Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

खबरडबली संवाददाता

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फेरि दोहोरिएको छ ।

सरकारले गुप्तचर विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत फर्काएको छ । वैशाख ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली संशोधन गर्दै केही महिनाअघि गृह मन्त्रालयअन्तर्गत लगिएको विभागलाई पुनः प्रधानमन्त्री कार्यालयकै नियन्त्रणमा ल्याउने निर्णय गरेको हो ।

नेपालको प्रमुख इन्टेलिजेन्स निकाय मानिने यो विभाग स्थापनाकालदेखि नै राजनीतिक शक्ति केन्द्रको रस्साकस्सीमा पर्दै आएको छ । सरकार फेरिएसँगै विभाग कहिले सिंहदरबारको गृह मन्त्रालयतिर धकेलिन्छ, कहिले सीधै बालुवाटार तानिन्छ ।

२००८ सालमा स्थापना भएको यो निकाय सुरुमा ‘सेन्ट्रल इन्टेलिजेन्स ब्युरो’का रूपमा बनाइएको थियो । तर कानुनी संरचना भने धेरैपछि २०४२ सालमा बनेको ‘विशेष सेवा ऐन’मार्फत तय भयो । त्यतिबेला विभाग गृह मन्त्रालयअन्तर्गत राखिएको थियो ।

पछि २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यविभाजन नियमावली परिवर्तन गरेर विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगे । त्यसपछि फेरि असोजमा गृह मन्त्रालयमा तानियो । अहिले फेरि प्रधानमन्त्री कार्यालयमै फर्काइएको छ ।

यही निरन्तरको ‘ओत परिवर्तन’ले विभागको कार्यक्षमता कमजोर बनाएको सुरक्षा विश्लेषकहरू बताउँछन् । राजनीतिक नेतृत्वको इच्छा अनुसार निकाय हल्लिँदा दीर्घकालीन रणनीति नै प्रभावित हुने उनीहरूको तर्क छ ।

पछिल्लो समय जेन–जी आन्दोलनका बेला समयमै सूचना संकलन र विश्लेषण गर्न नसकेको भन्दै विभागको आलोचना भएको थियो । तर विभागभित्रका अधिकारीहरू भने आफूहरूले पठाएका संवेदनशील प्रतिवेदन र चेतावनी राजनीतिक नेतृत्वले बेवास्ता गर्ने गरेको गुनासो गर्छन् ।

विभागका एक उच्च अधिकारीका अनुसार अहिलेको सबैभन्दा ठूलो समस्या संरचनात्मक अस्थिरता हो । “देशको सुरक्षा हेर्ने निकायलाई नेताको मुडअनुसार यताउता सारिरहने हो भने दीर्घकालीन काम कसरी हुन्छ ?” उनले प्रश्न गरे ।

उनका अनुसार विभागलाई अब आधुनिक प्रविधिमैत्री बनाउँदै डिजिटलाइजेसन, स्रोत–साधन विस्तार, दक्ष जनशक्ति र कानुनी स्थायित्व दिन आवश्यक छ ।

अन्तर्राष्ट्रिय अभ्यास पनि यस्तै रहेको उनीहरूको तर्क छ । भारतको ‘रअ’ प्रधानमन्त्री मातहत छ भने अमेरिकाको ‘सीआईए’ राष्ट्रपतिको नियन्त्रणमा सञ्चालन हुन्छ । त्यसैले नेपालमा पनि कार्यकारी प्रमुख प्रधानमन्त्री मातहत राख्नु स्वाभाविक भएको अधिकारीहरूको भनाइ छ ।

तर सुरक्षा निकायभित्र अर्को मत पनि छ । गृह मन्त्रालयअन्तर्गत रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वय कमजोर हुने भएकाले गुप्तचर विभाग प्रधानमन्त्री कार्यालयमा हुँदा व्यावहारिक कठिनाइ आउने केही सुरक्षा अधिकारीहरूको तर्क छ ।

विशेषगरी आन्दोलन, दंगा वा आकस्मिक सुरक्षा संकटका बेला तीनवटै सुरक्षा संयन्त्रबीच समन्वय अभाव देखिने गरेको उनीहरू बताउँछन् ।

यद्यपि विभागका अधिकारीहरू भने गृह मन्त्रालयको दायरा दैनिक शान्ति सुरक्षासम्म सीमित हुने र राष्ट्रिय तथा भूराजनीतिक रणनीतिक सूचनाको अन्तिम गन्तव्य प्रधानमन्त्री कार्यालय नै हुने भएकाले विभाग त्यहीँ रहनुपर्ने पक्षमा छन् ।

नेपालमा गुप्तचर विभाग अहिले पनि कानुनभन्दा बढी राजनीतिक शक्तिको ‘विश्वास’मा चलिरहेको निकायजस्तै देखिन्छ । त्यसैले प्रश्न उही छ — देशको इन्टेलिजेन्स संयन्त्र कहिले स्थायी नीतिअन्तर्गत चल्ने ?प्रधानमन्त्री र गृहमन्त्रीको ‘तानातान’मा गुप्तचर विभाग, फेरि फर्कियो बालुवाटारको छायाँमा

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फेरि दोहोरिएको छ ।

सरकारले गुप्तचर विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत फर्काएको छ । वैशाख ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली संशोधन गर्दै केही महिनाअघि गृह मन्त्रालयअन्तर्गत लगिएको विभागलाई पुनः प्रधानमन्त्री कार्यालयकै नियन्त्रणमा ल्याउने निर्णय गरेको हो ।

नेपालको प्रमुख इन्टेलिजेन्स निकाय मानिने यो विभाग स्थापनाकालदेखि नै राजनीतिक शक्ति केन्द्रको रस्साकस्सीमा पर्दै आएको छ । सरकार फेरिएसँगै विभाग कहिले सिंहदरबारको गृह मन्त्रालयतिर धकेलिन्छ, कहिले सीधै बालुवाटार तानिन्छ ।

२००८ सालमा स्थापना भएको यो निकाय सुरुमा ‘सेन्ट्रल इन्टेलिजेन्स ब्युरो’का रूपमा बनाइएको थियो । तर कानुनी संरचना भने धेरैपछि २०४२ सालमा बनेको ‘विशेष सेवा ऐन’मार्फत तय भयो । त्यतिबेला विभाग गृह मन्त्रालयअन्तर्गत राखिएको थियो ।

पछि २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यविभाजन नियमावली परिवर्तन गरेर विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगे । त्यसपछि फेरि असोजमा गृह मन्त्रालयमा तानियो । अहिले फेरि प्रधानमन्त्री कार्यालयमै फर्काइएको छ ।

यही निरन्तरको ‘ओत परिवर्तन’ले विभागको कार्यक्षमता कमजोर बनाएको सुरक्षा विश्लेषकहरू बताउँछन् । राजनीतिक नेतृत्वको इच्छा अनुसार निकाय हल्लिँदा दीर्घकालीन रणनीति नै प्रभावित हुने उनीहरूको तर्क छ ।

पछिल्लो समय जेन–जी आन्दोलनका बेला समयमै सूचना संकलन र विश्लेषण गर्न नसकेको भन्दै विभागको आलोचना भएको थियो । तर विभागभित्रका अधिकारीहरू भने आफूहरूले पठाएका संवेदनशील प्रतिवेदन र चेतावनी राजनीतिक नेतृत्वले बेवास्ता गर्ने गरेको गुनासो गर्छन् ।

विभागका एक उच्च अधिकारीका अनुसार अहिलेको सबैभन्दा ठूलो समस्या संरचनात्मक अस्थिरता हो । “देशको सुरक्षा हेर्ने निकायलाई नेताको मुडअनुसार यताउता सारिरहने हो भने दीर्घकालीन काम कसरी हुन्छ ?” उनले प्रश्न गरे ।

उनका अनुसार विभागलाई अब आधुनिक प्रविधिमैत्री बनाउँदै डिजिटलाइजेसन, स्रोत–साधन विस्तार, दक्ष जनशक्ति र कानुनी स्थायित्व दिन आवश्यक छ ।

अन्तर्राष्ट्रिय अभ्यास पनि यस्तै रहेको उनीहरूको तर्क छ । भारतको ‘रअ’ प्रधानमन्त्री मातहत छ भने अमेरिकाको ‘सीआईए’ राष्ट्रपतिको नियन्त्रणमा सञ्चालन हुन्छ । त्यसैले नेपालमा पनि कार्यकारी प्रमुख प्रधानमन्त्री मातहत राख्नु स्वाभाविक भएको अधिकारीहरूको भनाइ छ ।

तर सुरक्षा निकायभित्र अर्को मत पनि छ । गृह मन्त्रालयअन्तर्गत रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वय कमजोर हुने भएकाले गुप्तचर विभाग प्रधानमन्त्री कार्यालयमा हुँदा व्यावहारिक कठिनाइ आउने केही सुरक्षा अधिकारीहरूको तर्क छ ।

विशेषगरी आन्दोलन, दंगा वा आकस्मिक सुरक्षा संकटका बेला तीनवटै सुरक्षा संयन्त्रबीच समन्वय अभाव देखिने गरेको उनीहरू बताउँछन् ।

यद्यपि विभागका अधिकारीहरू भने गृह मन्त्रालयको दायरा दैनिक शान्ति सुरक्षासम्म सीमित हुने र राष्ट्रिय तथा भूराजनीतिक रणनीतिक सूचनाको अन्तिम गन्तव्य प्रधानमन्त्री कार्यालय नै हुने भएकाले विभाग त्यहीँ रहनुपर्ने पक्षमा छन् ।

नेपालमा गुप्तचर विभाग अहिले पनि कानुनभन्दा बढी राजनीतिक शक्तिको ‘विश्वास’मा चलिरहेको निकायजस्तै देखिन्छ । त्यसैले प्रश्न उही छ — देशको इन्टेलिजेन्स संयन्त्र कहिले स्थायी नीतिअन्तर्गत चल्ने ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending