Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सञ्चार मन्त्रालयले दियो सर्वोच्चलाई जवाफः नियमन सम्भव नभएपछि प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको छ । टिकटक प्रतिबन्ध विरुद्ध परेका रिट निवेदनहरुको सुनुवाइका क्रममा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको थियो । 

सञ्चार मन्त्रालयले १४ मंसिरमा लिखित जवाफ पठाउँदै टिकटकको स्वनियमन कमजोर रहेको र रियल टाइमका सामग्री हटाउन नसकिने भएकाले प्रतिबन्ध नै लगाउनुपरेको जिकिर गरेको हो । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा भनिएको छ, ‘अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइन विरुद्धका सामग्री हटाउने गरेको भए पनि टिकटकले रियल टाइमका सामग्री हटाउन नसक्नुको अलवा लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको तत्कालिन अवस्थामा नियमन सम्भव नभएको स्थिति हो ।’

विभिन्न सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरुले सन् २०१८ मा सान्टाक्लारा सिद्धान्त अनुमोदन गरेका थिए । सन् २०२२ मा परिमार्जन गरिएको उक्त सिद्धान्त अनुसार सामाजिक सञ्जाल सञ्चालक कम्पनीले प्रयोगकर्ताको मानव अधिकार सुनिश्चित गर्नुपर्छ ।

सत्यतथ्य जाँचेर गलत र भ्रामक विषयवस्तु हटाउनुपर्ने लगायतका मान्यतालाई टिकटकले अनुमोदन नगरेको भन्दै सञ्चार मन्त्रालयले टिकटकलाई नियमन मात्रै गर्न सम्भव नभएको र प्रतिबन्ध नै लगाउनुपर्ने अवस्था आएको दावी गरेको हो । टिकटकले प्रयोगकर्ताको रुचि अनुसारका भिडियोहरु आउने गरी एल्गोरिदम सेट गरेको हुनाले घण्टौंसम्म चलाउने लत बस्ने र त्यसले मानव स्वास्थ्यमा प्रतिकुर असर पर्ने मन्त्रालयको दाबी छ ।

मन्त्रालयले लिखित जवाफमा भनेको छ, ‘टिकटकको अत्यधिक प्रयोगले अनिन्द्रा, एन्जाइटी, डिप्रेसन जस्ता समस्या देखिनुको साथै बालबालिका तथा युवायुवतीलाई गलत दिशातिर डो्याउदै विषाक्त मनोविज्ञानको सिर्जना गरेको स्थिति छ ।’

नेपालमा टिकटक भिडियोको नाममा अश्लिलता प्रदर्शन भएको, अनैतिक क्रियाकलापका लागि मोलमोलाई भइरहेको, लाइभमार्फत अश्लिल गतिविधि भएको, गैरकानूनी क्रियाकलाप बढेको सञ्चार मन्त्रालयले बताएकाे छ । मन्त्रालयले जवाफमा भनेको छ, ‘टिकटक लाइभ स्ट्रिमिङ गरी उपहार प्राप्त गर्न अनैतिक, अमर्यादित र असामाजिक गतिविध समेत बढ्दै गएको स्थिति थियो ।’

टिकटकका कारण नागरिकको व्यक्तिगत र गोप्य रहनुपर्ने डाटा समेत असुरक्षित भएको भन्दै सञ्चार मन्त्रालयले टिकटकका कारण राष्ट्रिय सार्वभौमिकतामाथि नै चुनौती थपिएको दाबी गरेको छ । लिखित जवाफमा मन्त्रालयले ‘नागरिकको गोपनीयता हनन हुनु भनेको राष्ट्रिय सार्वभौमिकताकै लागि चुनौतीको विषय हो’ भनेको छ ।

अपवादको रुपमा बाहेक सामाजिक सञ्जालको दुरुपयोग नहुने मुलुकहरुमा सामाजिक सञ्जालबाट नागरिक बलियो हुने र सरकार जवाफदेही हुने विश्वास गरिएपनि नेपालमा त्यसको मेल नखाएकाले सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगलाई नियन्त्रण गर्ने बाध्यता परेको मन्त्रालयको दावी छ । मन्त्रालयले टिकटकका कारण अश्लिलता, मानव बेचबिखन, गलत सूचना एवं अफवाह प्रवाह, राष्ट्रिय सुरक्षामा चुनौती र युवाको मानसिक स्वास्थ्यमा असर देखिएको दावी गरेको छ ।

मन्त्रालयको दावी अनुसार, पछिल्लो समय प्रहरीमा पर्ने उजुरी र अदालतमा दायर हुने साइबर अपराधका मुद्दामध्ये अधिकांश टिकटकका विषयवस्तुसँग सम्बन्धित रहेका छन् । नेपालसहित २८ मुलुकमा टिकटक प्रतिबन्ध रहेको भन्दै मन्त्रालयले ‘टिकटकबाट सामाजिक सद्भाव र वातावरणमा नकारात्मक असर परेको निष्कर्ष सहित २७ कात्तिक, २०८० मा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको’ जवाफमा भनेको छ ।

टिकटकको प्रतिबन्धका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ दिदै टिकटकले सामाजिक रोग र महामारी फैलाएको दावी गरेका थिए । टिकटक प्रतिबन्धको सरकारी निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा १० भन्दा बढी रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ भएको थियो । सो क्रममा न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको थियो ।

लिखित जवाफ प्राप्त भएपछि यो मुद्दालाई १९ मंसिरदेखि पूर्ण सुनुवाइका लागि पेश गर्न पनि सर्वोच्चले आदेश दिएको थियो । टिकटकमाथि बन्देजविरुद्ध परेका रिट निवेदनहरुमाथि मंगलबारदेखि सर्वोच्च अदालतमा नियमित सुनुवाइ हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: