Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

माओवादी जनताको एजेन्डा बोक्ने पार्टीको रूपमा स्थापित हुँदैछः संयोजक कटुवाल

खबरडबली संवाददाता

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को अहिले देशव्यापी रूपमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान २०८०’ चलिरहेको छ । अभियानले जनता र माओवादी केन्द्रको सम्बन्ध सुमधुर र सुदृढ बनाउने लक्ष्य लिइएको छ ।  यही अभियानमा केन्द्रित रहेर माओवादी केन्द्र जिल्ला समन्वय समिति उदयपुरका जिल्ला ‘संयोजक’ विनोद कटुवाल ‘दिवस’ सँग खबरडबलीले गरेको संक्षिप्त कुराकानीकाे सम्पादित अंशः

नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान कसरी चली रहको छ ?

माओवादी केन्द्र पार्टीको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान २०८०’ को उद्घाटन जिल्लाको ७५ वटै वडामा उत्साहजनक रूपमा भएको छ । उद्घाटनपछिका कामहरू आ–आप्mनो सापेक्षतामा विभिन्न कामहरू भएका छन् । कतै जन भेटघाट, कतै पार्टी सदस्यता नवीकरण, कतै टोल कमिटी गठन लगायतका कामहरू निरन्तर रूपमा अगाडि बढिरहेको छ । सहिद परिवारसँग भेटघाट, पूर्व जनमुक्ति सेनका योद्धाहरू, घाइते अपाङ्ग योद्धाहरू र जनयुद्धकालिन सेल्टरहरूमा भेटघाटका कामहरू जारी छन् । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान २०८०’ ले पार्टीलाई एउटा रूपान्तरणको बाटोमा लगिरहेको छ ।

यो अभियानले माओवादी केन्द्रको रूप कस्तो बनाउँछ ?

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान २०८०’सम्पन्न भइसक्दा माओवादी केन्द्र पार्टी र जनताबिचको सम्बन्ध सुमधुर हुनेछ । जन आधारित क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियाले गति लिने छ । माओवादी केन्द्र पार्टी जनताको नजिकको साथीको रूपमा स्थापित हुनेछ । जनताको एजेन्डा बोक्ने पार्टीको रूपमा स्थापित हुनेछ । राष्ट्रको हितका निम्ति समर्पित पार्टीको रूपमा जनताले बुझ्नेछन् ।

उदयपुर जिल्लामा माओवादीलाई बलियो बनाउन के गर्नु पर्ला ?

उदयपुर जिल्लामा माओवादी केन्द्र पार्टी कमजोर छैन । आठ स्थानीय तहमध्ये तीन वटामा जितेको छ । पार्टीको यो महाअभियानले पार्टीलाई झनै बलियो बनाउने छ । बलियो बनाउन हामीलागि परेका छौँ । पार्टीलाई बलियो बनाउन जनसम्बन्धलाई सुदृढ बनाउनु पर्छ । जिल्लामा भएका विकास निर्माणहरूका कामको नेतृत्व लिनु पर्छ । पार्टीका उम्मेदवारहरू निर्वाचित भएका वडा, पालिका, सांसदहरूले जनसेवा र सुशासनका कामलाई प्राथमिकतामा राख्नु पर्छ । 

पहिचानको मुद्धालाई माओवादी केन्द्रले छाड्यो भन्ने आरोप किन लागिहेरेको छ ?

पहिचानको मुद्राको सवालमा एक नम्बर प्रदेशको सन्दर्भ हो । यसमा माओवादी केन्द्रको तर्फबाट कमजोरी भएको छ, भने जनमत पहिचान विरोधीलाई दिने र पहिचान पक्षधरलाई कमजोर बनाउने, अनि कमजोर जनमत रहेको पहिचान पक्षधर शक्तिसँग पहिचानको मुद्दा कार्यान्वयन गर भन्नु मिल्दो सवाल भएन । माओवादी केन्द्रले पहिचानको मुद्दा छाडेको छैन । अहिले पनि माओवादी केन्द्र पहिचानकै पक्षमा छ । 

सकारको सुशासनको मुद्रालाई कसरी नियाल्नु भएको छ ?

अहिलेको सरकारले सुशासनको कामलाई उच्च प्राथमिकतामा राखेको छ ।उच्च प्राथमिकताको साथ काम गरिरहेको छ । जनताले थाहा पाउने गरी सुशासनको क्षेत्रमा कामहरू गर्दै आएको छ । यसमा अब जनताले पनि साथ दिएका छन् । माओवादी केन्द्रले अझै सशक्त रूपमा सुशासनको मुद्रालाई जोड दिनुपर्छ ।

समाजवादी मोर्चाको भावी लक्ष्य के हो ?

समाजवादी मोर्चाले आफ्नो लक्ष्यमा समाजवादको नेपाली बाटो तय गर्ने, विभेदको अन्त्य गर्ने, त्यसकालागि जनदबाब सृजना गर्ने, पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने,राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि पारिएका सीमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउने जस्ता कुराहरू समावेश गरेको छ । त्यही नै हो समाजवादी मोर्चाको भावी लक्ष्य । 

अब आवश्यकता जनयुद्धबाट आएका माओवादी घटकको एकता जरुरी छ, कि छैन ?

पहिलो कुरा, देशका सामु देखा परेका चुनौतीहरूको सामना गर्न माओवादी घटकहरू एक हुन जरुरी छ । किनभने समावेशी, समानुपातिक सहभागितासहितको लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संवाहक भएको माओवादी शक्ति हो । यो व्यवस्थालाई भत्काउन प्रतिगामी शक्तिहरू एक भएर लागेका छन् । हामी यो व्यवस्थालाई सुदृढ गर्दै समाजवादी व्यवस्थाको आधार तय गर्नु छ । तसर्थ सम्पूर्ण माओवादी घटकहरूको एकता आजको आवश्यकता हो । दोस्रो माओवादी शक्तिसँगै सम्पूर्ण बाम शक्तिहरू पनि एक हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा योगदान गरेका सबै लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु आजको राष्ट्रिय आवश्यकता हो ।माओवादी घटकदेखि लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी छ ।

उदयपुरमा माओवादी केन्द्रले जितेका स्थानीय तह र वडामा माओवादीको दृष्टिकोणबाट काम भएको छ, कि छैन ?

उदयपुरमामाओवादी केन्द्रले आठ स्थानीय तहमध्ये तीन गाउँपालिका र केही वडाहरूमा जितेको छ । जितेका पालिकाहरूमा अन्य पालिकाको तुलनामा राम्रो काम भइरहेका छन् । माओवादी केन्द्रले जितेका पालिकाहरूमा विशेष गरेर जनताका जनजीविकासँग जोडिएका सवालमा काम भइरहेको छ । तपाईँ हामीले हेर्दा पनि प्रस्ट देखिने गरी काम भएका छन् । 

अन्त्यमा उदयपुरले जनतालाई माओवादी केन्द्रको तर्फबाट के सन्देश दिन चाहनु हुन्छ ?

माओवादी केन्द्र पार्टी जनताको पार्टी हो । जनताको पक्षमा सधैँ उभी रहन्छ । जनताका जनजीविकाका सवालमा सधैँ बोलिरहन्छ । जनताको पक्षमा उभिइरहन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending