Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

खबरडबली संवाददाता

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर

बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा चार दशकदेखि फैलिएको अतिक्रमण अन्ततः हटाइएको छ । वन कार्यालय, प्रहरी प्रशासन र सडक डिभिजनको संयुक्त टोलीले शुक्रबार दिनभर सञ्चालन गरेको अभियानमा ३५ घरटहरा खाली गराइएको हो ।

तर अतिक्रमण हटाइएपछि गरिएको प्रारम्भिक अध्ययनमा अधिकांशले आफूलाई सुकुमबासी बताउँदै आए पनि वास्तविक रूपमा अन्यत्र घरजग्गा नभएका परिवार भने दुईवटा मात्रै भेटिएका छन् ।

डिभिजन वन कार्यालय बाराका वन अधिकृत ललन राउतका अनुसार हटाइएका अधिकांश परिवारको हेटौँडा, पथलैया लगायत स्थानमा घरजग्गा रहेको खुलेको छ । “सबैको सामान हेटौँडातिर गइरहेको छ, अहिलेसम्म वास्तविक सुकुमबासी कोही देखिएका छैनन्,” उनले भने ।

महेन्द्र राजमार्गको दायाँबायाँ २५–२५ मिटर सडक क्षेत्रसँगै वनदेवी सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र अतिक्रमण गरेर बनाइएका घर तथा होटल हटाइएको हो ।

यो क्षेत्रमा २०३५ सालदेखि नै होटल व्यवसाय सञ्चालन हुँदै आएको बताइएको छ । अधिकांश होटल सञ्चालक हेटौँडाका स्थायी बासिन्दा रहेको वन कार्यालयले जनाएको छ ।

डिभिजन वन अधिकृत सुजितकुमार झाका अनुसार वास्तविक भूमिहीन भए स्थानीय तहमार्फत सहयोगको पहल गर्न सकिने भए पनि वन ऐनले अतिक्रमणलाई वैधानिकता नदिने स्पष्ट पारे ।

“वन ऐन २०७६ ले को सुकुमबासी हो भनेर छुट्याउँदैन, अतिक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्छ भन्छ,” उनले भने ।

अतिक्रमण हटाउनुअघि नै वन कार्यालयले दुई साताअघि सूचना जारी गर्दै अन्यत्र बसोबास नभएकाहरूलाई स्थानीय तहमा जानकारी दिन आग्रह गरेको थियो । त्यसपछि पनि अधिकांशले अटेरी गरेपछि शुक्रबार बल प्रयोग गरेर संरचना हटाइएको हो ।

स्थानीयले भने सामान सार्न कम्तीमा १५ दिन समय माग गरेका थिए । तर सडक डिभिजन कार्यालय र वन कार्यालयले वैशाखको पहिलो सातामै तीनदिने सूचना जारी गरिसकेको भन्दै थप समय नदिइएको हो ।

बारा–मकवानपुर सीमावर्ती क्षेत्रमा पर्ने यो स्थानमा शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको अभियान साँझ ६ बजेसम्म चलेको थियो ।

जितपुरसिमरा उपमहानगरपालिका–२२ का वडाध्यक्ष शेखरकाजी रुम्बाका अनुसार केही परिवारले भने अहिले पनि आफूहरू भूमिहीन भएको दाबी गर्दै बसोबासका लागि जग्गा माग गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending