Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

काेशीमा आलोपालो मुख्यमन्त्री बन्न समाजवादीलाई एमालेकाे प्रस्ताव

खबरडबली संवाददाता

सुनसरी ।  कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र राजेन्द्र राईबीच धरानमा भेटवार्ता भएको छ । आइतबार राती एमाले स्थायी कमिटी सदस्य र एकीकृत समाजवादीका सचिव बीच धरान उपमहानगरपालिका-१५ स्थित धरान किचन होटलमा भेट भएको हो । 

भेटमा शेरधनले राजेन्द्रलाई पुन: कोशी प्रदेशको मुख्यमन्त्री बन्न प्रस्ताव गरेका छन् । उनले कोशी प्रदेशको हिक्मत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिएर आलोपालोमा मुख्यमन्त्री बन्न राजेन्द्रलाई प्रस्ताव गरेका थिए । एमाले विभाजन दुई नेताको यो पहिलो भेट हो । 

सर्वोच्च अदालतले गठबन्धनका मुख्यमन्त्री उद्धव थापालाई हटाएर एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन आदेश दिएपछि शेरधनले विश्वासको मत लिनका लागि राजेन्द्रलाई भेटेको स्रोतको भनाई छ। 

दुई नेतालाई भेट गराउन नेकपा एसका नेता पिताम्बर तिम्सिनाको मुख्य भुमिका रहेको छ। शेरधनले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जाँदा अस्थिरता आउने भन्दै आलोपालोमा मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको राजेन्द्रले बताएका छन्। उनीहरुले भोजपुरको विकासका विषयमा पनि छलफल गरेको बताए।

राजेन्द्रले अहिले एमालेविरुद्ध गठबन्धनमा आबद्ध दलहरु एक भएकाले कार्की नेतृत्वको सरकारलाइ समर्थन जनाउन नसकिने जवाफ दिएका थिए। शेरधनले एउटै जिल्लाबासी भएका नाताले कोशी प्रदेश सरकार र भोजपुरको समग्र विकासका विषयमा छलफल भएको बताए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending