रौतहट । रौतहटमा हरेक वर्ष रिहा भए झैँ यस वर्ष पनि दश कैदी बन्दी छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा बाँकी कैद मिनहा भएपछि उनीहरू छुटेका हुन् ।
संविधान दिवस २०८० को अवसरमा देशैभरीका कैदीहरूको कैद मिनहा हुने क्रममा रौतहट कारागारमा रहेका कैदी बन्दीहरूको कैद मिनहा गरिएको हो । रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी एवं कारागार कार्यालय गौर रौतहटका प्रमुख मनिभूषण साहले दिएको जानकारी अनुसार रिहा हुने ८ जनाले ५० प्रतिशत कैद भुक्तान गरेका छन् भने दुई जनाले ४० प्रतिशत कैद भुक्तान गरी छुटेका हुन् ।
प्रमुख साहका अनुसार जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ४ निवासी सवारी ज्यान मुद्दाका दिपेश प्रसाद साह , मौलापुर नगरपालिका ७ निवासी सवारी ज्यान मुद्दाका लालमोहर शर्मा, चन्द्रपुर नगरपालिका– ३ निवासीकर्तब्य ज्यान मुद्दाका राजनकुमार, चन्द्रपुर नगरपालिका–४ निवासी चोरी मुद्दाका दिपेश भन्ने खर्कबहादुर पीठाकोटे रहेका छन् ।
त्यस्तै चन्द्रपुर नगरपालिका– ६ निवासी बहुविवाह मुद्दाका जीतबहादुर भुलन, बहुविवाह मुद्दाकै कविता भन्ने पूर्णकुमारी फुयाँल, गाैर नगरपालिका– १ निवासी सवारी ज्यान मुद्दाका ओमप्रकार कुमार महतो भनिने सोनुकुमार महतो, गौर नगरपालिका– ९ निवासी डाँका मुद्दाका प्रेमशंकर यादव रहेका छन् ।
यसैगरी कुटपिट अंगभंग मुद्दाका सर्लाही, बलरा ३ निवासी प्रदीप मिश्र र कर्तब्य ज्यान मुद्दाका महोत्तरी गाउँपालिका–५ की सुमित्रा देवी रिहा भएको साहले जानकारी गराए ।
गौर कारागारमा अहिले कैदीबन्दीहरुमा पुरुष कैदीहरूको संख्या १८८ जना , पुरुष थुनुवाको संख्या १७० जना, महिला कैदीहरुको संख्या १४ जना, महिला थुनवाको संख्या ५ जना, आश्रित बालबालिका– २ जना, छुट संख्या २ जना गरी जम्मा ३७९ जना जेल सजाय काटिरहेको कारागार प्रमुख साहले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: