Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ : अर्थमन्त्री महत

खबरडबली संवाददाता

जनकपुरधाम । अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन् । काठमाडौँमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै अर्थमन्त्री डा। महतले तेस्रो मुलुकमा सामान आयात निर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर सोसम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको सङ्घका अध्यक्ष जीतेन्द्रकुमार महासेठले जानकारी दिए ।

जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल–भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारेमा अर्थमन्त्रीलाई जानकारी गराइएको र जवाफमा सम्बद्ध निकायसँग थप छलफल गरी आवश्यक काम गर्ने प्रतिबद्धता जाहेर भएको अर्थमन्त्रीलाई उद्धृत गर्दै महासेठले जानकारी दिए ।

“अर्थमन्त्रीज्यूसँग जलेश्वर भन्सार नाकाको स्तरोन्नति, मधेसका व्यापारी व्यवसायीका समस्या,प्रदेश राजधानी जनकपुरमा चलिरहेको रेलबाट लिन सकिने व्यापारिक लाभका विषयमा समेत कुराकानी भएको छ”, महासेठले भने, “यस विषयमा फेरि दुवै पक्ष छलफलमा जुट्ने समझदारी छ । आशा छ उहाँले निजी क्षेत्रका चिन्ता, चासो र मधसमा व्यापारिक गतिविधि बढाउन आवश्यक कार्य गर्न सहयोग गर्नुहुनेछ ।”

सङ्घका महासचिव मनोजकुमार सिंहले हाल तेस्रो मुलकबाट आउने मालसामान मधेसका लागि वीरगञ्जमार्फत आउने भए पनि यातायातको दूरी बढी भएका कारण ढुवानी लागत बढ्न गई मालसामानको मूल्यसमेत बढ्न गएकाले जलेश्वर उत्तम विकल्प भएका बारेमा जानकारी गराएको बताए ।

“हाल भारतस्थित पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँसम्म मालसामान लैजाँदा एक हजार एक सय १९ किमी दूरी पार गर्नुपर्नेमा जलेश्वरबाट आउँदा झण्डै दुई सय ५० किमी दूरी कम हुनेछ”, महासचिव साहले भने, “यसले यातायातको दूरी कम भई मूल्यमा पनि प्रभाव पर्ने विषयमा अर्थमन्त्रीज्यूलाई लिखतरुपमै जानकारी गराएका छौँ । आशा छ सकारात्मक निर्णय हुनेछ ।”

भारतस्थित पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट बरौनी, सम्सतीपुर साहरघाट हुँदै भिठामोड, जलेश्वर भन्सार कार्यालयबाट बर्दिबास, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँसम्मको दूरी आठ सय ८१ किमी हुँदा दुई सय ३८ किमी दूरी छोटिने सङ्घको भनाइ छ । 

सङ्घले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, “जलेश्वर भन्सार नाकाबाट रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, गाईघाट, उदयपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौँसम्म मालसामान पठाउँदा मूल्यमा अत्यधिक कमी आउनेसक्ने हुनाले महोत्तरीको जलेश्वर भन्सार कार्यालयलाई तेस्रो मुलुकबाट आउने मालसामान आयातनिर्यात गर्ने मुख्य नाकाका रुपमा स्थापित गरिदिन अनुरोध छ ।”

यसका साथै मधेस प्रदेशको राजधानी जनकपुरधाममा रेल्वसेवा सञ्चालन भइरहेकाले त्यसबाट अधिकतम लाभ लिनेगरी जनकपुर भन्सार कार्यालय तथा जटही भन्सार कार्यालयको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष महासेठले जानकारी दिए ।  यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा जलेश्वरमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने घोषणा गर्नुभएका विषयमा सङ्घको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा महतको ध्यानाकर्षण गराएको थियो । जलेश्वर भन्सार कार्यालय विसं २०१३ मा स्थापना भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...

सङ्घीय सरकारबाट ६ महानगरलाई ११ अर्ब ७१ करोड रुपैयाँ अनुदान, कसले कति पाए ?

काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...

बोर्डिङ पास अनियमितता प्रकरणमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी बोर्डिङ पास अनियमितता प्रकरणमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइत...

झुटा कागजातका आधारमा नागरिकता दिएको आरोपमा वीरगञ्जका मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात ज...

सातै प्रदेशलाई १ खर्ब ९ अर्बभन्दा बढी बजेट हस्तान्तरण, मधेशले पायो सबैभन्दा धेरै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अन...

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...

कांग्रेस नीति प्रतिष्ठानको बैठकमा आन्तरिक आचारसंहितामा छलफल हुने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...

एसियन गेम्स क्वालिफायरको उपाधि नेपालले जित्यो, हङकङ १९ रनले पराजित

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...

विश्वकपमा सहभागी हुन विदेश जाने तयारीमा रहेका एन्फा अध्यक्ष र महासचिवलाई राखेपले लगायो रोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...

नेप्से ओरालो, डेढ अर्बमै खुम्चियो कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending