Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

काेशीका मुख्यमन्त्री थापाले मंगलबार शपथ लिने

छैन विश्वासको मत पाउने आधार

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यन्त्री उद्धव थापाले भोलि बिहान १०:३० बजे  पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।  प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । 

संविधानको धारा १६८ को उपधारा(२) बमोजिम थापालाई प्रदेश प्रमुख खापुनले आज मुख्यमन्त्री नियुक्त गरेका हुन् ।   यसअघि असार २१ गते नेपाली कांग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाका ४६ सांसद (गठबन्धन) र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए। कोसीमा असंवैधानिक तरिकाले सरकार गठन भएको सर्वोच्च अदालत फैसला गरिदिएपछि थापा मुख्यमन्त्री पदबाट पदमुक्त भएका थिए।

थापा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३,नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरी ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै पद बदर गरेको थियाे  । त्यसबेला थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले प्रदेशसभा सदस्यको हैसियतमा हस्ताक्षर गरेका थिए । सर्वोच्चले सभामुखको उक्त कदम संविधान विपरीत भएको ठहर गरेपछि थापाको सरकार ढलेको थियो ।

अहिले माओवादीबाट निर्वाचित सभामुख गौतमले पदबाट राजीनामा दिएर बुहमत पुर्याइदिएका छन् । तर, आफूले राजीनामा दिँदा सरकारले विश्वासको मत पाउने बलियो आधार नभएसम्म राजीनामा नदिने भनेर अड्डी कसेर बसेका गौतमलाई केन्द्रीय नेतृत्वले चर्को दबाब दिए पछि राजीनामा दिन बाध्य भएका हुन्  । नेताको दबाबका उनले आफ्नो अडान बिर्सिएर राजीनामा दिन बाध्य भए ।

त्यसो त अहिले थापा मुख्यमन्त्री बनेपछि उनले विश्वासको मत पाउने बलियो आधार भने अझै निर्माण भइसकेको छैन । संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

सभामुखले राजीनामा गरेका कारण अब अर्को सभामुख चयन नहुञ्जेलसम्म उपसभामुखले सभा सञ्चलान गर्ने छन् । प्रदेशसभामा एमालेकी सिजना दनुवार उपसभामुख छन् ।

सभामुखले सरकार बनाउन आफ्नो पदबाट राजीनामा दिएका कारण एमालेले पनि उपसभामुखलाई पनि राजीनामा गराउन सक्छ । तर, एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सभामुखको राजीनामा गराउनु अमर्यादित खेल भएको भन्दै एमालेले उपसभामुखको राजीनामा नगराउने बताएका छन् ।

तर, विश्वासको मत लिने दिनसम्म एमालेले उपसभामुखलाई राजीनामा गराउन सक्ने चर्चा पनि उत्तिकै छ । यदि उपसभामुखले पनि पदबाट राजीनामा दिए सभाका जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन् अर्थात बैठक सञ्चालन गर्नेछन् । कोशीमा गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेका गयानन्द मण्डल जेष्ठ सदस्य छन् । यस्तो अवस्थामा उनले सभा सञ्चालन गर्नेछन् । यो अवस्था भनेको फेरी ४६/४६ को अवस्था सत्ता पक्ष र प्रतिपक्ष पुग्नेछन् । किनकी कोशीमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद प्रतिपक्षको भूमिका रहेका छन् ।

बैठकको अध्यक्षले बराबर मत भए मात्रै निर्णायक मत दिन पाउँछन् । प्रतिपक्षी दलले बैठकमा आफ्ना एक जना मात्रै सांसद अनुपस्थित गराए बराबर मत पुग्दैन र अध्यक्षले निर्णायक मत दिन पाउँदैनन् ।

राप्रपा पनि अहिलेको सरकारलाई विश्वासको मत दिएर जाने अवस्था छैन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि दललाई समर्थन नगर्ने धारण सार्वजनिक गरिसकेका छन् । बरु उनले प्रदेशको स्थायित्वको लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउन सुझाव दिँदै आएका थिए ।

सत्ता गठबन्धन दलकै सांसदहरु पनि अहिलेको सरकारलाई विश्वासको मत पाउन कठिन भएको स्वीकार्छन् । केही दिनअघि मात्रै कोशी प्रदेशसभा सदस्य तथा माओवादी नेता दुर्गाप्रसाद चापागाईंले सरकार बनाउन सभामुखलाई राजीनामा गर्न लगाउने कुरा अनुचित भएको बताएका थिए । सरकार बनाउने सम्बन्धमा सभामुखलाई राजीनामा गराउने विकल्प रहेपनि उक्त कदम उचित नहुने उनको तर्क थियो । सभामुखलाई राजीनामा गराएर सरकार बनाउने कदमले प्रदेशलाई थप संवैधानिक संकटतर्फ लैजाने चापागाईंको भनाइ छ ।

यस्तै माओवादी सांसद गणेश उप्रेती पनि सभामुखलाई राजीनामा गराउन बाध्य बनाएर सरकार बनाउनु आत्माघाती कदम भएको बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending