Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक

खबरडबली संवाददाता

बेनी । प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुन: स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् ।

पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसालाई पुन:निरन्तरता दिएका हुन् । लामो समयसम्म प्रकाश माविको प्रधानाध्यापक भएर जिम्मेवारी पूरा गरेका सुवेदीले अस्थायीसहित ४३ वर्ष छ महिना १८ दिन शिक्षण गरेका थिए । विसं २०७८ फागुन १८ गते अनिवार्य अवकाश लिएर सेवानिवृत्त दैनिकीमा समय बिताउँदै आएका सुवेदी यही भदौ पहिलो सातादेखि उज्यालो वैकल्पिक विद्यालयमा जोडिएका हुन् ।

आमाहरुले अध्ययन गर्दै आएको विद्यालयमा शिक्षकको अभाव भएको र विद्यालय व्यवस्थापन समितिबाट भएको आग्रहबमोजिम आफू स्वयंसेवक भूमिकामा पुन:शिक्षणमा फर्किएको उनले बताए । “अधिकांश विद्यार्थी आमाहरु नै हुनुहुन्छ, उहाँहरुमा पढ्ने तीव्र इच्छाशक्ति छ, मेरो अनुभव र क्षमताले भ्याएसम्म उहाँहरुको सिकाइ उपलब्धि बढाउनतर्फ मेरो प्रयास रहन्छ”, सुवेदीले भने ।

सानो उमेरमा अध्ययन गर्न नपाएका, बीचैमा विद्यालय छाडेका महिला र आमाहरुलाई लक्षित गरेर बेनी सामुदायिक विद्यालय मातृ विद्यालय रहनेगरी विसं २०७१ देखि बेनीमा उज्यालो वैकल्पिक विद्यालय सञ्चालनमा आएको थियो । अहिले सामाजिक विकास कार्यालय सञ्चालनमा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयको भुँइतलामा कक्षाकोठा व्यवस्थापन गरेर कक्षा १ देखि १० सम्म पठनपाठन सञ्चालन गर्दै आइएको छ । 

विद्यालयमा अहिले ३३ विद्यार्थी अध्ययनरत छन् । विविध कारणले बीचैमा पढाइ छाडेका महिला र आमाहरु नै विद्यालयका विद्यार्थी हुन् । जीवनको कुनै चरणमा शिक्षाको ठक्कर लागेर अध्ययन गर्न आएका आमाहरु विद्यार्थी भएकाले पनि पठनपाठन गराउन सहज भएको शिक्षक सुवेदीको भनाइ छ ।

“विद्यालयमा सबैभन्दा गाह्रो काम भनेको विद्यार्थीलाई प्रेरणा दिनु हो, उहाँहरु आफैँ पढ्नपर्छ भनेर विद्यालय आउनुभएको छ, पढ्ने उत्कृष्ट चाहना हुनु नै आधा सिकाइ हुनु हो, हामीले उहाँहरुको क्षमताको पहिचान गरेर सिकाइ उपलब्धि बढाउने गरी शिक्षण गर्ने जमर्को गर्छौं”, उनले भने । शिक्षाको अवसरबाट बञ्चित भएका आमाहरुलाई साक्षर गराउने कार्यमा सहभागी हुन पाउनु आफ्ना लागि पनि योगदान गर्ने अवसर रहेको सुवेदीको भनाइ छ ।

शिक्षक सुवेदीसहित विद्यालयमा नवनियुक्त तीन शिक्षकलाई शुक्रबार विद्यालयमा स्वागत गरिएको छ । सेवानिवृत्त जीवन आमाहरुलाई साक्षर बनाउने कार्यमा खर्चिनु आफैँमा स्वागतयोग्य र प्रशंसनीय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्यले बताए । लामो समयसम्म एउटा विद्यालयको प्रधानाध्यापक भएर विद्यालयलाई उत्कृष्ट बनाउन सफल शिक्षक सुवेदीको आगमनले उज्यालो वैकल्पिक विद्यालयको समग्र शैक्षिक विकास र गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष शाक्यले बताए । यस विद्यालयमा अहिले ६ जना शिक्षक कार्यरत रहेका छन् ।

विद्यालयमा अध्ययन गरेर दुई वर्षदेखि आमाहरुले एसइई परीक्षासमेत उत्तीर्ण गर्दै आएका छन् । यस वर्षको एसइईमा नौ आमाहरु एसइईमा उत्तीण हुन सफल भएको विद्यालयका शिक्षक साहारा थापाले जानकारी दिए । उनका अनुसार विद्यालयमा ६० वर्षसम्मका आमाहरु अध्ययनरत रहेका छन् ।

विद्यालय सञ्चालनमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय एकाइ र बेनी नगरपालिकाले सहयोग गरेका थिए । सहयोगको निरन्तरता नभएको र स्रोतको सुनिश्चिता नहुँदा सहयोग जुटाएर विद्यालयमा कार्यरत शिक्षकको तलब सुविधा उपलब्ध गराउनुपर्ने बाध्यता आएको विद्यालय व्यवस्थापन समितिका सहसचिव सन्दीप खत्रीले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोदारीको इकोमा सडक भासिँदा तातोपानी नाका पुन: ठप्प

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...

आर्थिक अभावका कारण पढाइ नरोकिने, १०३ जना विद्यार्थीको उच्च प्राविधिक शिक्षा नि:शुल्क

घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending