ढङ्गले समस्याको समाधान गर्न प्रयत्न गर्नुपर्छ । यति गर्न सकिएन भने प्राप्त उपलब्धिको रक्षा गर्न सक्दैनौँ”, सांसद दाहालले भने, “संविधानको रक्षा र सफल कार्यान्वयन गर्न पनि सकिँदैन । संविधान निर्माणमा एकताबद्ध भएका परिवर्तनका पक्षधरहरु एक ठाउँमा नउभिइकन मुलुकको समृद्धि हासिल गर्न सकिँदैन ।”

विकास, आर्थिक समृद्धि र सामाजिक न्यायको नेतृत्व गर्न माओवादी पार्टी गम्भीर भएर लागेको जनाउँदै उहाँले निश्चित विधि र प्रक्रिया पूरा गरेर बहस र छलफलमा भाग लिने, कमजोरी पत्ता लगाउने र सच्याउने सामूहिक सङ्कल्प र प्रतिबद्धताबिना मुलुकलाई अगाडि बढाउन नसकिने बताए ।

विसं २०३३ असार १० गते सिन्धुलीमा जन्मनुभएका लेखनाथ दाहाल २०४६ सालदेखि वामपन्थी आन्दोलनमा संलग्न हुनुभएको थियो । विसं २०४६ मा मोटो मसालको विद्यार्थी सङ्गठनको अध्यक्ष, २०४८ मा संयुक्त जनमोर्चाको इलाका सचिव रहनुभएका उहाँ तत्कालीन नेकपा माओवादी केन्द्रले थालेको जनयुद्धमा सहभागी भए ।

जनताको अपेक्षा विकास निर्माणसँग सम्बन्धित रहेको उल्लेख गर्दै सांसद दाहालले जनप्रतिनिधिलाई जनताले राजनीतिकभन्दा पनि सामाजिक भूमिकामा संलग्नता भएको हेर्न चाहेको अनुभव सुनाए । “मर्दापर्दा, मुद्दा मामिला, अड्डा अदालत, नागरिकता, राहदानी, विकास निर्माणलगायत काममा जो जोडिएको जनताले उसैलाई विश्वास गर्छन् । जनताको बुझाइमा पनि फरक छ”, उनले भने ।

राजनीतिक नेतृत्व भनेको नीति निर्माण गर्ने हो, नीति निर्माण तहमा देखिएका समस्या पहिचान र समाधान गर्ने हो भने बुझाइ कम रहेको उहाँको भनाइ छ । निर्वाचन जितेर गइसकेपछि नियमित आफूहरुको नियमित सम्पर्कमा हुनुपर्छ भन्ने जनताको बुझाइ रहेको उल्लेख गर्दै सांसद दाहालले जनताले परिणाम होइन, उपस्थिति खोजेका छन् भन्नुहुन्छ । “यसबाट पनि समस्या पैदा भएको छ”, उनले भने ।

प्रत्येक सांसदले आफू संसदीय भूमिका रहेका, नीति निर्माणको तहमा सक्रियता देखाउनुपर्छ भनेर जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिँदै उहाँ सांसदले आफ्नो भूमिका बोध नगर्ने र नीति निर्माणभन्दा पनि सामाजिक भूमिकामा जनताले दैनिक खोज्ने अवस्था नै बाधक हुन भन्ने ठान्नुहुन्छ । पाँच वर्ष जेल जीवनसमेत बिताउनुभयो । सिं २०५७ देखि पार्टी क्षेत्रीय ब्यूरो सदस्य हुँदै उहाँ हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । विसं २०५७ मा माओवादीको युवा सङ्गठन वाइसिएलको महासचिव हुनुभयो । विसं २०७४ को निर्वाचनमा उहाँ बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

सिन्धुली क्षेत्र नं २ बाट निर्वाचित सांसद दाहाल जिल्लामा उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धि लाई ध्यान दिँदै रणनीतिक महत्वका आयोजना अघि बढाएका बताए। “जलविद्युत् उत्पादन, सिँचाइ परियोजना, बृहत्तर खानेपानी आयोजना, सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा टेवा दिने योजना हामीले शुभारम्भ गरेका छौँ”, उनले भने , “यससँगै जनताले दैनिक भोग्दै आएका समस्या बाटो, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारलाई पनि समाधान गर्न प्रयास गर्दै आएका छौँ ।”

सरकारले उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले महत्वपूर्ण कार्यक्रम अघि सारेको उल्लेख गर्दै उहाँले कृषिलाई व्यवसायिकीकरण, यान्त्रीकरण गर्ने अभियान सुरु भएको बताए । कृषि, वन र ऊर्जामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ महत्वपूर्ण कामको थालनी भएको जानकारी दिँदै सांसद दाहालले यही उत्पादन सम्भव भएका कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्दै जाने योजना रहेको सुनाए।
 
“किसानले उत्पादन गर्ने, बजारको जिम्मा सरकारले लिने गरी काम भइरहेको छ । जनताको अपेक्षाअनुसार नै मैले भूमिका खेलिरहेको छु । पाँच वर्षपछि पुनः जनतामा जाँदा गुनासो हुने छैन । मेरा विरोधी पार्टीले पनि आलोचना गर्ने छैनन्”, उनले भने 
 
अहिलेको संसद्को बनोट बहुरङ्गी प्रकारको रहेको उनको भनाइ छ । सङ्घर्षबाट खारिएर आएकादेखि सामाजिक सञ्जालबाट उदाएका सांसदको सदनमा उपस्थिति रहेको तथा संसदीय मर्यादा, मूल्य  र मान्यतालाई ख्याल नगरी प्रस्तुत हुने अवस्था पनि देखिएको सांसद दाहालको मत छ । आफूले कहिल्यै पनि संसद्मा उत्तेजित भएर कुनै विषयवस्तु नउठाएको जिकिर गर्दै उहाँले भ्रष्टाचारका विषयमा आफूले आवाज उठाउँदै आएको बताए ।

“ठूल्ठूला भ्रष्टाचारका फाइल खोल्नुपर्छ भनेर मैले लगातार सदनमा आवाज उठाउँदै आएको छु”, उनले भने , “पशुपतिको जलहरीमा सुन भनेर पित्तलको रिङ लगाइएको विषयमा छानबिन गरौँ भनेर जिम्मेवारपूर्वक सदनमा प्रस्तुत भएको हुँ ।” संसदीय मूल्यमान्यता भित्र रहेर, प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर मनमा लागेको कुरा आफूले राख्दै आएको उहाँको भनाइ छ । जनताको समस्या र अपेक्षा सदनमा नै राख्ने उनको भनाइ छ ।
 
 संसद्मा विभिन्न पात्र, प्रवृत्ति, सोच र चिन्तनको उपस्थिति रहेको उल्लेख गर्दै कतिपय सांसदमा जसरी पनि भाइरल हुने रहर जाग्ने गरेको र त्यसबाट कहिलेकाही संसद्मा अराजक स्थिति पनि देखिएको बताए, “अराजकताको उत्र्कष भनेको अवसान हो । यो धेरै दिन टिक्दैन । अराजकता अन्त्य हुन्छ, त्यसो नभए अनुशासनको दायरामा आउँछ”, उनले भने  । वर्तमान सरकारले विद्यमान समस्याको समाधानका लागि प्रभावकारी पहल अघि बढाएको उनको जिकिर छ ।

नीतिगत भ्रष्टाचारका दुला अझै बन्द गर्न नसकिएको उल्लेख गर्दै उनले नियम, कानुन तथा संरचनात्मक समस्या बाधक बनेका बताए। संरचनात्मक हिसाबले भ्रष्ट मानसिकता देखिएको, भ्रष्टाचार नगरी कुनै पनि पात्रले आफ्नो कर्तव्य पूरा भएको नठान्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । “तलब, सेवासुविधामा मात्र सन्तुष्ट हुने पात्र असाध्यै कम छ । अतिरिक्त लाभ नभई कुनै पनि काम नगर्ने पात्र सार्वजनिक संरचनामा छन् । भ्रष्टाचार आदतका रुपमा विकास भएको छ”, उनले भने 
 
राजनीतिक नेतृत्व र उच्च पदस्थ अधिकारीको तहबाटै भ्रष्टाचार विरोधी अभियान चलाउन सकियो भने मात्र अन्त्य गर्न सकिने उनको भनाइ छ । मुहान सफा गरेपछि तल्लो भागमा आफैँ सफा हुने भन्दै उनले अहिले प्रचण्ड नेतृत्व सरकारले भ्रष्टाचार विरोधी अभियानलाई जनस्तरसम्म पु¥याएको दाबी गर। इतिहासमै पहिलोपटक यति ठूलो भ्रष्टाचार विरोधी अभियान सञ्चालन भएको जनाउँदै उहाँले एकै पटक ठूलो सङ्ख्यामा राजनीतिक र प्रशासनिक नेतृत्व जेल नपरेका दृष्टान्त दिए।

“सरकारले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेको छ । जनताको साथ र सहयोगबिना भ्रष्टाचार नियन्त्रण गर्न सकिँदैन । जनताले भ्रष्टाचारीलाई घृणा र बहिस्कार गर्नुपर्छ । घुस माग्नेलाई कारबाही गर्ने तागत राख्नुपर्छ”, नेता दाहालले भने, “जनताको तहबाट पनि भ्रष्टलाई बहिस्कार गर्नुपर्छ । सरकारको तहबाट भ्रष्टाचारीलाई कारबाही गर्ने हिम्मत गर्नुपर्छ ।”

भ्रष्टलाई सम्मान होइन, अपमान गर्न थालियो भने मात्रै भ्रष्टाचार नियन्त्रणको प्रक्रिया सुरु हुने दाबी गर्दै उहाँले विगतमा ठूलालाई चैन, सानालाई ऐन हुन्थ्यो भने अहिले ठूलासाना भन्ने नै नरहेको बताए। जनताको नियन्त्रण र निगरानीमा मात्रै भ्रष्टाचार निणन्त्रण गर्न सकिने उल्लेख गर्दै उनले नेपाल सरकारबाट जुन पहलको सुरु भएको छ, त्यो ऐतिहासिक रहेको बताए। 

अवसर केन्द्रित भएको ठाउँमा युवा जनशक्ति केन्द्रित हुने विश्वव्यापी लहर देखिएको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रियस्तरमा नै अवसरको खोजीमा देश बाहिर जाने अवस्था देखिएको बताउनुभयो । अवसरको केन्द्रीकरण नुहन्जेल चाहेर पनि युवा शक्ति पलायन रोक्न नसकिने जनाउँदै उहाँले आद्योगिकीकरणको विकास गर्ने, आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने, उत्पादन र रोजगार केन्द्रित योजना नल्याइ पलायन रोक्न नसकिने बताए। 

“ठूला विद्युत् परियोजना अघि बढ्दै छन् । सरकारले सम्भावना भएको क्षेत्रमा लगानी केन्द्रित गर्न खोजेको छ । यस वर्ष निर्यात बढेको छ । गएको चार महिनामा रु १४ अर्बको विद्युत् निर्यात भएको छ । दुई अर्बको सिमेन्ट तथा रड भारतमा बिक्री भएको छ”, उनले भने, “उत्पादन वृद्धिसँगै निर्यात नियमित हुन थालेपछि आधारभूत समस्या समाधान गर्न सकिन्छ, मुलुक सकारात्मक दिशातर्फ अघि बढिरहेको छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending