सिमकोट । सर्केगार्ड गाउँपालिकाका तीन वटा गाउँमा ९० रोपनी जग्गामा लगाएको धान तथा कोदो खेतीमा क्षति पुगेको छ । गत शुक्रबार राति गएको पहिरोले उक्त गाउँपालिकामा रोपाइँ सकेर गोडमेल गर्ने तयारी भएको धान र गोडमेल गरेको कोदो खेतीमा क्षति पुगेको हो।
सर्केगार्ड गाउँपालिका–२ का कालीबहादुर महताराले ३० रोपनी रोपाइँ सकेर गोडमेल गर्ने समय भएको धान खेतमा क्षति पुगेको बताए । माथिबाट आएको पहिरोले धान रोपेको खेत नै बगाएको कारण सम्पूर्ण रुपमा क्षति भएको हो । यसबाट रिप गाउँकी सीता परियारको पाँच वटा खेत पहिरोले बगाएको छ । यता सोही गाउँपालिका–३ को उनापानी गाउँका दानबहादुर फडेराले जिउलामा पहिरोले २० रोपनी धान र कोदो खेती गरिएको जग्गामा क्षति पुगेको बताए।
जिउलाको उनापानी खोला छेउको खेतलाई कामै नलाग्ने गरी धान लगाएको खेतलाई बगाएर लगेको छ। धान लगाएर खेत नै बगाएपछि किसान चिन्तित भएका छन् । यता, सर्केगार्ड गाउँपालिकाकै वडा नम्बर ८ को राहदेव गाउँको ४० रोपनी जग्गामा लगाएको चिनो, कोदो, सिमी, भटमासलगायत बालीलाई क्षति पुर् याएको सर्केगार्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावतले बताए।
जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले एउटै गाउँपालिकाको तीन वटा गाउँमा गरी ९० रोपनी जग्गामा लगाएको धानलगायत बालीमा क्षति पुगेको बताए।
गत शुक्रबार बेलुका र शनिबार दिउँसो परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोले नोक्सानी गरेको हो । त्यसैगरी, पहिरोले सर्केगार्ड गाउँपालिका–६ को छ्यागी गाउँमा एउटा कृषि फर्ममा लगाएका एक सय ५० बोट स्याउ र ५० बोट दाँते ओखर बगाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: