काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गाैतमले अरु कसैलाई मूख्यमन्त्री बनाउन आफ्नाे पद दाउमा नराख्ने बताएका छन् । सत्ता गठबन्धनको सभामुख गौतमलाई राजीनामा गराएर भएपनि बहुमत पुर्याउने तयारी रहेको अवस्थामा उनले यस्ताे बताएका हुन् ।
गौतमले सभामुखबाट राजीनामा गरे मन्त्री बनाउने सत्ता गठबन्धनको नेताहरुले आश्वासन दिइ रहेकाे अवस्थामा उनले आफू सभामुख भइसकेको मान्छे मन्त्री नबन्ने बताएका छन् । पाए मुख्यमन्त्री बन्ने नपाए मन्त्रीका लागि आफूले राजीनामा नदिने उनको अडान छ ।
‘म संवैधानिक पदमा बसेको मान्छे, कुनै दल वा व्यक्तिलाई बहुमत पुर्याउन आफ्नो पद दाउमा लाउँदिन । यदि सभामुख छोडेर म आफै मुख्यमन्त्री बन्ने वातावरण बनेमा सोच्न सकिन्छ । नत्र कोही व्यक्तिलाई मुख्यमन्त्री बनाउन म सभामुखजस्तो गरिमामय पद त्याग गर्दिन।’
सभामुख गौतमलाई राजीनामा गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले दवाब दिइरहेको उनले बताएका छन् । अरुलाई मुख्यमन्त्री बनाउनका लागि आफूले सभामुखबाट राजीनामा नदिने उनले अ८ान लिएका छन । उनले भने- ‘सत्तारुढ गठबन्धनले विकल्प सही तरिकाले दिन पर्यो । समाधानसहितको विकल्प दिन पर्यो ।’
आफूले राजीनामा दिएपनि एक महिनाभन्दा प्रदेश सरकार नचल्ने बताउँदै उनले भने - ‘एक महिनाभन्दा बढी सरकार चल्ने अवस्था छैन । अहिले किन निरन्तर दवाब आइरहेको छ ? विश्वासको मत लिने आधार देखिँदैन ।’
काेशीमा सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले दिएको समय सीमा आज बेलुका ५ बजे सकिँदै छ । सरकार गठनका लागि दिएको समय सीमा सकिनै लाग्दा पनि कुनै दलले कुनै दलले बहुमत जुटाउन सकिरहेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...



प्रतिकृया लेख्नुहोस्: