Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

खबरडबली संवाददाता

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।

स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ ।

यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् ।  विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई  खेतीमा प्रोत्साहन गरेको छ । पौवादुङमाका किसानले उत्पादन भएको खुर्सानी तिवारी भञ्याङ बजार तथा अन्य जिल्लामा निर्यात गर्दै आएका छन् ।

यही क्षेत्र भएर मध्यपहाडी लोकमार्गअन्तर्गत सवारीसाधनको आवतजावत हुने भएकाले उत्पादन भएको खुर्सानी बिक्री वितरण गर्न सहज भएको पौवादुङमा–२ तिवारीभञ्याङका किसान टीकाराम तिवारीले बताए । गाउँमा उत्पादन भएको खुर्सानी सङ्कलन गरेर दैनिकजसो बाहिरी जिल्लाका बजारमा पठाउँदै आएको तिवारीले जानकारी दिए ।

“पौवादुङमा क्षेत्रमा धेरै किसानले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गर्दै आएका छन्”, तिवारीले भने, “सडकको सहजताका कारण यहाँ उत्पादन भएको खुर्सानी बढी मात्रामा बाह्य जिल्ला जाने गरेको छ । खुर्सानी बिक्रीबाट राम्रै आम्दानी हुन्छ ।”

खुर्सानी बिक्रीबाट वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी लिने गरेको किसान तिवारीले बताए । यहाँका एक किसानले सरदरमा वार्षिकरूपमा रु ५० हजारदेखि रु पाँच लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । तिवारीभञ्याङ क्षेत्रमा एक सय बढी घरले व्यावसायिकरूपमा खेती गर्दै आएको किसान तिवारीले जानकारी दिए। खुर्सानी खेतीका लागि गाउँपालिकाले आवश्यक सहयोग गरेकाले थप सहज भएको उनको भनाइ छ । “हाम्रो गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती गर्ने  किसानको सङ्ख्या धेरै नै छ”, उनले भने, “विगतमा कमै मात्रामा किसानले खेती गर्दै आएका थिए । गाउँपालिकाले खुर्सानी खेतीका लागि आवश्यक सहयोग गरेपछि प्राय: सबै किसानले खेती गरेका छन् । गाउँपालिकाको सहयोगले यसको व्यावसायिक खेतीमा लाग्न  हामीलाई टेवा पुगेको छ ।”

खुर्सानी खेती गाउँपालिकाको राम्रो आम्दानीको स्रोत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ । गाउँपालिकाले भूगोलअनुसारको बालीमा जोड दिएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

“अकबरे खुर्सानी खेती किसानको राम्रो आम्दानीको स्रोत बनेको छ”, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, “गाउँपालिकाले खुर्सानी खेतीमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि खेतीमा लाग्ने किसानको सङ्ख्या बढेको अवस्था छ । गत वर्ष मात्र हाम्रो गाउँपालिकामा खुर्सानी विक्रीबाट रु छ करोड बढी भित्रिएको अवस्था छ ।”

कृषिबाट स्थानीयको आयस्तरमा सुधार ल्याउँदै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । छवटा वडा रहेको गाउँपालिकाको भूगोललाई यसको विशेषताका आधारमा छुट्याएर माटो र हावापानी सुहाउँदो खेती लगाउनको लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए।

“कृषिमा हामीले दूरगामी योजनाका साथ लगानी गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “खास गरेर हामीले यहाँ माटो सुहाउँदो बालीमा जोड दिएका छौँ । गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर थालेको लगानीको स्थानीयले प्रतिफल लिन थालेका छन् । अहिले गाउँपालिकामा वार्षिकरूपमा छ करोड बढीको खुर्सानी उत्पादन हुने अवस्था छ ।”

गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे–४, बास्तिम–५, सानोदुम्मा–६, ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडो खेतीको पकेट क्षेत्र निर्धारण गरिएको जनाएको छ । त्यस्तै  वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालयमुनिको भूगोललाई आलु, बन्दाकोबी र काउली खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किबीखेतीको पकेट क्षेत्र निर्धारण गरिएको उनले जानकारी दिइन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानन्यायाधीशमा सिफारिस मनोज शर्माको सुनुवाइ आज दिउँसो साढे १ बजे

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको संसदीय सुनुवाइ आज दिउँसो साढे १ बजे हुने भएको छ। संसदीय सुनुवाइ समितिका सचिव...

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले मंगलबार अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवाल...

लागुऔषध सेवन गरी सवारी चलाउने १४ जना पक्राउ

नेपालगन्ज। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा बाँकेमा सञ्चालन गरिएको विशेष सवारी चेकजाँच अभियानका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने १४ जनालाई प...

नक्कली पत्र देखाएर कोरला नाकाबाट तस्करी

मुस्ताङ। गत जेठ १ गते शुक्रबार राति अन्दाजी ११ बजे नेपाल–चीन जोड्ने लिजी–नेचुङ (कोरला) नाका हुँदै नक्कली प्रज्ञापनपत्र देखाएर लुकाइछिपाइ लैजान खोजिएको...

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध १६ उजुरी, योग्यता र निष्पक्षतामाथि प्रश्न

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज कुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्। उजुरीकर्ताहरूले उनको योग्यता, नियुक्त...

रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम

भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया न...

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्सं...

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने रास्वपाको अडान

काठमाडौं । सत्ता पक्षका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आजै सम्पन्न गर्नुपर्ने अडान राखेका छन्। आज बिहान बसेको संसदीय सुनुवा...

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हतारोमा गर्न नहुने भन्दै विपक्षी दलको माग

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न समय दिनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले संसदीय सुनुवाइ...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन सार्न नेकपाको माग

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending