भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछोरीको जिम्मेवारीमा अल्झिएकी राईले अधुरो बनेको पढाइलाई फेरि समात्दै यस वर्षको एसईई परीक्षा उत्तीर्ण गरेकी छन् ।
मध्यपुरथिमि–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा कक्षा ८ बाट पढाइ सुरु गरेकी राई अहिले एसईई पास भएपछि थप अध्ययन गर्ने तयारीमा छिन् ।
अहिले उनी अस्ट्रेलियामा छोराको परिवारसँग रहेकी छन् । त्यहीँ बस्दा आफू एसईई उत्तीर्ण भएको खबर पाउँदा निकै भावुक बनेको उनले बताएकी छन् । “हरेस नखाई निरन्तर प्रयास गरे सफलता पाइन्छ,” उनको भनाइ छ ।
विद्यालयकी निमित्त प्रधानाध्यापक बिना देउजाका अनुसार यस वर्ष राईसहित आठ जना आमा र हजुरआमाले एसईई उत्तीर्ण गरेका छन् । उनीहरूमध्ये ५९ वर्षीया राधिकादेवी आचार्यदेखि २२ वर्षीया रस्मी ऐरीसम्म छन् ।
विद्यालयका अनुसार धेरै महिलाले बालविवाह, गरिबी, घरेलु जिम्मेवारी र सामाजिक कारणले पढाइ बीचमै छाड्नुपरेको थियो । अहिले त्यही अधुरो सपना पूरा गर्न उनीहरू फेरि विद्यालय फर्किएका हुन् ।
४२ वर्षीया ललिता आले मगरको कथा पनि प्रेरणादायी छ । आर्थिक अवस्था कमजोर हुँदा बाल्यकालमै पढाइ छाडेर गोठालो जानुपरेकी उनी अहिले एसईई उत्तीर्ण भएकी छन् ।
चौध वर्षमै विवाह गरेकी ललिताले पछि ड्राइभिङ सिकिन्, डेलिभरी भ्यान चलाइन्, विदेशमा समेत काम गरिन् । अहिले भने उनले फेरि पढाइलाई प्राथमिकता दिएकी छन् । “अब कक्षा ११ पढ्छु,” उनले उत्साहका साथ भनिन् ।
धादिङकी २८ वर्षीया निर्मला चेपाङ आफ्नो परिवारमै एसईई पास गर्ने पहिलो महिला बनेकी छन् । अर्काको घरमा काम गर्दै उनले छ वर्ष लगाएर पढाइ पूरा गरेकी हुन् ।
२०६५ सालमा स्थापना भएको आस्था महिला विद्यालयले विद्यालय जान नपाएका महिलालाई औपचारिक शिक्षा दिँदै आएको छ । विद्यालयका अनुसार १७ वर्षदेखि ७२ वर्ष उमेरसम्मका महिलाले यहाँबाट एसएलसी र एसईई उत्तीर्ण गरिसकेका छन् ।
विद्यालयले हालसम्म १६० भन्दा बढी आमा र हजुरआमालाई एसएलसी तथा एसईई उत्तीर्ण गराइसकेको जनाएको छ । त्यसमध्ये केहीले स्नातकसम्मको अध्ययन पूरा गरेर विभिन्न क्षेत्रमा स्थापितसमेत भइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - ०७:३१
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...
जेष्ठ २ गते, २०८३ - ०७:२५
काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...
जेष्ठ २ गते, २०८३ - ०७:१८
काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...
जेष्ठ २ गते, २०८३ - ०७:०४
बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...
जेष्ठ २ गते, २०८३ - ०७:०१
सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...
जेष्ठ २ गते, २०८३ - ०६:५८
भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...
जेष्ठ २ गते, २०८३ - ०६:५३
काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...
जेष्ठ २ गते, २०८३ - ०६:४९
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...
जेष्ठ २ गते, २०८३ - ०६:४६
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...
जेष्ठ २ गते, २०८३ - ०६:४२
काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...



प्रतिकृया लेख्नुहोस्: