काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले भूतप्रभावी (रेट्रोस्पेक्टिभ) कानून बनाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतलाई कारबाही गर्न आयोगले गरेको सिफारिस संविधान र कानूनको मर्मअनुकूल नभएको दाबी गरे। उनले यस्तो सिफारिस कार्यान्वयनयोग्य नरहेको समेत बताए।
उनले जेनजी आन्दोलनका क्रममा सरकारले नरसंहार गर्न आदेश दिएको भन्ने आधार नरहेको उल्लेख गर्दै उक्त घटनालाई नरसंहारका रूपमा व्याख्या गर्न नमिल्ने तर्क गरे।
मिश्रले भने, “राष्ट्रिय मानव अधिकार आयोग कानूनबमोजिम स्थापित संस्था हो। तर भूतप्रभावी कानून बनाएर सजाय दिनुपर्ने सिफारिस गर्नु संविधानसम्मत देखिँदैन। यो न जातीय हत्या हो, न त नरसंहार नै हो।”
उनका अनुसार नरसंहार भन्नाले कुनै विशेष जाति, समुदाय वा समूहलाई समाप्त गर्ने उद्देश्यका साथ राज्य वा शासक पक्षबाट गरिने योजनाबद्ध हिंसात्मक कार्यलाई जनाउँछ। जेनजी आन्दोलनको घटनालाई त्यस प्रकारको परिभाषाभित्र राख्न नसकिने उनको भनाइ थियो।
अध्यक्ष मिश्रले आयोगको प्रतिवेदनको विस्तृत अध्ययन आवश्यक रहेको बताउँदै त्यसको पूर्ण प्रतिवेदन उपलब्ध गराउन माग गरिएको जानकारी दिए। उनले आयोगको सिफारिसलाई भर्त्सनायोग्य भएको टिप्पणी गर्दै यस विषयमा नेपाल बारले अध्ययन गर्ने बताए।
“यस्तो प्रकारको घटनामा नेपाल बारले अध्ययन गर्नेछ। कानूनी निकायबाट आएका यस्ता सिफारिसमाथि गम्भीर समीक्षा आवश्यक छ,” उनले भने।
मिश्रले लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयता र संवैधानिक सीमाको सम्मान हुनुपर्ने उल्लेख गर्दै कानूनसम्मत अभ्यासबाट मात्रै लोकतान्त्रिक प्रणाली सुदृढ बन्न सक्ने धारणा व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...
आषाढ़ ७ गते, २०८३ - १७:०३
काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच धेरै विषयमा समानता रहेको बताएका छन्। रास्वपाको प्...
आषाढ़ ७ गते, २०८३ - १६:५८
काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण सर्त सुशासन भएको बताएको छन् । राष्ट्र...
आषाढ़ ७ गते, २०८३ - १६:४७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी मतदाताको समेत समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ...
आषाढ़ ७ गते, २०८३ - १६:३४
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफ्नो पार्टी केवल सरकार फेर्ने अभियानमा मात्र नभई समग्र...



प्रतिकृया लेख्नुहोस्: