Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

भूकम्प पीडित भन्छन्: अहिलेसम्म राहत पाएका छैनौँ

खबरडबली संवाददाता

जाजरकोट । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्‍यो । 
 
आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उनी छन्  । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्‍यो ।   

उनको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ ।  शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ ।  

शेरबहादुरले भने “मैले अहिलेसम्म राहत पाएको छैन ।” घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमै बस्नुपरेको छ । कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उनले बताए । उनले दुखेसो पोखे ,“सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग पाएको छैन ।”

त्यस्तै नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि हालसम्म मुस्किलले दुई सय ५० मात्र पुगेको जनाइएको छ । नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले  पालको आवश्यकता भएको बताए । एकद्वार प्रणालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको अवस्था रहेको जनाइएको छ । नलगाड नगरप्रमुख डम्बर रावतले भने, “नगरपालिकाले सक्ने काम गरिरहेको छ, हाम्रो क्षमताभन्दा बाहिर हामी कसरीसक्छौँ ।” 

नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पुर्‍याएको छ । तीन दिन बित्न लाग्दासम्म पीडितलाई त्रिपालसम्म पाउन सकिएको छैन नलगाड नगरपालिका–६ कि किशोर रावलले गुनासो गरे । उनले भने, “मिडियामा राहत व्यापक आयो भन्ने छ, तर यहाँ केही पुगेको छैन । हामी हल्लाले बाँच्ने होइन बरु, मर्ने सम्भावना बढ्यो ।” अहिलेसम्म नलगाड नगरपालिकाको तथ्याङ्क अनुसार ६८ घाइते भएको र ५४ जनाको मृत्यु भएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा भए पनि नलगाड नगरपालिकामा बढी क्षति हुन पुगेको छ । भूकम्प पीडित बस्तीमा सञ्चार सेवासमेत प्रभावकारी नहुँदा काम गर्न निकै मुस्किल भएको नगरप्रमुख रावतले बताए । धेरै पटक टावर माग गरियो तर अहिलेसम्म सुनुवाइ नभएको उनको भनाइ छ । 

त्यस्तै भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौर बस्तीका ५१ वर्षीय दलबहादुर घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा थिए । त्यही राति ११:४७ मा रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पको झट्काले दलबहादुरसँगै सिङ्गो बस्तीको निद्रा बिथोलियो ।

भूकम्पको कम्पन नसकिँदै दलबहादुर जोगाउन झ्यालबाट हाम फालेर भागेको सुनाए । परिवारका सबै सदस्य कताबाट बाहिरियो आफूलाई अत्तोपत्तोसमेत नभएको उनको भनाइ छ । वर्षौंदेखि बसिआएको पुर्खौली घर एकाएक तहसनहस भयो । भूकम्पको केन्द्रविन्दु रामीडाँडा क्षेत्रका अधिकांश बासिन्दाको अवस्था दलबहादुरको जस्तै छ ।

केन्द्रविन्दु भएर पनि मानवीय क्षति भएको छैन । भौतिक क्षति पनि जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटको भन्दा कम छ ।

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताए । “केन्द्रविन्दु नजिकैको बस्ती सिर्पाचौरमा भूकम्पबाट सात जना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । बाँकीको स्थानीय स्वास्थ्यचौकीमा नै उपचार भइरहेको छ”, 

अध्यक्ष गिरीले भने, “घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ । तर कुनै पनि घर बस्न लायक छैनन् । अहिले यहाँ करिब एक हजार घर परिवार विस्थापित भएका छन् । उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो ।” उनले करिब एक सय वटा घर पूर्णरुपमा भत्केका र चारभन्दा बढी घर चर्किएका बताए । “यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ”, उनले भने, “घर उभिएका मात्रै छन् । चर्किएका घर भत्किएका छैनन् भन्ने मात्रै हो ।” भूकम्पले घरमा चिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टाँगेर रात कटाइरहेकी ६१ वर्षीया रामकुमार घर्तीले बताए । 

“हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ”, उनले भने, “आफू त पाल टाँगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने रु अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी रु चिन्ता लागेको छ ।” 

उनी जस्तैजस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जङ्गलतिर धपाएका छन् । खुला चौर र बारीको कान्लामा टाँगेको पालभित्र खाना बनाएर खान्छन् र त्यहीँभित्र निदाउँछन् ।

बारम्बार भूकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन । उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिसकेका छन् । तर जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मी त्यतै केन्द्रित भएका छन् ।

मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावित अहिले राहत र पुन: स्थापनाको प्रतीक्षामा छन् । हालसम्मको भूकम्पबाट जाजरकोटमा एक सय पाँच जनाको मृत्यु भइसकेको छ । भौतिक संरचनाको क्षतिको विवरण अझै आउन सकेको छैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेस प्रदेशमा ६ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय ?

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन्। यससँगै प्रदेश सरकार मुख्यमन्त्र...

रवि लामिछाने पोखरा आइपुगे

कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने अदालतमा तारिख बुझ्न पोखरा आइपुगेका छन्। अदालतका सूचना अधिकारी रामबहादुर किसान भ...

पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढ्यो: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। उनले मेलमिलाप दिव...

निर्वाचन आयोगको स्पष्टिकरण : उम्मेदवारलाई 'ब्ल्याक लिष्ट'मा राखेको चर्चा गलत

विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी चुनाव लड्न नपाउने भनी सामाजिक स...

विमानस्थल सुधारका लागि दुई महिनाभित्र स्पष्ट कदम चाल्न मन्त्री सिन्हाको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद नभएको बताएका छन्। मन्त्री...

कहिले हुन्छ मुगुको नाग्म गमगढी सडक कालोपत्रे ?

मुगु। नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन स...

आजपनि ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मं...

कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा

कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दि...

कांग्रेसको समानुपातिक सूचीमा गम्भीर त्रुटि, पूर्वराष्ट्रपति यादवका छोराको नाम दुई ठाउँमा

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने क्रममा गम्भीर त्रुटि गरेको पाइएको छ। मंगलबार बिहान बुझाइएको सूचीमा पूर्...

सुर्खेतमा जंगलभित्र युवायुवती मृत अवस्थामा फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनीहरूका श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending