Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

वीरगन्जको बाल सुधारगृहबाट दुई बालकैदी फरार

खबरडबली संवाददाता

पर्सा । वीरगन्जस्थित बाल सुधारगृहबाट आज दुई बाल कैदीबन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधारगृहको छतबाट हामफालेर फरार भएका हुन् । 

दुवै अभियुक्तलाई अदालतले दोषी ठहर गरेपछि आचरण सुधारका लागि बाल सुधारमा राखिएको थियो । फरार  दुवैजनाको खोजी भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

क्षमताभन्दा बढी बाल कैदीबन्दी भएकाले मधेस प्रदेशको एकमात्र सुधारमा गृह यतिबेला समस्या सिर्जना भएको छ । न्यून भौतिक पूर्वाधार, बजेटको अभाव, सरकारी उदासिनता र क्षमताभन्दा बढी बालक र किशोरहरू कोचेर राख्नुपर्ने बाध्यताका कारण सुधारगृह समस्यामा परेको हो ।

साठी जनाको क्षमता भएको सुधारगृहमा हाल दोब्बरभन्दा बढी एक सय २६ बालक तथा किशोरलाई कोचेर राखिएकाले बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै सुधारगृह व्यवस्थापनमा समेत कठिनाइ भइरहेको  त्यहाँका प्रमुख टीकाकृष्ण काफ्लेले बताए । 

ठाउँ अभावका कारण सो गृहमा बालबालिका उकुसमुकुसका साथ दैनिक जिवन बिताउन बाध्य  छन् । एउटै कोठाभित्र धेरै जना कोचर बस्नु पर्दा स्थ्यलगायत अन्य समस्या भइरहेको गृहमा रहेकाहरूको गुनासो थियो । धेरै मान्छे कोचाकोच गरी बस्दा अक्सिजनको मात्रा घटेर कतिपयमा खुट्टा सुनिने र श्वासप्रश्वासको समस्या हुने गरेको गृहमा कार्यरत स्टाफनर्स अन्जु कुमारीले बताइन् । 

“बिरामी पर्नेलाई पहिला हामी गृहभित्रै उपचार गर्छौँ”, उनले भनिन्, “समस्या बढ्दै गएपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लैजान्छौँ । जाडो याममा भन्दा गर्मी याममा स्वास्थ्य समस्या बढी हुन्छ ।”

ठाउँ साँघँरो भएकाले गृहमा रहेका बालक र किशोरलाई चेस, क्यारेमबोर्डलगायत खेलबाहेक अन्य खेल खेल्न कठिनाइ भएको छ । “हामीसँग फुटबल, भलिबललगायत अन्य खेलकुद गर्ने ठाउँ छैन, त्यसैले अहिले चेस, क्यारेमबोर्ड खेलमात्र भइरहेको छ ।” हामीले चाहेर पनि ठाउँ नभएर बालक र किशोरहरूलाई फुटबल, भलिबल खेल दिइरहेका छैनौँ”, स्टाफनर्स अन्जुले  भनिन् ।

करिब डेढ कठ्ठा जमिनमा फैलिएको सो सुधार गृहमा साना–ठूला गरी ११ कोठा छन् । साना कोठामा १२ देखि १४ र ठूलोमा ३१ जनालाई कोचेर राखिएको छ । कानुनी विवादमा परेर मधेस प्रदेशको पर्साबाट सप्तरीसम्मका अदालतबाट पुर्पक्ष तथा कैद सजायका लागि सो सुधारगृहमा बालक र किशोरहरूलाई पठाइएको छ ।

तत्कालीन अनाथालय भवनलाई गत २०७५ साल भदौमा बाल सुधारगृहको रूपमा सञ्चालन गरिएको थियो । सो गृहमा हाल आश्रितमध्ये ४१ जबरजस्ती करणीका, २० लागुऔषध मुद्दाका, दस सवारी ज्यान मुद्दाका र सात जना अपहरण तथा शरीर बन्धक मुद्दाका छन् । अन्य भने चोरी, कर्तव्य ज्यानलगायत मुद्दाका रहेका छन् । केही बालबालिका भने मानव बेचबिखन तथा ओसारपसार, खोटा चलन, नेपाली नागरिकता उद्योग र बालविवाह मुद्दाका पनि छन् । 

बालबालिकाको मुद्दा अधिकतम एक सय २० दिनमा फैसला गरिनुपर्ने व्यवस्था ऐनमा रहे पनि लामो समयसम्म फैसला नहुँदा सुधार गृहमा क्षमताभन्दा बढी बालक तथा किशोर रहेको प्रमुख काफ्लेले बताए ।

कुल आश्रितमध्ये डेढ दर्जनको मात्रै मुद्दा फैसला भएको र बाँकी पुर्पक्षमै रहेको उनको भनाइ थियो । काठमाडौँ र पोखरामा रहेका बाल सुधारगृहमा विद्यालय र अस्पतालको पनि सुविधा भए पनि यो गृहमा त्यस्तो सुविधा नभएकाले समस्या भइरहेको प्रमुख काफ्लेले बताए ।

सुधारगृहमा रहेका बालक र किशोरको मानसिक र शैक्षिक विकासका लागि भित्रै पुस्तकालय तथा मनोरञ्ज कक्षसमेत सञ्चालन गरिएको जनाइए पनि झन्झटिलो कानुनी व्यवस्थाका कारण गृह सञ्चालनका लागि धेरै निकायसँग समन्वय गर्नुपर्ने बाध्यताले थप समस्या भइरहेको प्रमुख काफ्लेको गुनासो थियो ।

सङ्घीय सरकार मातहत रहेको सुधारगृहमा देखिएको समस्या समधानका लागि सरकारले समयमै ध्यान दिनुपर्ने वीरगन्जका बुद्धिजीवी बेचन साहले जोड दिए । “बाल सुधारगृह अहिले यातनागृहजस्तै बन्न थालेको छ”, उनले भने, “यो एकदमै दु:खद् कुरा हो, यसलाई सरकारले गहनरुपले लिनुपर्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...

सङ्घीय सरकारबाट ६ महानगरलाई ११ अर्ब ७१ करोड रुपैयाँ अनुदान, कसले कति पाए ?

काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...

बोर्डिङ पास अनियमितता प्रकरणमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी बोर्डिङ पास अनियमितता प्रकरणमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइत...

झुटा कागजातका आधारमा नागरिकता दिएको आरोपमा वीरगञ्जका मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात ज...

सातै प्रदेशलाई १ खर्ब ९ अर्बभन्दा बढी बजेट हस्तान्तरण, मधेशले पायो सबैभन्दा धेरै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अन...

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...

कांग्रेस नीति प्रतिष्ठानको बैठकमा आन्तरिक आचारसंहितामा छलफल हुने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...

एसियन गेम्स क्वालिफायरको उपाधि नेपालले जित्यो, हङकङ १९ रनले पराजित

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...

विश्वकपमा सहभागी हुन विदेश जाने तयारीमा रहेका एन्फा अध्यक्ष र महासचिवलाई राखेपले लगायो रोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...

नेप्से ओरालो, डेढ अर्बमै खुम्चियो कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending