काठमाडौँ । पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सडक विभागको पछिल्लो तथ्याङ्क अनुसार आज बिहान ७० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डहरूमा पूर्ण वा आंशिक अवरोध देखिएको छ।
कोशी प्रदेशका तीन जिल्लामा बाढीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङ्वरक गाउँपालिका–२ दोभानमा मध्य पहाडी लोकमार्ग बाढीले गर्दा प्रभावित भएको छ। त्यस्तै, इलाम नगरपालिका–९ राजदुवालीमा बाढीका कारण मेची राजमार्गमा अवरोध पुगेको छ। हाल यी तीनै स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
बागमती प्रदेशको बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
त्यसैगरी, मकवानपुरको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौँ जोड्ने सडक खण्ड मर्मत कार्य भइरहेकाले आगामी एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ।
गण्डकी प्रदेशमा पहिरोका कारण दुई मुख्य सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। लमजुङको बेसीसहर नगरपालिका–६ खरखरे भिरमा खसेको पहिरोले बेसीसहर(मनाङ सडक खण्ड ठप्प पारेको छ।
त्यसैगरी, नवलपरासी पूर्व को गैंडाकोट नगरपालिका–३ घोक्रफातमा आजै बिहान खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...
आषाढ़ ६ गते, २०८३ - ०९:११
काठमाडौँ । गर्मीयाम सुरु भएसँगै बजारमा लिचीको बिक्री बढेको छ । स्वादिलो, रसिलो र पोषक तत्वले भरिपूर्ण मानिने लिची स्वास्थ्यका लागि लाभदायक भए पनि खाली...
आषाढ़ ६ गते, २०८३ - ०८:४९
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिलले प्रभावशाली जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको छ भने हाइटीको यात्रा समूह चरणमै टुंगिए...
आषाढ़ ६ गते, २०८३ - ०८:४१
विराटनगर। सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर दौडाउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उक्त सिटी सफारी र त्यसका...
आषाढ़ ६ गते, २०८३ - ०८:३७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक–आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था...
आषाढ़ ६ गते, २०८३ - ०८:३४
ललितपुर । वर्षौंदेखि चलिआएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आज शनिबार भोटो देखाउने कार्यक्रम हुँदैछ। परम्पराअनुसार ...
आषाढ़ ६ गते, २०८३ - ०८:३०
काठमाडौँ । नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भूभागमा स्थानीय...



प्रतिकृया लेख्नुहोस्: