काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले पालिका केन्द्र याल्वाङ बजार अनुगमन गरी म्याद सकिएका सामाग्री नष्ट गरेको छ।
नागरिकले म्याद सकिएका दुषित तथा सडेगलेको अखाद्य पर्दाथ उपयोग गर्न नपरोस् भन्ने कारणले गाउँपालिकाले याल्वाङ बजार अनुगमन गरेको हो। याल्वाङ बजार अनुगमन गरिएको सोही पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहीले बताए।
अनुगमन क्रममा म्याद गुज्रेका सामान जुस, विस्कुट, खाने तेल, चाउचाउ, सुर्ती ,चिउरालगायतका दैनिक उपभोग्य वस्तु नष्ट गरिएको हो। सिमानाका खुलेसँगै विभिन्न सामाग्री भित्रनुका साथै सदरमुकामबाट ढुवानी भएका सामाग्री पनि म्याद सकिएको हुने भएकाले अनुगमन गरिएको हो।
अनुगमनका क्रममा बीस हजार मूल्य बराबरको म्याद गुज्रीएका सामाग्री नष्ट गरिएको हो। अनुगमनमा निमित्त अधिकृत शाही, स्वास्थ्य प्रमुख ग्याछो लामा, रेशम फडेरा योजना प्रमुख, प्रतिप रावत कृषि शाखा प्रमुख, लगायत याल्वाङ बजार प्रहरी चौकी सहितको टोली थिए । नाम्खा गाउँपालिकाको याल्वाङ बजारमा रहेका पसल तथा खाद्य वितरण पसलहरुमा दैनिक उपभोग्य वस्तुहरूको बजार अनुगमन गरी म्याद गुज्रिएको सामान तथा वस्तुहरु नष्ट गरिएको हो।
बजार अनुगमनमा याल्वाङमा रहेका पसल तथा होटेल व्यवसायीलाई मापदण्ड पालना गर्ने, म्याद गुज्रिएका सामाग्री विक्री नगर्न सचेत समेत गराइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: