Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

काेशीका मुख्यमन्त्री थापाले मंगलबार शपथ लिने

छैन विश्वासको मत पाउने आधार

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यन्त्री उद्धव थापाले भोलि बिहान १०:३० बजे  पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।  प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । 

संविधानको धारा १६८ को उपधारा(२) बमोजिम थापालाई प्रदेश प्रमुख खापुनले आज मुख्यमन्त्री नियुक्त गरेका हुन् ।   यसअघि असार २१ गते नेपाली कांग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाका ४६ सांसद (गठबन्धन) र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए। कोसीमा असंवैधानिक तरिकाले सरकार गठन भएको सर्वोच्च अदालत फैसला गरिदिएपछि थापा मुख्यमन्त्री पदबाट पदमुक्त भएका थिए।

थापा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३,नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरी ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै पद बदर गरेको थियाे  । त्यसबेला थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले प्रदेशसभा सदस्यको हैसियतमा हस्ताक्षर गरेका थिए । सर्वोच्चले सभामुखको उक्त कदम संविधान विपरीत भएको ठहर गरेपछि थापाको सरकार ढलेको थियो ।

अहिले माओवादीबाट निर्वाचित सभामुख गौतमले पदबाट राजीनामा दिएर बुहमत पुर्याइदिएका छन् । तर, आफूले राजीनामा दिँदा सरकारले विश्वासको मत पाउने बलियो आधार नभएसम्म राजीनामा नदिने भनेर अड्डी कसेर बसेका गौतमलाई केन्द्रीय नेतृत्वले चर्को दबाब दिए पछि राजीनामा दिन बाध्य भएका हुन्  । नेताको दबाबका उनले आफ्नो अडान बिर्सिएर राजीनामा दिन बाध्य भए ।

त्यसो त अहिले थापा मुख्यमन्त्री बनेपछि उनले विश्वासको मत पाउने बलियो आधार भने अझै निर्माण भइसकेको छैन । संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

सभामुखले राजीनामा गरेका कारण अब अर्को सभामुख चयन नहुञ्जेलसम्म उपसभामुखले सभा सञ्चलान गर्ने छन् । प्रदेशसभामा एमालेकी सिजना दनुवार उपसभामुख छन् ।

सभामुखले सरकार बनाउन आफ्नो पदबाट राजीनामा दिएका कारण एमालेले पनि उपसभामुखलाई पनि राजीनामा गराउन सक्छ । तर, एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सभामुखको राजीनामा गराउनु अमर्यादित खेल भएको भन्दै एमालेले उपसभामुखको राजीनामा नगराउने बताएका छन् ।

तर, विश्वासको मत लिने दिनसम्म एमालेले उपसभामुखलाई राजीनामा गराउन सक्ने चर्चा पनि उत्तिकै छ । यदि उपसभामुखले पनि पदबाट राजीनामा दिए सभाका जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन् अर्थात बैठक सञ्चालन गर्नेछन् । कोशीमा गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेका गयानन्द मण्डल जेष्ठ सदस्य छन् । यस्तो अवस्थामा उनले सभा सञ्चालन गर्नेछन् । यो अवस्था भनेको फेरी ४६/४६ को अवस्था सत्ता पक्ष र प्रतिपक्ष पुग्नेछन् । किनकी कोशीमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद प्रतिपक्षको भूमिका रहेका छन् ।

बैठकको अध्यक्षले बराबर मत भए मात्रै निर्णायक मत दिन पाउँछन् । प्रतिपक्षी दलले बैठकमा आफ्ना एक जना मात्रै सांसद अनुपस्थित गराए बराबर मत पुग्दैन र अध्यक्षले निर्णायक मत दिन पाउँदैनन् ।

राप्रपा पनि अहिलेको सरकारलाई विश्वासको मत दिएर जाने अवस्था छैन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि दललाई समर्थन नगर्ने धारण सार्वजनिक गरिसकेका छन् । बरु उनले प्रदेशको स्थायित्वको लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउन सुझाव दिँदै आएका थिए ।

सत्ता गठबन्धन दलकै सांसदहरु पनि अहिलेको सरकारलाई विश्वासको मत पाउन कठिन भएको स्वीकार्छन् । केही दिनअघि मात्रै कोशी प्रदेशसभा सदस्य तथा माओवादी नेता दुर्गाप्रसाद चापागाईंले सरकार बनाउन सभामुखलाई राजीनामा गर्न लगाउने कुरा अनुचित भएको बताएका थिए । सरकार बनाउने सम्बन्धमा सभामुखलाई राजीनामा गराउने विकल्प रहेपनि उक्त कदम उचित नहुने उनको तर्क थियो । सभामुखलाई राजीनामा गराएर सरकार बनाउने कदमले प्रदेशलाई थप संवैधानिक संकटतर्फ लैजाने चापागाईंको भनाइ छ ।

यस्तै माओवादी सांसद गणेश उप्रेती पनि सभामुखलाई राजीनामा गराउन बाध्य बनाएर सरकार बनाउनु आत्माघाती कदम भएको बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending