Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

चाडपर्वले अर्थतन्त्रलाई चलायमान बनाउँछ’

खबरडबली संवाददाता

धनुषा । दसैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको छ । दसैँ सकिएलगत्तै दिपावली तथा छठपर्वको आगमनले जनकपुरधामसहित देशभरका बजारमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ । दसैँ सकाएर काममा फर्किने तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ ।

सर्वसाधारणले ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा खर्च गर्नाले अन्र्थतन्त्र चलायमान भइरहेको हुन्छ । आधिकांशले चाडपर्वका बेला अन्य समयमा भन्दा बढी खर्च गर्ने भएकाले  पनि अर्थतन्त्र चलायमान छ भन्ने देखाउँछ ।

“वर्षभरि कर्मचारीले थप एक महिनाको तलब पाउँछन् । थप तलब दसैँ खर्चका लागि दिइने पुरानो चलन हो । यो समयमा बजारमा पैसा चलायमान हुने भएकाले चाडपर्वलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्वका रुपमा मान्न सकिन्छ”, अर्थशास्त्री डा सुरेन्द्र लाभले भन्नुभयो । उहाँका अनुसार दसैँ तिहारलाई लक्षित गरी नयाँ सवारीसाधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्धलगायत हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।

“पहिले पनि दसैँ अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले चाडपर्व विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेकाले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन्”, डा लाभले भन्नुभयो, “कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ ।”

व्यवसायीका अनुसार दसैँमा करिब रु १० अर्ब मूल्य बराबरको लत्तकपडाका साथै अन्य खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थकोसमेत कारोबार बढ्ने व्यवसायीको भनाइ छ । जनकपुरमा मात्र हरेक वर्ष दसैँमा २५ हजार खसिबोका खपत हुँदै आएको छ ।

यसरी वर्षमा एक पटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ । उनीहरुका अनुसार दसैँ र तिहार जस्ता पर्वले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ । 

पछिल्ला वर्षमा बजारमा चहलपहल बढ्ने अर्को कारण दसैँको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्री बताउँछन् । विदेशमा बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दसैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकका अनुसार औषतमा दसैँताका करिब रु १०र१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दसैँमा घर फर्किंदा लिएर आउने रकम भने जोडिएको छैन । 

दसैँदेखि छठ पर्वसम्म बजारमा करिब रू पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमा नै वृहत रहेको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्नेगरी नाफा कमाउने समय भएको उहाँले बताउनुभयो ।

दसैँ आसपासको समयमा मात्रै अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले बताउनुभयो । उहाँका अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ ।

“यतिखेर मधेस प्रदेशको राजधानी जनकपुरधाममा दसैँको निकै चहलपहल बढेको छ । आजदेखि दिपावली अर्थात लक्ष्मी पूजाले गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ”, उहाँले भन्नुभयो । खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलमा मानिसको भीड लागेको छ । 

जनकपुरका मुख्य बजार शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँमा किनमेल गर्ने मानिसको बाक्लो उपस्थिति देखिन्छ । गाउँदेखि सहरसम्म धुमधामका साथ मनाइने यस्ता पर्वमा व्यापारसमेत बढ्ने गर्दछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending