Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

सिंहदरबारमा प्रधानमन्त्री–प्रधानसेनापतिको भेटवार्ता, के छलफल भयो ?

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

नेपाली सेनाका अनुसार प्रधानमन्त्री र प्रधानसेनापतिबीच समसामयिक सुरक्षा अवस्था तथा नियमित विषयमा छलफल भएको हो। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रधानमन्त्रीले रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेकाले यस्ता भेट नियमित प्रक्रिया अन्तर्गत हुने बताए।

यसैबीच, काठमाडौंको गोकर्णेश्वरस्थित नेपाली सेनाको ब्यारेकको पर्खाल डोजर प्रयोग गरी भत्काउन खोजिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा पाएको छ। भिडियोमा सेनाका एक अधिकृतले सम्बन्धित निकायको अनुमति वा पत्र लिएर मात्र काम अघि बढाउन आग्रह गरेको देखिन्छ भने त्यहाँ उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले काम नरोक्न निर्देशन दिएको सुनिन्छ।

घटनाबारे नेपाली सेनाले औपचारिक प्रतिक्रिया नदिए पनि पर्खालको केही भागमा क्षति पुगेको स्वीकार गरेको छ। सेनाका एक स्रोतका अनुसार घटनाको वास्तविकता बुझ्ने र सम्बन्धित निकायसँग समन्वय गर्ने प्रक्रिया जारी छ।

यता, पछिल्ला दिनमा सुनसरी र सिरहासहित विभिन्न जिल्लामा देखिएको सुरक्षा चुनौतीबारे पनि प्रधानमन्त्री र प्रधानसेनापतिबीच छलफल भएको बुझिएको छ। सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको थियो। उक्त घटनामा सुरक्षाकर्मीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने सिरहामा पनि तनावका क्रममा एक जनाले ज्यान गुमाएका थिए।

नेपाली सेनाले भने प्रधानमन्त्रीसँगको मंगलबारको भेटलाई नियमित सुरक्षा ब्रिफिङ र समसामयिक विषयमा केन्द्रित छलफलका रूपमा व्याख्या गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिमका समस्या र विकास योजनाबारे सांसदहरूले गरे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भे...

रास्वपा सांसद सिंहको प्रश्न : मधेशमा आन्दोलन हुँदा किन गोली नै चलाइन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा आन्दोलन वा तनावपूर्ण अवस्था सिर्जना हुँदा बल प्रयोगको तरिकाबारे सरका...

मधेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दो

महोत्तरी। मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दै गएको पाइएको छ। सामाजिक तनाव, लैङ्गिक हिंसा, जातीय विभेद, प्रशासनिक लापरबाही तथा न्यायम...

देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन, सरकारले गरेको सहमति हामी मान्दनौ: हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीले देशको सुरक्षा अवस्था, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकम...

अमरनाथ तीर्थयात्राका क्रममा एक नेपालीको मृत्यु

वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका–९ र १० बाट भारतको धार्मिक तीर्थयात्रामा गएका एक नेपालीको मृत्यु भएको छ। भारतस्थित अमरनाथ मन्दिरको दर्शन गर...

तराई–मधेशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। ...

सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। मं...

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप प्रभावकारी, उत्तरदायी र समयानुकूल बनाउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन आवश्य...

सिंहदरबारमा प्रधानमन्त्री–प्रधानसेनापतिको भेटवार्ता, के छलफल भयो ?

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क...

पशुपतिनाथ दर्शनका लागि नेपाल आउने तयारीमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता

काठमाडौँ । भारतको राजधानी दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले छिट्टै नेपाल आएर भगवान् श्री पशुपतिनाथको पूजा, आराधना तथा दर्शन गर्ने इच्छा व्यक्त गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending