जानकी । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ओभरीस्थित बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले विद्यार्थीलाई प्रकृति र वनयजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको छ । शुक्रबार निकुञ्ज संरक्षणमा रहेको अर्जुनवाण गणको संयोजनमा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत रहेका पाँच विद्यालयका छात्रछात्रालाई प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको हो ।
कार्यक्रममा सहभागी विद्यार्थीलाई निकुञ्जसम्बन्धित चित्रकला प्रतियोगिता तथा स्न्याप प्रश्न उत्तर कार्यक्रमको पनि आयोजना गरिएको थियो । निकुञ्ज सुरक्षामा खटिएको अर्जुनवाण गणका गणपति एवं प्रमुख सेनानी अशोक खड्काले आगामी दिनहरुमा विद्यालय सञ्चालक र विद्यार्थीसँग यस्ता कार्यक्रम निरन्तररुपमा गरिने जानकारी दिए ।
“प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी विषयमा विद्यार्थी सचेत रहन आवश्यक भएकाले हामीले यस्ता कार्यक्रम गरेका हौँ”, गणपति खड्काले भने, “यसलाई निरन्तरता दिनका लागि आगामी दिनमा हामीले सम्बन्धित पक्षसँग सहकार्य पनि गर्नेछौँ ।”
कार्यक्रममा सहभागी विद्यार्थीले पनि प्रकृति र वन्यजन्तु संरक्षणसम्बन्धी आफूहरुले धेरै कुरा सिक्न पाएको बताएका थिए । कार्यक्रममा चित्रकला प्रतियोगितामा राप्ती सोनारी– ८ स्थित शिवशक्ति माविकी छात्रा रोजीना थारु प्रथम, भगवती आधारभूत विद्यालयका छात्र यमलाल कुवँर द्वितीय, शिव शक्ति मध्यामिक विद्यालयका छात्रा समीक्षा थारु तृतीय र चौथो पुरस्कार भगवती आधारभूत विद्यालयका छात्रा वेसिना पुनले प्राप्त गरेका हुन् ।
प्रतियोगितामा विजेता छात्रछात्रालाई राप्ती सोनारी–८ का वडाध्यक्ष शालिकराम डाँगी, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।
विद्यार्थीसँग कार्यक्रममा उपस्थित भएका शिक्षकलाई सम्बन्धित विद्यालयको पुस्तकालयमा राखेर अध्ययनका लागि संरक्षणका क्षेत्रमा काम गरिरहेको विभिन्न सङ्घसंस्थाको सहयोगमा निकुञ्ज र वन्यजन्तु संरक्षण सम्बन्धित पुस्तक पनि उपलब्ध गराइएको थियो ।
चित्रकला प्रतियोगिता तथा स्नायप प्रश्न उत्तर कार्यक्रमका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय तथा संरक्षण साझेदार संस्थाहरु जेडएसएल नेपाल, हिमालयन नेचर, तराई भू–परिधि कार्यक्रम ९ताल० लगायतले सहकार्य गरेका थिए । कार्यक्रममा एक सय नौ जना विद्यार्थी सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: