Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

खबरडबली संवाददाता

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ ।

सशस्त्र प्रहरीका अनुसार डुडुवा गाउँपालिका–५ का गोविन्द सिजापतिकी ११ वर्षीया छोरी खुशी सिजापति र सोही स्थानका विकास रावतका ९ वर्षीय छोरा सुलभ रावत शनिबार साँझ करिब ५ बजे राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

प्रारम्भिक जानकारी अनुसार पौडी खेल्ने क्रममा सुलभ डुब्न थालेपछी उनलाई बचाउन गएकी खुशी पनि नदीले बगाएको बुझिएको छ ।दुवै बालबालिका शनिबार साँझ करिब साढे ४ बजे घरबाट निस्किएका थिए ।

उनीहरू डुबेको घटनाबारे एक भैँसी गोठालाले राति करिब ८ बजे परिवारलाई जानकारी दिएका थिए । त्यसपछि पीडित परिवार र स्थानीयले राति १० बजे मात्र सशस्त्र प्रहरीको अस्थायी मनसुन सुरक्षा बेस कुण्डा फत्तेपुरलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी नायब निरीक्षक चित्रबहादुर पुनको कमान्डमा ११ सदस्यीय विपद् व्यवस्थापन टोली मोटर बोटसहित घटनास्थल पुगेको थियो ।

सशस्त्र प्रहरीको टोलीले शनिबार रातिदेखि आइतबार बिहान १ बजेसम्म स्थानीय, पीडित परिवार र नेपाल प्रहरीसँग समन्वय गरी राप्ती नदीमा व्यापक खोजी गरेको भए पनि दुवै बालबालिका फेला परेका थिएनन् ।

आइतबार बिहान पुन: नायब निरीक्षक पुनको कमाण्डकै सोही टोली बिहान ५ बजेदेखि मोटर बोटसहित खोजीमा खटिएको थियो । खोजीका क्रममा ९ वर्षीय सुलभ रावतको शव पौडी खेल्दा डुबेको स्थानबाट करिब ५ सय मिटर तल तथा सिधनियाघाटस्थित राप्ती नदी पुलबाट करिब १ किलोमिटर उत्तरतर्फ आज बिहान ७ स् ५० बजे फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले सुलभको शव आवश्यक कानूनी प्रक्रिया तथा पोस्टमार्टमका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ । सशस्त्र प्रहरीका अनुसार ११ वर्षीया खुशी सिजापतिको खोजी भने अझै जारी रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending