सिमकोट । सर्केगार्ड गाउँपालिकाका तीन वटा गाउँमा ९० रोपनी जग्गामा लगाएको धान तथा कोदो खेतीमा क्षति पुगेको छ । गत शुक्रबार राति गएको पहिरोले उक्त गाउँपालिकामा रोपाइँ सकेर गोडमेल गर्ने तयारी भएको धान र गोडमेल गरेको कोदो खेतीमा क्षति पुगेको हो।
सर्केगार्ड गाउँपालिका–२ का कालीबहादुर महताराले ३० रोपनी रोपाइँ सकेर गोडमेल गर्ने समय भएको धान खेतमा क्षति पुगेको बताए । माथिबाट आएको पहिरोले धान रोपेको खेत नै बगाएको कारण सम्पूर्ण रुपमा क्षति भएको हो । यसबाट रिप गाउँकी सीता परियारको पाँच वटा खेत पहिरोले बगाएको छ । यता सोही गाउँपालिका–३ को उनापानी गाउँका दानबहादुर फडेराले जिउलामा पहिरोले २० रोपनी धान र कोदो खेती गरिएको जग्गामा क्षति पुगेको बताए।
जिउलाको उनापानी खोला छेउको खेतलाई कामै नलाग्ने गरी धान लगाएको खेतलाई बगाएर लगेको छ। धान लगाएर खेत नै बगाएपछि किसान चिन्तित भएका छन् । यता, सर्केगार्ड गाउँपालिकाकै वडा नम्बर ८ को राहदेव गाउँको ४० रोपनी जग्गामा लगाएको चिनो, कोदो, सिमी, भटमासलगायत बालीलाई क्षति पुर् याएको सर्केगार्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावतले बताए।
जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले एउटै गाउँपालिकाको तीन वटा गाउँमा गरी ९० रोपनी जग्गामा लगाएको धानलगायत बालीमा क्षति पुगेको बताए।
गत शुक्रबार बेलुका र शनिबार दिउँसो परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोले नोक्सानी गरेको हो । त्यसैगरी, पहिरोले सर्केगार्ड गाउँपालिका–६ को छ्यागी गाउँमा एउटा कृषि फर्ममा लगाएका एक सय ५० बोट स्याउ र ५० बोट दाँते ओखर बगाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: