Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

माओवादीकाे जारी बैठकमा प्रदेश समिति खारेजकाे माग

खबरडबली संवाददाता

काठमाडाैं । चार दिनदेखि जारी माओवादी केन्द्रको बैठकमा  पार्टीको प्रदेश समिति खारेज हुनुपर्ने माग उठेको छ । पार्टीले प्रदेश समितिलाई ‘पंगु’ बनाएको र कार्यकारी भूमिका नदिएकाले समिति खारेज हुनुपर्ने माग उठेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक एवं सांगठनिक प्रतिवेदनमा शनिबार आफ्नो सुझाव राख्ने क्रममा कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले पार्टीको प्रदेश कमिटी खारेज गर्नुपर्ने माग गरेका हुन् ।

चार दिनदेखि जारी माओवादी केन्द्रको बैठकमा २२ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरिए पनि त्यसमा प्रदेश समितिसँग कुनै सल्लाह, सुझाव वा आवश्यक समन्वय पनि नगरिएपछि कोशी प्रदेशका अध्यक्ष नेम्वाङले प्रदेश समिति खारेज गर्नुपर्ने माग नेतृत्वसमक्ष गरेका हुन् ।

नेम्वाङ जस्तै अन्य प्रदेशका नेताका गुनासो पनि त्यस्तै रहेकाे छ । पार्टी केन्द्रीय समितिले प्रदेश कमिटीको कुनै निर्णय कार्यान्वयन नगर्ने र आफू खुसी गरिरहेकाले प्रदेश समिततिको आवश्यक्ता, औचित्यमाथि नै प्रश्न उठेको उनीहरुकाे भनाइ छ ।

पार्टीले प्रदेश समितिलाई कार्यकारी समितिका रूपमा अगाडि बढाउने नीति लिए पनि नेतृत्वले व्यवहारमा त्यसलाई कार्यान्वयन नगरेको गुनासो नेताहरूले गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँधबिनै बिजुली: कर्णालीमा ‘हाइड्रोकाइनेटिक’ प्रविधिको ऐतिहासिक परीक्षण

काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ

पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

काठमाडौं ।   अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...

सरकारी अस्पतालमा दुई दिन ओपीडी बन्द: सेवाग्रही मारमा

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...

मूल्यवृद्धिविरुद्ध अर्धनग्न प्रदर्शन, कोहलपुर चौराहामा एक्लै उभिए अभियन्ता

बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...

विमानस्थल र प्रादेशिक अस्पताल पहिलो प्राथमिकता : सांसद पोखरेल

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...

एआई तस्वीरले निम्त्यायो विवाद : ट्रम्पविरुद्ध क्रिस्चियन समाज आक्रोशित

काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल  ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...

मालवस्तु ढुवानीमा स्थानीय तहले कर लगाउन नपाउने निर्णय

काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडाैं ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending