सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चित कालिन कर्फ्यु जारी गरिएको छ । गणेश पूजाको मूर्ति विसर्जन गर्न लैजाने क्रममा मलङ्गवा नगरपालिका वडा नं. ३ मा दुई समुदायबिच झडप भई तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरेको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन नदिन कर्फ्यु लगाइएको जानकारी दिए । प्रजिअ यादवका अनुसार अर्को आदेश नहुन्ज्यालसम्म कर्फ्यु जारी रहने छ । कर्फ्युसँगै सदरमुकाम मलङ्गवाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । शुक्रवार बिहानैबाट बजार क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।
सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले बिहीबार साँझको झडपमा केही मानिस घाइते भएका बताए । अन्य घाइते प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने गम्भीर घाइते हुनुभएका मलङ्गवा नगरपालिका–७, बस्ने २३ वर्षीय रुपेश यादवको वीरगञ्जमा उपचार चलिरहेको छ ।
मलङ्गवास्थित शिव सागर चोक नजिकको पोखरीमा मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा भएको झडप नियन्त्रणका क्रममा नेपाल प्रहरीले पाँच शेल र सशस्त्र प्रहरीले तीन शेल अश्रुग्याँस प्रहार गरेको छ । दुई पक्षबिच ढुङ्गा मुढा हुन थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरी भीडलाई तितरबितर पारेको हो ।
झडपकै क्रममा एक घरमा गएको आगजनी मलङ्गवा नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको छ । सदरमुकाम मलङ्गवामा यसअघि श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा पनि विवाद भइ कर्फ्यु र निषेधाज्ञा जारी गर्नुपरेको थियो ।
सामान्य बन्दै गइरहेको अवस्थामा बिहीबार साँझबाट पुनः माहौल बिग्रिएपछि कर्फ्यु आदेश जारी गरिएको बताइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - ०९:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...
जेष्ठ २५ गते, २०८३ - ०९:२७
रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...
जेष्ठ २५ गते, २०८३ - ०९:२३
काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...
जेष्ठ २५ गते, २०८३ - ०९:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...
जेष्ठ २५ गते, २०८३ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...
जेष्ठ २४ गते, २०८३ - २१:४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...
जेष्ठ २४ गते, २०८३ - २१:४०
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...
जेष्ठ २४ गते, २०८३ - २१:३८
काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...
जेष्ठ २४ गते, २०८३ - २१:३०
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...
जेष्ठ २४ गते, २०८३ - २१:२८
काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...



प्रतिकृया लेख्नुहोस्: