Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

माओवादीमा प्रचण्डको विकल्प कसैले खोजेको छैनः वर्षमान पुन

खबरडबली संवाददाता

काठमाडौं । चार दिनदेखि जारी माओवादी केन्द्रको बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताउँदै यसलाई अझै प्रभावकारीरूपमा द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

उनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बिचैमा नरोकिने र रोक्न नहुने बताए । आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा उनकाे जोड छ ।

उनले पार्टी अध्यक्ष प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माण  विधिको विकास गर्नुपर्ने बताएका छन् । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान  आफू तयार रहेकाे बताउँदै  उनले उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर अगाडी बढ्न आग्रह गरेका छन् ।

पार्टीका अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीमा महासचिवमा वर्षमान पुन र आफूमध्ये जसलाई बनाए पनि मान्य हुने अनुरोध गर्दागर्दै अर्को प्रस्ताव अघि सारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । सोही प्रस्तावलाई सहजरूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिने गरेकाे उनकाे भनाइ छ । 

उनले अध्यक्षकै आग्रहमा आफ्नो मत थाती राखेर भए पनि सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर बोलेको र वातावरण बनाएको बताए ।

उनले अध्यक्ष प्रचण्डलाई कुनचाहिँ अप्ठ्यारो मोडमा आफ्नो साथ र समर्थन नपाएको भनिदिन आग्रह समेत गरेका छन् । पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने संकल्प गर्नुपर्ने उनको भनाइ थियो । पार्टीभित्र मनोनयनको सट्टा निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने भनाइ शर्माको छ ।

यसैगरी, माओवादी केन्द्र वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पार्टी बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ भनेर प्रश्न उठाएका छन् । नेताहरू जिल्ला नगएको भन्ने केन्द्रीय सदस्यप्रति लक्षित गर्दै पौडेलले यस्तो प्रश्न उठाएका हुन् । उनले अहिले माओवादी सफल कि अवशानको चुनौतीपूर्ण मोडमा रहेको बताए ।

केन्द्रीय सदस्य कुलप्रसाद केसीले भने सहकर्मी सहयोद्धाबिच निषेधात्मक र दुष्मनीपूर्ण सम्बन्ध हुनु दुखद रहेको बताए । पूर्वमन्त्रीसमेत रहेका महेश्वर गहतराजले सरकारको कामका कारण पार्टीप्रति आमनागरिकको धारणा सकारात्मक देखिएको बताए । पार्टीभित्र विचार र राजनीतिलाई केन्द्रबिन्दुमा राखिनुपर्नेमा उनको जोड थियो ।

पार्टीको आन्तरिक अवस्था, सिंगो मुलुकको समसामियक परिस्थिति र माओवादी नेतृत्वको सरकार’दयगत पनि केन्द्रीय सदस्यले खुलेर आफ्ना कुरा राखेका छन् । पार्टीको निर्वाचन आयोगका सदस्यसमेत रहेका स्थिरप्रसाद खनालले पार्टीमा को सदस्य र कति पदाधिकारी छन् भन्नेसम्म आयोगलाई थाहा नभएको बताए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending