Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

खबरडबली संवाददाता

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने वाचा गरेका केही सांसद अहिले त्यो प्रतिबद्धताबाट टाढा पुगेका छन्। कोही प्रतिनिधिसभाको दौडमा प्रदेशसभा छाडेर हिँडे, कोही भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परे भने अर्का सांसद झण्डै एक वर्षदेखि उपचारका नाममा विदेशमा छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभाले २०७९ पुस १५ गते शपथ ग्रहण गरेर १८ पुसदेखि पहिलो अधिवेशन सुरु गरेको थियो। तर कार्यकाल सकिन अझै समय बाँकी रहँदा नै प्रत्यक्ष निर्वाचित केही सांसदको अवस्था बदलिएको छ। यसले मतदातामाझ ‘निर्वाचनका बेला गरिएको पाँच वर्षे प्रतिबद्धताको अर्थ के रह्यो ?’ भन्ने प्रश्न उठाएको छ।

सबैभन्दा पहिले प्रदेशसभा छाड्ने सांसद बने डडेल्धुरा–२ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित डा. ताराप्रसाद जोशी। चुनावका बेला कुनै पदको लोभ नगर्ने, पाँच वर्ष प्रदेशसभामै बसेर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका उनले ११ हजार १७० मत ल्याएर नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पराजित गरेका थिए।

निर्वाचनपछि राजनीतिक यात्रा भने उनले पटक–पटक बदले। सुरुमा उज्यालो नेपाल पार्टीमा आबद्ध भएका जोशी त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगे। अन्ततः प्रतिनिधिसभा सदस्य बन्ने तयारी गर्दै २०८२ माघमा प्रदेशसभा सदस्य पदबाट राजीनामा दिए। यससँगै उनले निर्वाचनअघि जनतासँग गरेको पाँच वर्षे प्रतिबद्धता पूरा हुन पाएन।

यता कैलाली–४ (१) बाट निर्वाचित दीर्घबहादुर सोडारी पनि पाँच वर्षे कार्यकाल पूरा गर्ने अवस्थामा छैनन्। तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित सोडारी पछि मुख्यमन्त्रीसमेत बने। तर अहिले उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाका कारण निलम्बित छन्।

अख्तियारले एक करोड आठ लाख रुपैयाँभन्दा बढीको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी २०८२ जेठदेखि निलम्बनमा छन्। अन्तिम फैसला नआएसम्म उनको सदस्यता कायम रहे पनि प्रदेशसभाका कुनै गतिविधिमा सहभागी हुन पाएका छैनन्।

अर्कोतर्फ, कैलाली–५ (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। स्वास्थ्य उपचारका लागि गएको जानकारी उनले सभामुखलाई गराएका छन्। त्यसयता उनी प्रदेशसभाको कुनै बैठकमा उपस्थित भएका छैनन्।

राजीनामा नदिएका र निलम्बनमा पनि नपरेका देउवाको सदस्यता भने यथावत् छ। प्रदेशसभा सचिवालयका अनुसार उनीबारे औपचारिक निर्णय नभएसम्म तलब तथा सेवा–सुविधा रोक्ने कानुनी व्यवस्था छैन।

प्रदेशसभा नियमावली, २०८० अनुसार कुनै सदस्य लगातार १० वटा बैठकमा सूचनाविना अनुपस्थित भए पद रिक्त हुन सक्छ। तर देउवाले स्वास्थ्य अवस्थाका कारण अनुपस्थित रहेको जानकारी सभामुखलाई दिएका कारण उनको हकमा त्यो व्यवस्था लागू भएको छैन। उनी कहिले फर्किने र पुनः प्रदेशसभा सक्रिय हुने भन्नेबारे पनि कुनै सार्वजनिक जानकारी छैन।

यसरी तीन फरक अवस्थाले सुदूरपश्चिम प्रदेशसभामा मतदाताले दिएको जनादेशको प्रभावकारितामाथि बहस सुरु भएको छ। निर्वाचनमा मत माग्ने बेला पाँच वर्ष सेवा गर्ने प्रतिबद्धता जनाउने तर बीचमै पद त्याग्ने, कानुनी समस्यामा पर्ने वा लामो समय अनुपस्थित रहने प्रवृत्तिले प्रतिनिधित्वको नैतिकतामाथि प्रश्न उठाएको नागरिकहरूको भनाइ छ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरका कृष्ण राना जनताले दिएको मतको सम्मान अन्तिमसम्म हुनुपर्ने बताउँछन्। उनका अनुसार निर्वाचनका बेला पाँच वर्ष प्रतिनिधित्व गर्ने वाचा गरेर जितेपछि राजनीतिक परिस्थिति वा व्यक्तिगत महत्वाकांक्षाका कारण बीचमै जिम्मेवारी त्याग्नु मतदाताप्रतिको उत्तरदायित्वसँग मेल खाँदैन।

उनले भने, "जनताले दिएको मत केवल जित्नका लागि होइन, पूरा कार्यकाल जिम्मेवारी निर्वाह गर्नका लागि हो। बीचमै पद छाड्नु वा लामो समय जनताबाट टाढा हुनु भनेको मतदाताको विश्वासमाथि चोट पुर्‍याउनु हो।"

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending