Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

कैदी नेतासामु निरीह छ सरकारी निकाय !

खबरडबली संवाददाता

झापा ।  शुक्रबार दिउँसो २ बजेसम्म झापा कारागारमा अवस्था सामान्य नै थियो । जब कारागार प्रशासनले चौकीदार बन्न लागेका भाइ चौकीदार मनोज लावतीलाई त्यहाँबाट निकाल्याे र हतकडी लगाएर झुम्का कारागार सुनसरी लैजान लाग्यो तब झापा कारागार तहसनहस भयाे ।

कारागारकाे अवस्था असामान्य बन्यो, कैदीबन्दी आन्दोलित भए । कारागारभित्रै आगजानी गर्दै नारा जुलुस लगाएर छतमा चढ्न थाले। अवस्था असामान्य बनेपछि कारागार वरिपरि सुरक्षाकर्मी परिचालन गरियो। त्यतिबेलासम्ममा करिब साढे २ बजेको थियो । 

कैद सजाय भोगिरहेका लावतीलाई किन अन्यत्र पठाउन त्यहाँका कैदी चाहँदैनन् ? र, कारागार विभागको निर्देशन भन्दै झापा कारागार प्रशासन उनलाई किन झुम्का पठाउन चाहन्छ ? प्रष्ट कारण अनुत्तरित छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल भन्छन्, ‘विभागबाट सरुवा गर्नु भन्ने पत्र आएकाले उनलाई झुम्का सरुवा गर्न लागिएको थियो।’ उनले सरुवाको कारण खुलाएनन् । तर, कैदीबन्दी भने यसमा ठूलो चलखेल भएको आरोप लगाउँछन्। 

लावतीलाई अन्यत्र सरुवा गर्न पाइँदैन भन्दै एकसूत्रीय माग राखेर आन्दोलित बनेका कैदीबन्दीहरूले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गरे। मुढा बनाउन त्यहाँ टायर लगिएको थियो। उनीहरूले प्रहरीमाथि ढुंगामुढा पनि बर्साए । उत्तेजित बनेका कैदीबन्दीहरूले कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरेपछि घटनालाई साम्य बनाउने प्रहरीले हवाई फाइरिङसमेत गर्‍यो ।

पुरुषतर्फका कैदीबन्दीहरू उत्तेजित बन्दै कारागारको पर्खाल र भवनको छतमा चढेर भाग्न खोज्दा प्रहरीले सात राउन्ड गोली र ५ राउन्ड टेयर ग्यास हवाई फाइरिङ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । कैदीबन्दीहरू पर्खालमा चढ्दा सुरक्षाकर्मीहरूले बाहिरैबाट कारागारलाई घेरा हालेका थिए। 

कैदीबन्दीहरू आन्दोलित बन्दा करिब डेढ घण्टा कारागारभित्र तनावपूर्ण स्थिति बनेको थियो। सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा कारागार बाहिर तैनाथ गरिएको थियो। घटनाले उग्ररूप लिइरहेको अवस्थामा लावतीले घटनालाई साम्य बनाउन आफूभित्र जानुपर्ने कारागार प्रशासन पक्षलाई आग्रह गरेका थिए। त्यसपछि कारागार प्रशासनले लावतीलाई भित्र जान अनुमति दिएपछि एकाएक तनावपूर्ण माहोल शान्त भएको थियो। कारागारभित्र लगाइएको आगो भद्रपुर, मेचीनगर, बिर्तामोड, दमकका दमकलले नियन्त्रणमा लिएको थियो। 

कारागारभित्रको तनावपूर्ण स्थिति डेढ घण्टापछि साम्य बनेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए। अवस्था साम्य बनेपछि कारागारका कैदीबन्दी पक्षसँग वार्ता गरिएको बताउँदै प्रजिअ पोखरेलले भने, ‘तत्काल कैदी लावतीलाई अन्यत्र सरुवा नगर्ने र कारागार विभागको निर्देशनअनुसार अगाडि बढ्ने सहमति भयो।’ कारागारभित्र कुनै ठूलो भौतिक तथा मानवीय क्षति नभएको उनको भनाइ छ। पुरुषतर्फको कारागार भवनमा करिब १५ बन्दी रहेको जनाइएको छ। 

किन घट्यो घटना 

शिवसताक्षी नगरपालिकास्थित झिलझिले निवासी मनोज लावती कर्तव्य ज्यान मुद्दामा कारागार छिरे। २०६३ सालमा कारागार बसेका लावतीले पुनरावेदन अदालतबाट सफाइ पाएका थिए। त्यतिबेला उनी दुई वर्ष कारागार बसेर रिहा भए। पछि सर्वोच्च अदालतले कसुरदार ठहराएर उनलाई २० वर्षको कैद सजाय सुनायो। सर्वोच्चको फैसलाबमोजिम उनी ६ वर्षदेखि कारागारमा जेलजीवन बिताइरहेका छन्।

हाल लावती कारागारका भाइ चौकीदार हुन्। चौकीदार भने लय संग्रौला छन्। कारागार व्यवस्था विभागको नियमअनुसार एक वर्ष चौकीदार बन्ने प्रावधान तोकिएको छ। चालू आर्थिक वर्ष २०८०/०८१ सुरु भएलगत्तै भाइ चौकीदार लावती चौकीदार हुने लाइनमा थिए। उनलाई यहाँबाट सरुवा गरेपछि अर्कोले वा पहिलेकै व्यक्तिले चौकीदार चलाउन पाउने चलखेल सुरु भयो। सोही चलखेलको आधारमा लावतीलाई यहाँबाट सरुवा गर्न खोजिएपछि उनका पक्षका कैदीबन्दीहरू आन्दोलनमा उत्रिँदै आगजनी गरे। 

‘झापाका जेलर मोहनप्रसाद पनेरूले हाम्रा साथी लावतीलाई छलफलका लागि भन्दै शुक्रबार दिउँसो बाहिर लगियो । अनि हतकडी लगाएर झुम्का कारागार लैजान खोजियो । त्यो कुरा हामीले थाहा पाएपछि तुरुन्त प्रतिरोधमा उत्रियौं’,  बन्दी विकास पुस्तकालयका सचिव रमेश पोखरेलले भने, ‘जुन खालको षड्यन्त्र भयो । यो खेदजनक छ। यहाँका कैदीबन्दीहरू सबै मिलेर बसेका छन् । कसैले कोहीमाथि अन्याय, शोषण, दमन गरेका छैनन्।’

अहिले आफूहरूबीच जुन खेल्ने काम गरियो, त्यो एकदमै गलत भएको उनले जनाए। पैसाको चलखेलमा यहाँका मान्छेलाई अन्यत्र सरुवा गर्न खोज्ने घटना निन्दनीय रहेको उनको भनाइ छ। ‘जुन काम कारागार प्रशासन पक्षबाट भयो, त्यसको हामी घोर विरोधमा गर्छौं,’ उनले भने, ‘हाम्रो जेल हामी चलाउँछौँ। बाहिरका गिरोहले जेल चलाउने काम बन्द हुनुपर्छ। त्यसको प्रतिरोध गर्न सदैव यहाँका कैदीबन्दी तयार छन्।’

विगतमा पनि भएको थियो यस्तो घटना

झापा कारागारमा शुक्रबार भएको घटनाभन्दा ठूलो घटना २०६३ सालमा घटेको थियो। चौकीदार भक्तिप्रसाद शिवाकोटी नेतृत्वमा कारागारभित्र आन्दोलन चर्किंदा कारागार नै ध्वस्त पारिएको थियो। त्यतिबेला कैदीबन्दीहरू आममाफीको माग गर्दै आन्दोलनमा उत्रिएका थिए। २४ घण्टा लामो चलेको आन्दोलनको क्रममा कैदीबन्दीहरूले कारागारभित्रका भवन, खाद्यान्नमा आगो लगाएर ध्वस्त बनाएका थिए। त्यसबेला कयौं कैदीबन्दी घाइते भएका थिए।  

कारागारभित्र खाद्यान्न अभाव भएपछि कारागार प्रशासनसँग सहमतिको आधारमा आन्दोलन फिर्ता लिएको इतिहास छ। त्यस्तै २०६६ सालमा कारागारभित्र कैदीबन्दीबीच झडप भएको थियो। चौकीदार विश्वेश्वर राजवंशीले अन्य कैदी बन्दीमाथि दमन र शोषण गरेको प्रतिरोधमा चौकीदार पक्षसँग झडप भएको थियो। सो झडपका क्रममा केही घाइतेसमेत भएका थिए। 

त्यसपछि कारागार प्रशासनले चौकीदार राजवंशीलगायत केही कैदीलाई त्यहाँबाट सरुवा गरेपछि घटना साम्य भएको थियो। त्यसैगरी २०७६ सालमा कारागार प्रशासन पक्षप्रति असन्तुष्ट जनाउँदै कैदीबन्दीहरू आन्दोलित बनेका थिए । कारागारका तत्कालीन जेलर राजु दाहालले ज्यादती गरेको आरोप लगाउँदै पुरुष तथा महिला कैदीबन्दीहरू आन्दोलनमा उत्रिएका थिए। जेलर दाहालले कैदी बन्दीमाथि शोषण र अत्याचार गरेको भन्दै उनीहरू १७ बुँदे मागसहित आन्दोलित बनेका थिए । पछि जेलर दाहालको सरुवा भएपछि आन्दोलन साम्य बनेको थियो । याे समाचार अन्नपुर्णपाेष्टमा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending