Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

राष्ट्रिय लोकमार्गको दुरावस्था : यात्रु र स्थानीयलाई सास्ती

खबरडबली संवाददाता

बागलुङ । सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको अवस्था जोखिमयुक्त र हिलाम्मे हुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन् । 

यहाँका स्थानीय साढे दुई दशकदेखि यही सडक भएर आवतजावत गर्न बाध्य छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडक कालोपत्रका लागि आठ वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । २५ किलोमिटर सडक कालोपत्र गर्नका लागि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई खण्ड बनाएर ठेक्का लगाएको थियो ।

बागलुङ बजारदेखि काठेखोलाको ताराखसेसम्म १३ किलोमिटर भारत कन्स्ट्रक्सन सिद्धिसाई जेवीसँग विसं २०७३ माघमा सम्झौता गरेको थियो भने ताराखसेदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर कालोपत्रका लागि एमपिएससिएफ इसिसी जेभीसँग विसं २०७२ माघमा सम्झौता भएको थियो । 

बागलुङ–ताराखसे खण्ड विसं २०७६ माघसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेमा हालसम्म चार पटक म्याद थप गर्दा पनि ७२ प्रतिशत भौतिक प्रगति भएको लोकमार्ग कार्यालय पर्वतले जनाएको छ । यसको म्याद गत असार २० मा सकिएको थियो । त्यस्तै, ताराखसे–घोडाबाँधे खण्ड पाँच वर्षअगाडि नै सक्नुपर्नेमा पाँचौँ पटक म्याद थप गर्दा पनि ७४ प्रतिशत भौतिक प्रगति भएको कार्यालयका इन्जिनियर पवन सुवेदीले जानकारी दिए । उनका अनुसार यस खण्डको म्याद गत असार ५ गते सकिएको हो ।

बागलुङ–ताराखसे खण्ड निर्माणका लागि रु ४० करोडमा सम्झौता भएको थियो भने ताराखसे–घोडाबाँधे खण्डका लागि रु ३४ करोडमा सम्झौता भएको इन्जिनियर सुवेदीले जानकारी दिए । आयोजना कार्यालयले पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ । ठेक्का सम्झौता अन्त्य भए पनि अहिलेसम्म नयाँ ठेक्का प्रक्रिया अगाडि बढ् नसकेको बताउँदै नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

“माथिल्लो खण्डको काम निर्माण कम्पनीले ढिला सुस्ती गरेकाले कार्यालयले पत्रिकामा सूचना निकालेर सम्झौता रद्द गरेको छ । सम्झौता रद्द गरेपछि निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो । हामी गएर जवाफ दियौँ, अदालतले स्टेअडर दिएन,” इन्जिनियर सुवेदीले भने, “अब कामको मूल्याङ्कन गरेर नयाँ ठेक्का सम्झौता गर्नुपर्ने हुन्छ, त्यसका लागि लाग्ने सबै लागत पुरानै निर्माण कम्पनीले असुल गर्नुपर्ने हुन्छ । अहिले मूल्याङ्कन गर्ने र कम्पनीलाई लाग्ने लागत असुली गर्ने प्रक्रिया सुरु भएको छ ।”

लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि काठेखोला स्थानीयवासीले सडक नै अवरुद्ध गरेका थिए । इन्जिनियर सुवेदीले सडक अवरुद्ध गरेपछि लोकमार्ग कार्यालयले ठेक्का रद्द गर्ने स्थितिमा पुगेको भन्दै यस खण्डअन्तर्गत छ किलोमिटर सडक कालोपत्र भइसकेको जानकारी दिए । थप दुई किलोमिटर कालोपत्रका लागि तयारी अवस्थामा रहेको जनाउँदै चार किलोमिटर ग्राभेलको काम र दुई किलोमिटर नाली निर्माण गर्न बाँकी रहेको उनले बताए ।

इन्जिनियर सुवेदीका अनुसार तल्लो बागलुङ–ताराखसे खण्डको हालसम्म सात किलोमिटर कालोपत्र भएको छ । एक किलोमिटरमा कालोपत्र गर्न तयारी अवस्थामा रहेको, पाँच किलोमिटर सडक फराकिलो गरी ग्राभेल र कालोपत्र गर्न बाँकी रहेको उनले बताए ।

यस खण्डको ठेक्का सम्झौता अन्त्यका लागि तयारी गरे पनि सरकारले सार्वजनिक खरिद निवामावलीको १२औँ संशोधन नियम १२० ९क० बमोजिम म्याद थप भएका ठेक्काको सम्बन्धमा विभिन्न कारणले निर्माण कार्य समयमै सम्पन्न हुन नसकेकामा सम्बन्धित कार्यालय प्रमुखले एक पटकसम्मलाई म्याद थप सक्ने भनेअनुसार पत्र आएको हुँदा रोकिएको इन्जिनियर सुवेदीले बताए । स्थानीय र पालिकाले यस खण्डको काम निर्माण कम्पनीलाई अन्तिम पटक दिइने सहमति भएको उनको भनाइ थियो ।

स्थानीय र यात्रुले भने दुई खण्डका निर्माण कम्पनीलाई कारबाही गरी नयाँ सम्झौता गर्नुपर्ने माग गर्दै आएका छन् । बर्खाका कारण सडकको अवस्था बिजोग रहेको भन्दै यात्रा गर्न निकै गाह्रो भएको यात्रु दिलबहादुर क्षेत्रीले बताए । कच्ची सडकबाट भल बगेर कालोपत्र सडकसमेत क्षतविक्षत भएको भन्दै आधा घण्टा लाग्ने दूरीमा अहिले दुई घण्टा लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । सडकमा नाली नहुँदा वर्षाको भल सडकको बीच भागबाट बग्दा ठूला–ठूला खाल्डो परेको क्षेत्रीले बताए ।

“घोडाबाँधेदेखि बागलुङ बजारको दूरी जम्मा २५ किलोमिटर हो, यो दूरीमा समय लाग्ने भनेको आधा घण्टा हो तर सडकको अवस्था खराब हुँदा दुई घण्टा लाग्छ, सडक खोला जस्तो भनेको छ, ठूलो पानी पर्दा भल भग्छ, भलले गाडी नै बगाउला जस्तो गर्छ”, उनले भने, “यस्तो सडकमा ज्यान धरापमा राखेर यात्रा गर्नुपर्छ, यो अहिलेको मात्रै समस्या होइन, २०औँ वर्षभन्दा बढी भयो, धेरै पटक यस क्षेत्रबाट सांसद भने मन्त्री बने तर यति बाटो बनाउन सकेनन् ।”

स्थानीय पवन कँडेलले बर्खाको समयमा हिलो र हिउँदमा धुलो घरभित्रै आउने हुँदा सडक नजिकका धेरै स्थानीयले बसाइँसराइ गर्न बाध्य भएको सुनाए । यति बेला लोकमार्ग आसपासका घर र बारीमा भएका फलफूल सबै सडकबाट उछिट्टिएका हिलोले पुरिएको उनले बताए । दैनिक सयौँ गाडी गुड्ने हुँदा सडकमा हिलोको थुप्रे बढेको भन्दै स्थानीय पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोदारीको इकोमा सडक भासिँदा तातोपानी नाका पुन: ठप्प

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...

आर्थिक अभावका कारण पढाइ नरोकिने, १०३ जना विद्यार्थीको उच्च प्राविधिक शिक्षा नि:शुल्क

घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending