रौतहट । रौतहटमा हरेक वर्ष रिहा भए झैँ यस वर्ष पनि दश कैदी बन्दी छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा बाँकी कैद मिनहा भएपछि उनीहरू छुटेका हुन् ।
संविधान दिवस २०८० को अवसरमा देशैभरीका कैदीहरूको कैद मिनहा हुने क्रममा रौतहट कारागारमा रहेका कैदी बन्दीहरूको कैद मिनहा गरिएको हो । रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी एवं कारागार कार्यालय गौर रौतहटका प्रमुख मनिभूषण साहले दिएको जानकारी अनुसार रिहा हुने ८ जनाले ५० प्रतिशत कैद भुक्तान गरेका छन् भने दुई जनाले ४० प्रतिशत कैद भुक्तान गरी छुटेका हुन् ।
प्रमुख साहका अनुसार जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ४ निवासी सवारी ज्यान मुद्दाका दिपेश प्रसाद साह , मौलापुर नगरपालिका ७ निवासी सवारी ज्यान मुद्दाका लालमोहर शर्मा, चन्द्रपुर नगरपालिका– ३ निवासीकर्तब्य ज्यान मुद्दाका राजनकुमार, चन्द्रपुर नगरपालिका–४ निवासी चोरी मुद्दाका दिपेश भन्ने खर्कबहादुर पीठाकोटे रहेका छन् ।
त्यस्तै चन्द्रपुर नगरपालिका– ६ निवासी बहुविवाह मुद्दाका जीतबहादुर भुलन, बहुविवाह मुद्दाकै कविता भन्ने पूर्णकुमारी फुयाँल, गाैर नगरपालिका– १ निवासी सवारी ज्यान मुद्दाका ओमप्रकार कुमार महतो भनिने सोनुकुमार महतो, गौर नगरपालिका– ९ निवासी डाँका मुद्दाका प्रेमशंकर यादव रहेका छन् ।
यसैगरी कुटपिट अंगभंग मुद्दाका सर्लाही, बलरा ३ निवासी प्रदीप मिश्र र कर्तब्य ज्यान मुद्दाका महोत्तरी गाउँपालिका–५ की सुमित्रा देवी रिहा भएको साहले जानकारी गराए ।
गौर कारागारमा अहिले कैदीबन्दीहरुमा पुरुष कैदीहरूको संख्या १८८ जना , पुरुष थुनुवाको संख्या १७० जना, महिला कैदीहरुको संख्या १४ जना, महिला थुनवाको संख्या ५ जना, आश्रित बालबालिका– २ जना, छुट संख्या २ जना गरी जम्मा ३७९ जना जेल सजाय काटिरहेको कारागार प्रमुख साहले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - ०९:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...
जेष्ठ २५ गते, २०८३ - ०९:२७
रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...
जेष्ठ २५ गते, २०८३ - ०९:२३
काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...
जेष्ठ २५ गते, २०८३ - ०९:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...
जेष्ठ २५ गते, २०८३ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...
जेष्ठ २४ गते, २०८३ - २१:४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...
जेष्ठ २४ गते, २०८३ - २१:४०
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...
जेष्ठ २४ गते, २०८३ - २१:३८
काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...
जेष्ठ २४ गते, २०८३ - २१:३०
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...
जेष्ठ २४ गते, २०८३ - २१:२८
काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...



प्रतिकृया लेख्नुहोस्: