Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

रास्वपा सांसद निशा डाँगीको अनुभव- सोचेअनुरुप काम गर्न र सरकारलाई घच्घच्याउन सकेनौं

खबरडबली संवाददाता

काठमाडौं । “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन” विधायिकाको भूमिकाबारे सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीर्कारिन्। 

सांसदसँग राससको अन्तक्र्रियामा उनले आफ्नो संसदीय अभ्यासको अनुभव यसरी व्यक्त गरिन, “म आफैंलाई आफ्नो अपेक्षामा खरो उत्रिन सकेको छैन कि जस्तो लाग्छ । एक वर्षमा के–के नै गर्न सकिन्छ भन्ने लागेको थियो । मेरो व्यक्तिगत प्रयासका बाबजुद समग्र सदनको अभ्यास ‘प्यासिभ’ भएकै हो । सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन ।”

विधायिकाको भूमिकामा प्रभावकारी काम गर्ने हुटहुटीका बाबजुद संसदीय अभ्यासमा सक्रिय हुन नसकेको उनको  बुझाइ छ । 

“सदनदेखि संसदीय समितिमा राम्रो ‘पर्फमेन्स’ दिन्छु, अध्ययनशील बन्छु, राम्रो गर्छु, नेतृत्व गर्छु भन्ने हिसाबले लागिपरेको छु । तर न समिति सक्रिय भइदिन्छ, न सदनमा जनताको आवाज बोल्ने पर्याप्त समय पाइन्छ”, उनले भनिन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापनासँगै राजनीतिक यात्रा सुरुआत गरेकी २६ वर्षीय डाँगी प्रतिनिधिसभासदस्य मध्ये कम उमेरकी सदस्य हुन। उनी पार्टीको खस आर्य समूहमा समानुपातिक तर्फ निर्वाचित भएकी थिइन् । 

उनी रास्वपाको संसदीय दलको सचेतक पनि हुन ्।  सत्र वर्षको उमेरदेखि नै प्रत्यक्षरूपमा सामाजिककार्यमा संलग्न उनी अपाङ्ग सङ्घसंस्था, महिला पुनःस्थापना केन्द्र, सरसफाइ कार्यक्रम अभियान र वृद्ध तथा बालबालिकाको हकहित जगाउने गतिविधिमा संलग्न थिइन् ।

कम उमेरमा संसदीय अभ्यासको पहिलो अनुभव बटुल्दै गर्नुभएकी उहाँले आफ्नो भूमिका ओजपूर्ण बनाउन प्रयत्नशील रहेको कुराकानीका क्रममा बताइन् । “मेरो राजनीतिक पृष्ठभूमि छैन । तर मभित्र समाजमा कुनै पनि हिसाबले योगदान पुर्याउनुपर्छ भन्ने सोच पहिल्यैदेखि थियो । अब विधायिकाको  जिम्मेवारी प्राप्त गरेसँगै मलाई अल्मलिने न समय छ न छुट ” उनले भनिन्।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको सदस्यसमेत रहनुभएकी डाँगीले समितिको बैठक नियमितरूपमा बस्न नसक्दा विधेयकमाथिको छलफलले तीव्रता पाउन नसकेको गुनासो गरिन् । 

“धेरै बजेट खर्च हुने र धेरै मन्त्रालय सम्बन्धित हुने समिति पूर्वाधार विकास समिति हो । तर समितिको सभापति चयन हुनुभएको एक महिना बित्दा पनि कुनै विधेयकमाथि दफावार  छलफल सुरुआत हुनसकेको छैन”, उनले भनिन्, “यस समितिअन्तर्गतका सम्बन्धित सातवटा विधेयकमध्ये कुनैमा पनि छलफल सुरु भएको छैन । मैले समिति सचिवालयमा लिखितरूपमा ‘एजेण्डा’ पेस गर्दा पनि चासो व्यक्त भएन ।” 

यस्तै उहाँले समितिमार्फत नै विधेयकलाई राम्रोसँग छलफल गरेर लग्नुपर्नेमा उनको जोेड छ। सदनमा युवा सांसदको प्रतिनिधित्व कम नै छ ।  

ऊर्जाशील युवा सांसदको प्रतिनिधित्व गरिरहेकी उनले थपिन्, “मलाई लाग्दथ्यो, राजनीतिक नेतृत्वले सबै कुरा गर्न सक्छन्, इच्छाशक्तिको अभाव हो । तर एक–दुई जनाले मात्र चाहेर हुने कुरा होइन रहेछ । बहुमतले चाहेको खण्डमा मात्र सबै सम्भव हुने रहेछ ।”

उनका अनुसार सदनलाई सरकारले ‘बिजनेस’ नदिने र सांसदहरूले सकारात्मक दबाब सिर्जना गर्न नसक्दा पनि सदन क्रियाशील नदेखिएको हो । “हामी कति पुराना कानुनमा चलिरहेका छौँ तर सरकारले ‘बिजनेस’ दिँदैन । स्वयं हामीले घच्घच्याउन सकेनौं । त्यसमा सिङ्गो सदनसँगै म पनि सांसदको रूपमा चुकेको हुँ कि जस्तो लाग्छ ”, उनले भनिन्। 

संसदीय अभ्यासको अनुभव सुनाउने क्रममा उनले सदनमा हुने जनताका मुद्दा बाहिरका तथ्यहीन आरोप–प्रत्यारोपले सफल संसदीय अभ्यासबारे नै प्रश्न उठ्नु चिन्ताजनक भएको बताइन्। लामो समय राजनीति र संसदीय अभ्यासको अनुभव प्राप्त जनप्रतिनिधिले समेत संसदीय मर्यादाविपरीत बोलेको देख्दा सांसद डाँगीलाई आश्चर्य लाग्ने गरेको छ । 

“कति कुरा देखाउनका लागि मात्र हुँदोरहेछ । उहाँहरू सदन बाहिर मिलेजस्तो गर्नुहुन्छ तर जनतालाई देखाउन आरोप–प्रत्यारोप गर्ने गरेको देख्छु”, उनले भनिन्, “नियमावलीमा के बोल्न हुन्छ÷हुँदैन भन्ने स्पष्ट लेखिएको छ । अझ अनौठो लाग्ने कुरा नियमावली लेख्दा छलफलमा बस्नुभएका सांसदहरू नै सदनमा संसदीय मर्यादाविपरीत बोल्नुहुन्छ ।”

उनले पार्टीले ‘ह्वीप’ जारी गर्दा सांसदको स्वतन्त्र भूमिका खुम्चिने कुरामा सहमत हुँदै भनिन्, “हाम्रो पार्टीमा हुँदैन म भन्दिनँ तर अन्य राजनीतिक पार्टीको तुलनामा हामी धेरै हदसँग स्वतन्त्र छौँ । पार्टीभन्दा पहिले सांसद जनप्रतिनिधि हो, जनताप्रति बढी उत्तरदायी हुनुपर्छ भन्ने सोचलाई कार्यान्वयन गर्न सकेमात्र पनि संसद्को भूमिका अझ बढी प्रभावकारी हुने थियो ।”

उनले जनतामा मत माग्दा दिएको आश्वासनलाई पूरा गर्न सके जनप्रतिनिधि आफ्नो भूमिकामा धेरै हदसम्म सफल हुने बताउँदै थपिन्, “तर एउटा नमीठो सत्य के हो भने आफ्नो मुख्य भूमिका, कानुन निर्माणभन्दा विकास निर्माणको आश्वासन बाँडेर मत माग्ने र त्यही पूरा गर्नमा अल्झियौँ । सांसदको भूमिकाबारे सांसद आफैं सचेत हुनुपर्छ भन्ने जनतालाई पनि यसबारे जानकारी हुनुपर्छ।”

जनताको मुद्दा सदनमा प्रस्तुत गर्न एथेष्ट समय नपाएको गुनासो गरिन्। “पछिल्लो समय दोस्रो अधिवेशनमा बोल्न पर्याप्त समय दिइँदैन । जनताका धेरै मुद्दा हुन्छन्, सदन दुई घण्टा सञ्चालन हुँदा हाम्रो पार्टीले आठ मिनेट पाउँछ, त्यो आठ मिनेटमा कति कुरा राख्ने ?” उनले प्रश्न गर्दै भनिन्।  रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending