दोलखा । दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन भदौ १८ गतेदेखि खुला गरिएको छ ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले आज सूचना जारी गर्दै १ः१ को अनुपात अर्थात विद्यमान १ कित्ता साधारण सेयरका दरले सेयरधनीका लागि आगामी भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदन खुल्ला गरेको जनाएको छ । यो सँगै अब भदौ १८ गतेदेखि असोज ७ गतेसम्म हकप्रद सेयरको लागि आवेदन दिन सकिनेछ ।
कम्पनीबाट प्रतिसाधारण सेयर सय अङ्कित दरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन हुनेछ । कम्पनीले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
गत वर्ष २०७९ साल भदौ ३ गते बसेको १४ औँ साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड बराबरको प्रतिसेयर रकम सय अङ्कित दरको १० करोड ५९ लाख कित्ता साधारण सेयरको हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । सनराइज क्यापिटलले सेयर निष्कासनको जिम्मा पाएसँगै स्थानीयवासीको हकमा अनिवार्य डिम्याट खाता खोल्न आग्रह गरेसँगै सेयर निष्कासनमा केही ढिलाइ भएको थियो ।
जिल्लास्थित स्थानीय राजनीतिक दल र अन्य सरोकारवालाको दबाबमा अब स्थानीयवासीहरूले डिम्याट खाता नभए पनि हकप्रद सेयर भर्न पाउने प्रावधान बनाएको छ ।
कम्पनीले दोस्रो चरणमा निर्माण लक्ष्य लिएको रोल्वालिङ खोला जलविद्युत् आयोजनाका लागि माथिल्लो तामाकोशीमा सेयर लगानी गरेका साविककै लगानीकर्ताहरूबाट १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयरको माध्यमबाट रकम सङ्कलन गरी वित्तीय व्यवस्थापन गर्न लागेको हो ।
हिजो मात्रै रोल्वालिङ खोला जलविद्युत् आयोजनाका लागि माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड र एनइएसीइबीच सम्झौता भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...
पौष ११ गते, २०८२ - ०६:५८
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन कुन निकायलाई आचारसंहिता लाग्ला ? ...
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...




प्रतिकृया लेख्नुहोस्: