Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् ।

विसं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्घोष गरेको भए पनि गत आव २०७९/८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए .

उनका अनुसार फेला परेका नयाँ क्षयरोगीमध्ये एक सय १९ जनाको उपचार सफल भएको छ । आव २०७८/७९ मा एक सय १० जना क्षयरोगी फेला परेका थिए । क्षयरोगका नयाँनयाँ बिरामी फेला परे पनि पुराना बिरामीमा रोग निर्मुल गर्नका लागि चुनौती रहेको र नगरका स्वाथ्यकर्मीको एकल प्रयासले मात्रै सो सम्भव नरहेको नगर स्वास्थ्य शाखाले जनाएको छ .

शाखाले क्षयरोग निर्मुल गर्नका लागि जनप्रतिनिधि, सामुदायिक तथा निजी स्वास्थ्य संस्था, समाजसेवी, राजनीतिक दलका नेतालगायत मिडियाकर्मीको पनि साथ र सहयोग आवश्यक रहेको बागमती सेवा समाज नेपालका क्षयरोग कार्यक्रम संयोजक अजम्द अलि मिकरानीले बताए .

उनका अनुसार हरिवन नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका र क्षयरोग र क्षयरोगीको पहिचान तथा उपचार गर्नका लागि प्राविधिकरुपमा हरिवनमा रहेको बागमती सेवा समाज नेपालले विगत पाँच वर्षदेखि सहयोग पुर्‍याउँदै आएको छ ।

नगरको स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा भएको पालिकास्तरीय क्षयरोग तथा कुष्ठरोगको वार्षिक नतिजा विश्लेषण कार्यक्रममा सहभागीले नगरपालिकालाई क्षयरोग मुक्त पालिक बनाउन सामुदायिक स्वास्थ्यकर्मीले मात्रै सम्भव नरहेको बताएका छन् ।

मधेस प्रदेशका  हरिवन र निजगढ नगरपालिका तथा लक्ष्मीनियाँ गाउँपालिकालाई नेपाल सरकारले सन् २०३५ सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यअनुरुप पहिलो चरणमा क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको छ । जसअनुसार २०७८ सालबाट यस स्थानीय तहहरुमा क्षयरोग मुक्त अभियान घोषणा गरिएको छ ।

प्रत्येक एक लाख जनसङ्ख्यामा दुई सय ४५ जनामा क्षयरोग देखा पर्ने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य समस्याका कारण प्रचण्ड सर्वदलीय बैठकमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...

साइकलसँगै सडक किनारमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...

पूर्वगृहमन्त्री गुरुङलाई क्लिनचिट, सम्पत्ति विवादमा समितिको प्रतिवेदन सार्वजनिक

​काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...

रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...

आजको कृषिउपजको थोक मूल्य सार्वजनिक, गाजर र च्याउ महँगो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...

पाँचथरमा गुरुङ, तनहुँमा बाँस्तोला र बाँकेमा श्रेष्ठ निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...

अवैध लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...

ईश्वरी हत्याको अभियोगमा थप ३ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...

प्रतिनिधि विवादले रास्वपा उदयपुर अधिवेशन प्रभावित, निर्वाचन प्रक्रिया स्थगित

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...

संसदीय गतिरोधबीच रास्वपाको पहल, रविले बोलाए सर्वदलीय बैठक

​काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending