काठमाडौँ । भारतको राजधानी दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले छिट्टै नेपाल आएर भगवान् श्री पशुपतिनाथको पूजा, आराधना तथा दर्शन गर्ने इच्छा व्यक्त गरेको छिन्।
पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप रानाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री गुप्ताले आफू निकट भविष्यमै पशुपतिनाथ मन्दिर दर्शनका लागि नेपाल भ्रमण गर्ने योजना रहेको जानकारी दिएको हो।
भेटका क्रममा उनले भगवान् पशुपतिनाथले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई सदियौँदेखि बलियो बनाउँदै आएको उल्लेख गरे। दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ बनाउनुपर्नेमा पनि उनले जोड दिए।
प्रतिनिधिसभा सदस्य रानाका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, युवा पुस्ताबीचको सहकार्य, आपसी मित्रता र विकास साझेदारीका विषयमा समेत छलफल भएको थियो।
सांसद रानाको नेतृत्वमा रहेको टोली भारतस्थित नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन दिल्ली पुगेको थियो। टोलीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी, कांग्रेस नेत्री सुनिता कुँवर तथा युवा नेताद्वय सुशान्त आचार्य र जीवन तिवारीलगायतको सहभागिता रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - १४:५४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भे...
श्रावण १९ गते, २०८३ - १४:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा आन्दोलन वा तनावपूर्ण अवस्था सिर्जना हुँदा बल प्रयोगको तरिकाबारे सरका...
श्रावण १९ गते, २०८३ - १४:२९
महोत्तरी। मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दै गएको पाइएको छ। सामाजिक तनाव, लैङ्गिक हिंसा, जातीय विभेद, प्रशासनिक लापरबाही तथा न्यायम...
श्रावण १९ गते, २०८३ - १४:०५
काठमाडौं । श्रम संस्कृति पार्टीले देशको सुरक्षा अवस्था, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकम...
श्रावण १९ गते, २०८३ - १३:५३
वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका–९ र १० बाट भारतको धार्मिक तीर्थयात्रामा गएका एक नेपालीको मृत्यु भएको छ। भारतस्थित अमरनाथ मन्दिरको दर्शन गर...
श्रावण १९ गते, २०८३ - १३:४५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। ...
श्रावण १९ गते, २०८३ - १३:३६
काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। मं...
श्रावण १९ गते, २०८३ - १३:२४
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप प्रभावकारी, उत्तरदायी र समयानुकूल बनाउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन आवश्य...
श्रावण १९ गते, २०८३ - १३:१८
काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क...
श्रावण १९ गते, २०८३ - १३:११
काठमाडौँ । भारतको राजधानी दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले छिट्टै नेपाल आएर भगवान् श्री पशुपतिनाथको पूजा, आराधना तथा दर्शन गर्ने इच्छा व्यक्त गरेको...



प्रतिकृया लेख्नुहोस्: