काठमाडौं । चार दिनदेखि जारी माओवादी केन्द्रको बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताउँदै यसलाई अझै प्रभावकारीरूपमा द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
उनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बिचैमा नरोकिने र रोक्न नहुने बताए । आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा उनकाे जोड छ ।
उनले पार्टी अध्यक्ष प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माण विधिको विकास गर्नुपर्ने बताएका छन् । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान आफू तयार रहेकाे बताउँदै उनले उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर अगाडी बढ्न आग्रह गरेका छन् ।
पार्टीका अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीमा महासचिवमा वर्षमान पुन र आफूमध्ये जसलाई बनाए पनि मान्य हुने अनुरोध गर्दागर्दै अर्को प्रस्ताव अघि सारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । सोही प्रस्तावलाई सहजरूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिने गरेकाे उनकाे भनाइ छ ।
उनले अध्यक्षकै आग्रहमा आफ्नो मत थाती राखेर भए पनि सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर बोलेको र वातावरण बनाएको बताए ।
उनले अध्यक्ष प्रचण्डलाई कुनचाहिँ अप्ठ्यारो मोडमा आफ्नो साथ र समर्थन नपाएको भनिदिन आग्रह समेत गरेका छन् । पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने संकल्प गर्नुपर्ने उनको भनाइ थियो । पार्टीभित्र मनोनयनको सट्टा निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने भनाइ शर्माको छ ।
यसैगरी, माओवादी केन्द्र वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पार्टी बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ भनेर प्रश्न उठाएका छन् । नेताहरू जिल्ला नगएको भन्ने केन्द्रीय सदस्यप्रति लक्षित गर्दै पौडेलले यस्तो प्रश्न उठाएका हुन् । उनले अहिले माओवादी सफल कि अवशानको चुनौतीपूर्ण मोडमा रहेको बताए ।
केन्द्रीय सदस्य कुलप्रसाद केसीले भने सहकर्मी सहयोद्धाबिच निषेधात्मक र दुष्मनीपूर्ण सम्बन्ध हुनु दुखद रहेको बताए । पूर्वमन्त्रीसमेत रहेका महेश्वर गहतराजले सरकारको कामका कारण पार्टीप्रति आमनागरिकको धारणा सकारात्मक देखिएको बताए । पार्टीभित्र विचार र राजनीतिलाई केन्द्रबिन्दुमा राखिनुपर्नेमा उनको जोड थियो ।
पार्टीको आन्तरिक अवस्था, सिंगो मुलुकको समसामियक परिस्थिति र माओवादी नेतृत्वको सरकार’दयगत पनि केन्द्रीय सदस्यले खुलेर आफ्ना कुरा राखेका छन् । पार्टीको निर्वाचन आयोगका सदस्यसमेत रहेका स्थिरप्रसाद खनालले पार्टीमा को सदस्य र कति पदाधिकारी छन् भन्नेसम्म आयोगलाई थाहा नभएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - २१:५८
काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...
बैशाख ३ गते, २०८३ - २१:५०
पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...
बैशाख ३ गते, २०८३ - २१:४४
काठमाडौं । अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...
बैशाख ३ गते, २०८३ - २०:१०
काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...
बैशाख ३ गते, २०८३ - २०:०१
बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...
बैशाख ३ गते, २०८३ - १९:५३
काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...
बैशाख ३ गते, २०८३ - १९:४२
काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...
बैशाख ३ गते, २०८३ - १९:२९
काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...
बैशाख ३ गते, २०८३ - १९:२८
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...
बैशाख ३ गते, २०८३ - १९:१९
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...


प्रतिकृया लेख्नुहोस्: